राज मेकअप स्टुडियोले तिज विशेष कार्यक्रम गर्दै
काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तिजको अवसरमा “राष्ट्रिय नारी सम्मान” कार्यक्रमको आयोजना हुने भएको छ । सौन्दर्य क्षेत्रमा लामो समयको अनुभव बटुलेको राज मेकअप स्टुडियोको आयोजनामा आउदो शुक्रवार अर्थात भाद्र २२ गते तिनकुनेस्थित रोयल बैंक्वेटमा आयोजना हुन लागेको उक्त कार्यक्रममा लामो समयदेखि आ- आफ्नो क्षेत्रमा योगदान दिने चर्चित सफल महिलाहरुलाई सम्मान गरिन लागेको आयोजक संस्थाका प्रमुख तथा वरिष्ठ सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए ।
वरिष्ठ गायिका तारा थापा,वरिष्ठ अभिनेत्री वसुन्धारा भुुषाल,वरिष्ठ गायिका राधिका हमाल,चर्चित गायिका जुनुु रिजाल लगायत ख्याती प्राप्त महिलाकर्मीहरुलाई प्रतिनिधी सभाका उपसभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यतामा राष्ट्रिय नारी सम्मान प्रदान गरिन लागेको हो ।लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुती समेत रहने उक्त कार्यक्रममा विशेष मनोरन्जनात्मक एवं ...










