राजनीति

अरु धेरै बोल्छन् काम गर्दैनन् म कम बोल्छु धेरै काम गर्छु – शेखर श्रेष्ठ
अन्तरवार्ता, राजनीति, समाचार

अरु धेरै बोल्छन् काम गर्दैनन् म कम बोल्छु धेरै काम गर्छु – शेखर श्रेष्ठ

काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला चर्चामा रहेका छन् ।उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो । टोखा नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै हिडिरहेका छन् । टोखाको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी टोखा नगरबासीको आशाको केन्द्र बनेका हुन । उनी टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे । उनी आफुले बाँचा गरेका कुरा पुरा गर्ने बताए । बोलेर होइन काम गरेर देखाउँछु । एक मौका दिन मतदातालाई आग्रह गरेका छन् । मतदातालाई कहि...
माप्य दुधकोशी गाउँपालिका वडा न २ मा पत्रकार प्रकाश खालिङको उम्मेदवारी 
राजनीति, समाचार

माप्य दुधकोशी गाउँपालिका वडा न २ मा पत्रकार प्रकाश खालिङको उम्मेदवारी 

-डा.डिआर उपाध्याय, सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकेर मनोनयन सकिसक्दा पत्रकारहरुको उम्मेदवारीले प्राथमिकता पाएको छ। सोलुखुम्बुको ८ स्थानीय तहहरु मध्ये पालिका र वडाहरुमा उम्मेदवारी पहिलाको तुलनामा ह्वात्तै बढेको छ। सोलुखुम्बुमा एक पालिका प्रमुख र दुई वडा अध्यक्षमा चर्चित पत्रकारहरूको उम्मेदवारी परेको छ।सोलुखुम्बु माप्य दुधकोशी गाउँ पालिका वडा न २ मा शिखर पोष्टका प्रधान सम्पादक तथा युवा प्रतिभाशाली युवा नेता प्रकाश खालिङको उम्मेदवारी परेको छ। खालिङ लामो समय देखि व्यवसायीक पत्रकारितामा ब्यस्त थिए। पत्रकारिता संगै राजनीतिमा सक्रिय खालिङ्लाई माओवादी पार्टिले गठबन्धनको तर्फबाट उम्मेदवार बनाएर निर्वाचनमा पठाएको छ। सरल स्वभाव, हसिलो, सहयोगी स्वभावका खालिङ वडाको उम्मेदवार बनेपछि कार्यकर्ताहरुमा खुसियाली छाएको छ। खालिङ बाहेक उम्मेदवार बनाउदा नजित्ने अवस्था देखिएपछि पार्ट...
अब पुराना र भिजन नभएका नेताहरुबाट बिकास हुन सक्दैन
राजनीति, समाचार

अब पुराना र भिजन नभएका नेताहरुबाट बिकास हुन सक्दैन

डा.डिआर उपाध्याय, स्थानीय तहको निर्वाचनमा युवाको प्रतिनिधित्व बढी मात्रमा हुनु पर्छ । युवा भनेका देशका कर्णधार हुन । अहिलेका युवाहरु पढे, लेखेका छन । स्थानीय तहको निर्वाचनमा युवाको सहभागीता अति आबश्यक छ । गाउँको बिकासका लागी युवाहरुलाई रोज्नु पर्छ । सबै राजनीतिक दलहरुले युवाहरुलाई नै उम्मेदवारी बनाउँदा जनतामा आशा र भरोसा पलाउन सक्छ की भन्ने हो । आज जनता धेरै निराश बनेको अबस्था छ । जनतालाई निराश हुन दिनु हुदैन । जनताको सुख दुःखमा साथ दिने जोशिला र भिजन भएका युवाहरुको खाँचो छ अब । अब पुराना र भिजन नभएका नेताहरुबाट बिकास हुन सक्दैन । बिकासको लहर ल्याउने युवा जोशलाई जनप्रतिनिधि बनाउँन सकियो भने केही हुन्छ की भन्ने हो । आज युवाहरु देशमा रोजगार नपाएर बिदेश पलायन छन । युवाको अभावमा खेत बारी बाँझा छन । अब गाउँमै युवाहरुलाई सीप सिकाएर कृर्षि कर्ममा लगाउनु पर्ने आबश्यकता देखियो । त्यसो भएकोले ...
मतदाताहरु गम्भिर बनौं
राजनीति, समाचार

