दुई लाख राशी सहितको ‘हेमबहादुर मल्ल सम्मान २०७५’ डा. गौरी शंकर लाल दासलाई दिने घोषणा
काठमाडौं, २४ पौष- दुई लाख राशी सहितको हेमबहादुर मल्ल सम्मान २०७५ डा. गौरी शंकर लाल दासलाई दिने घोषणा गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र नेपाल जन प्रशासन संघद्वारा शुक्रबार संयुक्त रुपमा आयोजित कार्यक्रम माझ सो घोषणा गरिएको हो । सो अवसरमा नेपाल जन प्रशासन संघका अध्यक्ष कृष्ण हरि बास्कोटाले विभिन्न क्षेत्रबाट आएका सिफारिस मध्येबाट नामहरु छनौट गर्दै विभिन्न चरणहरु पार गरि अन्तत छनौट समितीको सिफारिसका आधारमा दासलाई सो सम्मानबाट विभुसित गर्ने निर्णय लिईएको बताए ।
‘राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तरराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गरेको जस्तो उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७५ का लागि डा....










