अर्थ/व्यापार

पुनःनिर्मित काष्ठमण्डपको उद्घाटन वैशाख १२ मा गरिने
अर्थ/व्यापार, समाचार

पुनःनिर्मित काष्ठमण्डपको उद्घाटन वैशाख १२ मा गरिने

भुकम्पले क्षतिग्रस्त बनेको काठमाडौंको काष्ठमण्डप अगामी वर्ष उद्घाटन गरिने भएको छ । बैशाख १२ गते काष्ठमण्डपको उद्घाटन गरिने मिति तय भएको हो । परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम उत्साहजनक रहेको बताउनुभएको छ। निर्माणाधीन सम्पदाको आज अपराह्न अवलोकन गर्ने क्रममा मन्त्री ज्ञवालीले काष्ठमण्डप पुनः निर्माणले सम्पदा निर्माण गर्दा समुदायको सहभागिता अपरिहार्य रहेको कुरालाई स्थापित गरेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्ने गरी काम भएकाले निर्माण समितिलाई धन्यवाद दिनुभयो । अवलोकनकै क्रममा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले लक्ष्यानुरुप नै मरुसत पुनः निर्माणको काम सम्पन्न हुन लागेकामा सन्तोष व्यक्त गर्दै पुनः निर्माण हुन बाँकी अन्य सम्पदा निर्माणका क्रममा पनि स्थानीयवासीलाई अनिवार्य सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । काष्ठमण्डप पुनःनिर्माण स...
सरकारी खाद्य कम्पनीको सहुलियतको चिनी आएन,तिहार र छठमै अभाव हुने
अर्थ/व्यापार, समाचार

सरकारी खाद्य कम्पनीको सहुलियतको चिनी आएन,तिहार र छठमै अभाव हुने

 सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न जिम्मेवारी दिए पनि खाद्य व्यापार कम्पनीले समयमै चिनी ल्याउन नसकेको हो ।त्यसबेला सरकारले ५० प्रतिशत भन्सार महसुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिएको थियो  । सरकारले दिएको सो स्वीकृतिअनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याइरहेको छ । तर, खाद्य व्यापार कम्पनीले चिनी आयात गर्ने कम्पनीसमेत टुंगो लगाउन सकेको छैन । खाद्य व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले खाद्यले चिनी आयात गर्नकै लागि गरिएको टेन्डरमा कुनै कम्पनी इच्छुक नभएकाले चिनी ल्याउन समस्या भएको बताए । उनले पहि...
कतारमा नेपाली पुरस्कृत
अर्थ/व्यापार, समाचार

कतारमा नेपाली पुरस्कृत

कतारमा लामो समय देखी सेवारत रहदै आएका नेपाली पुरस्कृत भएका छन् । नासर अल अली एन्टरप्राइजेजले सोमबार आफ्ना तीन नेपाली कर्मचारीलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा चन्द्र बहादुर राई, दिप बहादुर पुरी ,र रोज मोहम्मद छन् । कम्पनीले १० वर्ष लामो सेवाका लागि प्रत्येकलाई कतारी रियल १५००० (पन्ध्र हजार) प्रदान गरी सम्मानित गरेको छ । नासर अली अल अली, कम्पनिका मालिकले एक कार्यक्रमका बीच ती कर्मचारीहरुलाई इनाम हस्तान्तरण गरे । कम्पनीमा आफ्नो समर्पणको साथ लामो समयको उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका मालिक नासर अली अल अली भन्छन्, “मलाई गर्व लाग्छ कि १० बर्षको सेवामा कामदार वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्‍याए, टोकनको रूपमा प्रत्येक कर्मचारीलाई कतारी रियल १५००० प्रदान गर्दछु। मलाई आशा छ कि मेरा कर्मचारीहरूले अझ बढी सफलताहरू प्राप्त गर्न उ...
फेसबुकमा अभद्र कमेण्ट नलेख्न साउदीमा रहेका नेपालीलाई दूतावासको चेतावनी
अर्थ/व्यापार, समाचार

