फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
गोल्डेनहर्स फिल्मस् प्रा.लि.को आयोजनामा “फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२” राजधानीमा सम्पन्न भएको छ । “राष्ट्रको विकास र समृद्धिमा योगदान–भाषा, कला, गीत, संगीत र चलचित्रकर्मीहरूको सम्मान” भन्ने नाराका साथ नेपाली कला, सँस्कृति, साहित्य, गीतसंगीत र चलचित्र क्षेत्रको प्रवद्र्धन तथा यस क्षेत्रसँग सम्बन्धित कलाकर्मीहरूको प्रोत्साहनका लागि सो अवार्ड कार्यक्रमको आयोजना गरिएको हो । नेपाली चलचित्र क्षेत्रका मूर्धन्य तीन विशिष्ठ चलचित्रकर्मीहरू अर्थात त्रिदेवी भुवन चन्द, चैत्यदेवी सिंह तथा वसुन्धरा भुषालको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको सभापतित्व गोल्डेनहर्स फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक अच्युत बजगाँईंले गर्नु भएको थियो भने कार्यक्रम निर्देशक बरिष्ठ चलचित्र सम्पादक वनिश शाह तथा कार्यक्रम संयोजक गीतकार तथा चलचित्रकर्मी गणेश सुवेदी हुनुहुन्थ्यो ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्...