मतदाताहरु गम्भिर बनौं

डा.डिआर उपाध्याय, काठमाडौं- जति स्थानीय तहको चुनाव नजिकिँदै छ त्यति चहलपहल पनि बढदै गएको छ । शहर बजारको चोक चोकमा र गाउँघरको टोल टोलमा चुनावकै कुरा चलिरहेको छ । बिभिन्न राजनीतिक दल र तिनका नेताहरु घोषणापत्र मार्फत जनताको मन जित्ने कोशिस गरिरहेका छन । तर जनता घोषणापत्रको मात्र बिश्वास गरिरहेका छैनन् । बिगतका चुनावमा पनि घोषणापत्र मार्फत जनता संग भोट मागिएको थियो । अब जनताले परिणाम खोजिरहेका छन । झुठा आश्वासन र गुलिया सपनाले जनता वाक्क दिक्क बन्दै आएका छन । घोषणापत्रमा जेजस्ता विषयवस्तु समेटिए पनि जनता बिश्वस्त हुन सकेका छैनन् । कारण के हो भने घोषणापत्रमा उल्लेख भए बमोजिमका कुरा कार्यान्वयनमा आउन सकेनन् । स्थानीय जनता आफूले चुन्ने प्रतिनिधिले गाउँघरको विकास होस् भन्ने चाहान्छन् । जनताले खोज्ने भनेको स्थानीय तहमा देखिएका समस्याको समाधान हो । जनताले कागजमा लेखिएको घोषणापत्रलाई मात्रै ...
‘ निर्धारित मितिमै निर्वाचन हुन्छ’:प्रमुख निर्वाचन आयुक्त थपलिया
राजनीति

‘ निर्धारित मितिमै निर्वाचन हुन्छ’:प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ— प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन्। थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्त्याउन सकिने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताए । उनले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना भनिने गरेको उल्लेख गर्दै पछिल्लो समय निर्वाचन विपरित हुने खालको अभिव्यक्ति आइरहनु दुःखद् भएको जिकिर गरे । निर्वाचन आचारसंहितालाई सामान्यरुपमा नलिन आग्रह गर्दै यसको उल्लङ्घन गरे कारबाही हुने र केही सँग स्पष्टीकरणस...
प्रतिनिधि छान्न दश पटक सोचेर मतदान गरौं
राजनीति, समाचार

प्रतिनिधि छान्न दश पटक सोचेर मतदान गरौं

-डा.डिआर उपाध्याय, काठमाडौं – बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । बिभिन्न राजनीतिक दलका चुनाव केन्द्रित कार्यक्रमहरु दिनौं जसो भइरहेका छन । चुनावमा कस्ता चुनावी एजेण्डा दिएर जनताको मत तान्न सकिन्छ भनेर सबै राजनीतिक दलहरु लागेकै छन । जनताले चुनावी एजेण्डा होइन, परिणाम खोजिरहेका छन । परिणाम निस्कने गरी जनप्रतिनिधिहरुले काम नगरेको प्रति जनता आर्कोशित छन । अब हामी नागरिक आर्कोशित भएर मात्र हुदैन । अब कस्ता उम्मेदवारलाई भोट दिएर जिताउने भन्ने बिषयमा बिचार पुयाउनु पर्छ । राजनीतिक दलका नेताहरुलाई दोष दिएर मात्र हुदैन, हामी पनि दोषि छौं । हामीले राम्रा मान्छे छान्न नसक्दा अहिले दुख्ख पाइरहेका छौं । अब पनि हामीले बिचार गरिएन भने भोली फेरि पछुताउनु पर्ने अबस्था आउन सक्छ । त्यसैले आउँदो चुनावमा हामी सम्पूर्ण नागरिकहरुले आ आफना प्रतिनिधि छान्न दश पटक सोचेर मतदान गरौं । हाम्रा होइन राम्र...
जनताको जनजीविकाको सवालमा केही कुरा
राजनीति, समाचार

जनताको जनजीविकाको सवालमा केही कुरा

-डा.डिआर उपाध्याय, पटक पटकको मूल्यवृद्धिले आमजनता पीडा माथि पीडामा छन् । जनताको आय स्रोत बढेको छैन । तर महंगी अचाक्ली बढेर गएको छ । यस्तो भए पछि बाँच्न गाहारो हुन थाल्यो । जनताको ढाँड सेकिने गरी यसरी महंगी बढनु भनेको त्यति राम्रो संकेत होइन । पछिल्ला समयमा पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्ेयै छ । सरकार अब यो बिषयमा गम्भिर देखिनु पर्ने जरुरी छ । सरकारले बर्तमान समयमा देखिएका यी जनताका तमाम समस्या समाधान गर्न नसके अलोकप्रिय हुने निश्चित छ । महंगीका कारण सर्वसाधारण जनतालाई बिहान बेलुकाको छाक टार्न समेत धौ धौं छ । यति बेला विविध खाले समस्याबाट जनता पीडित छन । सरकारले जनताको समस्या समाधान गर्न छिटो पहल गर्नु पर्ने देखियो । पाँच दलीय गठबन्धनको सरकार जनताको जनजीविकाको सवालमा जिम्मेवार देखिन सकेन भनेर आलोचना सुरु हुन थालेको छ । अहिले सरकार जनताको समस्या समाधान गर्ने विषयमा केन्द्रीत हुनु प...
चर्को भाषण गरेर मात्र हुन्छ की जनताको पनि सेवा गर्ने हो ?
राजनीति, समाचार

चर्को भाषण गरेर मात्र हुन्छ की जनताको पनि सेवा गर्ने हो ?