फेसबुकमा अभद्र कमेण्ट नलेख्न साउदीमा रहेका नेपालीलाई दूतावासको चेतावनी

साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जाल (फेसबुक) मा जथाभावी कमेण्ट नलेख्न सचेत गराएको छ । दूतावासले मंगलबार एक सार्वजानिक सूचना जारी गर्दै राजदूतावासबाट गरिने सूचनाहरुमा जथाभावी अभद्र कमेण्टहरु पोष्ट नगर्न अनुरोध गरेको हो। सोमबार राजदूतवासबाट प्रकाशित राहदानी नवीकरण सम्बन्धी सार्वजनिक सूचनामा ‘लभ्ली केटो’ नामक फेसबुक आइडीबाट कमेन्ट गर्ने एक व्यक्तिले नेपाली महिला कामदारलाई अपमान गर्ने प्रकारको अभद्र पोष्ट गरेको पाइएको भन्दै दूतावासले सो पोष्ट तुरून्त हटाउन चेतावनी समेत दिएको छ । त्यस्तै दूतावासले साउदी अरबमा फेसबुक लगायत अन्य सामाजिक संजालको प्रयोगका माध्यमबाट पोष्ट वा लाईभ पोष्ट गर्दा वा कसैलाई म्यासेज पठाउँदा वा कुनै पनि विषयमा कमेन्ट गर्दा स्थानीय साइवर तथा अन्य कानूनको पूर्ण पालना गर्न समेत सचेत गराएको छ। यसअघि स्थानीय कानूनको विरूद्द हुनेगरी क...
एक साताभित्र कोरोना बीमाको भुक्तानी दिन निर्देशन
अर्थ/व्यापार, समाचार

एक साताभित्र कोरोना बीमाको भुक्तानी दिन निर्देशन

बीमा समितिले एक साताभित्र कोरोना बीमाको बाँकी बक्यौता भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानी नदिएको भन्दै चौतर्फी आलोचना भएपछि मंगलबार समितिले कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । मंगलबार नै कोरोना बीमाबारे छलफल गर्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा बैठक बसेको थियो । बैठकमा उनले एक साताभित्र दावी भुक्तानीको व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएपछि समितिले कम्पनीहरुलाई निर्देशन दिएको हो । छलफलमा अर्थ मन्त्रालयका सचिब शिशिरकुमार ढुङाना, राजस्व सचिव रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो । हालसम्म २० हजार भन्दा बढी बीमितले दुई अर्ब भन्दा बढि रुपैयाँको बीमा दावी भुक्तानीका लागि कागजात पेश गरेपनि करिब १५ करोड रुपैयाँ मात्र दावी भुक्...
इजरायलमा नेपाली कामदार पठाउन ‘प्रोटोकल’ तयार
अर्थ/व्यापार, समाचार

इजरायलमा नेपाली कामदार पठाउन ‘प्रोटोकल’ तयार

गत असोजमा इजरायसँग भएको श्रम सम्झौता अनुसार नेपाली कामदार त्यहाँ पठाउन ‘प्रोटोकल’ तयार भएको छ । इजरायल सरकारका प्रतिनिधि र नेपाल सरकारका उच्च अधिकारीहरूबीच १ महीनाको छलफलपछि प्रोटोकल तयार गरिएको हो । प्रोटोकलमा श्रम सम्झौतामा भएका व्यवस्थालाई आधार मान्दै कामदार जाने प्रक्रिया, कामदारको योग्यता, पारिश्रमिक, सेवासुविधालगायत विषय समेटिएको छ । नेपालीहरूलाई रोजगारीका लागि विशेष गरी हस्पिटल क्षेत्रमा पठाउने र त्यहाँ खानेबस्ने सबै प्रबन्ध मिलाउने व्यवस्था आदिलाई प्रोटोकलले प्रस्ट्याएको छ । हस्पिटलबाहेक केयर गिभर, कृषि, होटेल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर मिल्ने गरी प्रोटोकल तयार गरिएको छ । इजरायलसँग भएको श्रम सम्झौताअनुसार प्रोटोकलमा रोजगारीका लागि उक्त देशमा जान चाहने नेपालीले भिसा शुल्क, मेडिकल परीक्षण, कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम, ओरिन्टेशन शुल्क ...
कोरोना भाइरसबाट विकासोन्मुख देशहरू सबैभन्दा बढी प्रभावित::डा.डिआर उपाध्याय
अर्थ/व्यापार, समाचार

