फेसियल हाउसको ११औँ शाखा ललितपुरको कुमारीपाटीमा
काठमाडौं । नेपालको ‘नम्बर वान’ फेसियल हाउसले आफ्नो ११औँ शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा सञ्चालनमा ल्याएको छ ।
ललितपुर महानगरपालिका वडा नं. ५ कुमारीपाटीमा रहेको केएम कम्प्लेक्समा शुक्रबारदेखि ११औँ शाखा सञ्चालनमा ल्याइएको हो । एक भव्य समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणाले सो शाखा उद्घाटन गरिन् ।
उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष राणाले फेसियल हाउसले एकपछि अर्को सफल शाखाहरू सञ्चालन गर्दै आएकोमा खुसी प्रकट गर्दै शुभकामना व्यक्त गरिन् । यो सफलतासँग फेसियल हाउसकी सुष्मा महरा मात्र नभइ स्वदेश तथा विदेशमा रोजगारीको खोजी गरिरहेका युवायुवतीहरू समेत जोडिएको उनले बताइन् ।
‘सुष्माजीले गरेको मेहनतबाट अरु धेरै महिलाहरू प्रभावित हुनुहुन्छ । यो राम्रो काम मात्रै होइन रोजगारी सृजनासमेत भएको छ,’ उनले भनिन्, ‘रोजगारीको खोजी गर्दै धे...










