समग्र नगरको विकास गर्न मेरो उम्मेदवारी: शाक्य,नगर सभापति उम्मेदवार,नेका
शान्तिरत्न शाक्य नेपाली काङ्ग्रेस बनेपाको क्रियाशिल व्यक्ति हुन् । उनी बनेपा शहरका स्थायी बासिन्दा हुन् । उनी एक सफल ब्यवसायी पनि हुन । काभ्रे जेसिसको नेतृत्व समालिसकेका शाक्य तत्कालिन बनेपा नगर वडा नम्बर ९ का वडा अध्यक्ष भएर जनप्रतिनिधिको अनुभव पनि छ । नगर सभापति भएपछि नगर पिता बन्ने सहज बाटो खुल्ने हुँदा उनि बनेपा कांग्रेसको सारथी बन्न हौसिएका हुन । उनलाई काङ्ग्रेस नेता कन्चनचन्द्र बादेको साथ छ सभापति मधु आचार्यको आशिर्वाद छ। नगर अधिवेशनको सेरोफेरोमा इपाना नेपालले शाक्यसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । सम्पादक ।
•नगर सभापतिका उम्मेदवारहरु अरु पनि हुनुहुन्छ, र तपाई अनुभवी पनि हुनुहुन्छ । यो अवस्थामा अरु उम्मेदवारहरु भन्दा तपाईंलाई कुन कुन कुराहरुले योग्य हुनुहुन्छ जस्तो लाग्छ ?मेरा प्रत्यासी साथीहरु पनि सक्षम हुनुहुन्छ । उहाँहरुले पनि संगठन विस्तारको लागि आफ्नो योगदान दिनु भ...