-डा.डिआर उपाध्याय, राजनीतिले जनतालाई खान लगाउन दिदैन तर पनि जनता राजनीतिक दल र तिनका नेताहरुको पछि नै छन । अब पनि उनीहरुको पछि लागेर के गर्ने ? राजनीतिक दल र तिनका नेताको पछि लागेको कति बर्ष भयो यसो हिसाव गर्नुस् त हामी के पाएऔं ? हामीले केवल महंगी पाएका छौं । दिन दिनै महंगी बढेको बढै छ कसरी जिवन धान्ने भन्ने चिन्ता हामी सबै गरिव जनतामा छ । के हामी जीन्दगी चिन्तामा बिताउन पाएका हौं ? यो होइन, हाम्रो देशका शासक, प्रशासक नै गलत भए । देश सहि ढंगले चल्न सकिरहेको छैन । जसले गर्दा हामीले दुख्ख पाइरहेका छौं र पाइरहने छौ । कम्युनिस्टहरुको त कुरा मात्र हो, ब्यवहारमा सिन्को भाँच्दैनन् । चर्को भाषण गरेर मात्र हुन्छ की जनताको पनि सेवा गर्ने हो ? कम्युनिस्ट देखि पनि आमजनता वाक्कदिक्क भइसकेको अवस्था छ । विकास, सुशासन र समृद्धिका कुरा गर्ने ब्यवहारमा लागु नगर्ने कति दिन जनतालाई ढाँटेर राजनीति गर्ने...
प्रम देउवाको भारत भ्रमण
राजनीति, समाचार

प्रम देउवाको भारत भ्रमण

-डा.डिआर उपाध्याय, आज प्रम शेर बहादुर देउवा भारत भ्रमणमा निस्कदै हुनुहुन्छ । देउवाको भारत भ्रमण सफल बनोस् भन्ने आशा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवाको तीन दिवसीय भ्रमण हुन लागेको हो । नेपाल र भारत बीचको सम्बन्ध सौहार्द र सुदृढ बनोस् । दुई छिमेकी नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुनु पर्छ । बेलाबेलामा नेपाल र भारतबीच विभिन्न खाले समस्या उत्पन्न नभएको होइन, तथापि त्यस्ता समस्याको समाधान कूटनीतिक ढंगले समाधान पनि भएका छन । सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीबाट नियुक्तिलगत्तै भारत भ्रमण हुने गरेको भए पनि झण्डै आठ महिना अघि प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि भारतमा देउवाको पहिलो भ्रमण हुन लागेको हो । नेपाल र भारतबीचको यो परम्परागत र सौहार्दपूर्ण सम्बन्ध सधै कायम रहिरहनु पर्दछ । देउवाको भारत भ्रमणले नेपाल र भारत बीचको सम्बन्ध थप उचाइमा पु...
नेपालको राजनीति र अवसरवादी चरित्र
राजनीति, समाचार

नेपालको राजनीति र अवसरवादी चरित्र

-डा.डिआर उपाध्याय, निर्वाचनको मुखमा आएर दलबदलको लहर चलिरहेको छ । हिजो आज राजनीतिक दाउपेचका लागी एक पार्टी छोडने र अर्को पार्टीमा जाने नेता तथा कार्यकर्ताको होडवाजी नै चलिरहेको छ । राजनीतिमा जनतालाई ढाँटने र भ्रमको राजनीति बढेर गएको छ । सोझा जनतालाई ढाँने र भोट बटुलेर कुर्सिमा बस्ने दाउमा नेताहरु लागेको लागै छन । यति लामो समय सम्मको अनुभवमा राजनीतिक दल र तिनका नेताहरुमा सत्ता स्वार्थ बाहेक अरु केही देखिएन । व्यापारीहरु समेत सक्रिय राजनीतिमा आउन थालि सके । अब हाम्रो देश कता जादै छ ? के गर्न खोजिदै छ । पैसावालाको राजनीति बढेर गएको छ । पैसा नहुनेले नत राजनीति गर्न सक्छ नत चुनाव लडन नै । पैसा नहुने हत्त पत्त चुनावमा लडने आँट नै गर्न सक्दैन । चुनाव महंगो हुदै गयो । एउटा वडा अध्यक्ष लडन ५० लाख चाहिन्छ भन्न थाले । गरिवका छोरा छोरी यत्रो महंगो चुनाव लडन कसरी सक्छन ? गरिवले निर्वाचनमा उम्मे...