‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ मा वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत
वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छन् । मंगलबार राजधानीमा टिकागोपाल डिजिटल एम क्रियशनको आयोजनामा ‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ अन्तर्गत वरिष्ठ गायिका शाह पुरस्कृत भएकी हुन् ।
उनलाई वरिष्ठ गायक सम्भुजीत बास्कोटा र कानून तथा संविधानविद् भिमार्जुन आचार्यले रु ५१ हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे । उक्त कार्यक्रममा गायिका शाहललाई पुरस्कृत गर्दै वरिष्ठ गायक बास्कोटाले ठूलो योगदान दिएका श्रष्टालाई राज्यर र संघ संस्थाले पनि सम्मान तथा पुरस्कृत गर्नुपर्ने बताए ।
साथै, उनले धेरै लामो समय रेडियो नेपालमा काम गरेकी शाहलाई बिना सम्मान र एक्कासी रेडियो नेपालले जागीरबाट हटाएकोमा दुःख व्यक्त गरे ।
‘कतिपय संस्थाहरुले थोरै समय काम गरेका आफ्ना कर्मचारीलाई सम्मानसहित बिदाई गरेको उदाहरणहरु छन्, झण्डै तीन दशक जति काम गर्नुभएकी चन्द्रकला दिदीलाई त्यती ठूलो संस्...