कोरोना भाइरसबाट विकासोन्मुख देशहरू सबैभन्दा बढी प्रभावित::डा.डिआर उपाध्याय

कोरोना भाइरसबाट बच्ने उपाय भनेकै सावधानी अपनाउनु हो कोरोना भाइरसले हालसम्म विश्वका धेरै मानिसको ज्यान लिइसकेको छ। भाइरसलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन कुनै देशले सकेका छैनन् । विश्वव्यापी रूपमा फैलिरहेको यो भाइरस प्रभावले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन। यो भाइरसलाई प्राणघातक भाइरससमेत भनिन्छ। कोभिड– १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीमा संक्रमणको जोखिम उच्च देखिएको छ । यो भाइरसबाट बच्ने सबैभन्दा महत्वपूर्ण र आधारभूत उपाय भनेकै सावधानी अपनाउनु हो। यसबाट बच्न सकिने उपाय भनेको सरसफाइमा ध्यान दिनु पर्छ । मास्क प्रयोग गर्न छोडनु हुदैन । हातले नाक, मुख र ऑखा छुनु हुदैन । बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुनु पर्छ । पोसिलो खानेकुरा खानु पर्छ । माछा, मासु राम्रोसँग पकाएर खानु पर्छ । भीडभाडमा सावधानी अपनाउनु पर्छ । सामाजिक दूरी कायम गर्नु पर्छ । संक्रमित तथा रुघ...
दसैंमा खेर गयो विद्युत
अर्थ/व्यापार, समाचार

दसैंमा खेर गयो विद्युत

माग कम भएपछि यस वर्षको दसैंमा विद्युत खेर गएको छ । दसैंको बिदामा कारण विभिन्‍न कलकारखाना, व्यापारीक मल र संस्थाहरु बन्द रहेकाले खपत कम हुँदा विद्युत खेर गइरहेको नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले जानकारी दिए । कोइरालाले नेपालमा अहिले दसैं बिदा सुरु भएपछि अहिलेसम्म दैनिक करिब २ सय मेगावाटसम्म विद्युत खेर गइरहेको बताए । खेर गइरहेको विद्युतको खपतबारे प्राधिकरणसँग तत्कालै खपत बढाउने कुनै विकल्प नहरेको भन्दै कोइरालाले दीर्घकालिन रुपमा रणनीति तयार पारेर अगाडि बढ्ने तयारीमा प्राधिकरण रहेको बताए । प्राधिकरणले खेर गइरहेको विद्युतको खपत गर्न सिँचाई, कृषि उत्पादन, विद्युतीय सवारीका लागि विद्युत उपलब्ध गराउने, उपभोक्तालाई इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने योजना बनाइरहेको जानकारी उनले दिए । तर इन्डक्सन चुल्हो, विद्युतीय सवारी साधन र विद्युतीय उपकरणमा कर...
तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा
अर्थ/व्यापार, समाचार

तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा

नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो । दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिनेभएपछि नेपाली कामदार सीमा पारि जानु नपर्ने जनाइएको छ । यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।...
सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढ्छ: उद्याेगमन्त्री भट्ट
अर्थ/व्यापार, समाचार

सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढ्छ: उद्याेगमन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन्।  मंगलबार महाकाली नगरपालिका-१ मा सुख्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए।  वाणिज्य सचिवको नेतृत्वको टोलीले वस्तुस्थिति बुझेर प्रक्रिया सुरू गर्ने उनले बताए।  मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा. दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार  र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो। सुख्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम सुरु गरेको बताइएको छ। मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गते देखि काम सुरु गर्ने जनाइएको छ।  ...