दर्शकको मन जित्दै ‘आमा सबैकी’ (भिडियो) - राष्ट्रपत्र
बुधबार, मंसिर २०, २०८०

दर्शकको मन जित्दै ‘आमा सबैकी’ (भिडियो)


टेलिचलचित्र ‘आमा सबैकी’ले यतिवेला दर्शकको मन जित्न सफल भएको छ । मञ्जरी मिडियामार्फत आइरहेको यो समसामायिक टेलिचलचित्रलाई युट्युवमा दर्शकले साथ दिइरहेका छन् । यसको तेस्रो भागसम्म आइपुग्दा सबैको तारिफ बटुल्न सफल भएको छ ।

राजु गिरीले निर्देशन गरेको यो टेलिचलचित्रमा संगम भण्डारी, सविन बास्तोला, सुभेच्छा थापा, राजु गिरी, सुदन धिताल, लक्ष्मिनाथ तिमिल्सिना, रचना पौडेल, सरोज दाहाल, सुप खनाल, मोहन घिमिरे, समिता रिजाल, सरोज मानन्धरलगायतका कलाकारको अभिनय रहेको छ ।

रामकृष्ण चौलागाईंको छायाँकन, ललित सिंह साउदको सम्पादन रहेको यो टेलिचलचित्रको निर्माण सुस्मिता धितालले गर्नुभएको हो । टेलिचलचित्रमा सामाजिक विषयवस्तुलाई यर्थाथ परक र व्यङ्ग्यातमक रुपमा प्रस्तुत गरिएको छ । यो टेलिचलचित्र हरेक शुक्रबार चार बजे सार्वजनिक हुने गरेको छ ।

‘आमा सबैकी टेलिचलचित्र तेस्रो भागसम्म आइपुग्दा दर्शकको धेरै-धेरै माया पाइरहेका छौ, यसरी मायागरी हाम्रो हौसला बढाइदिनुहोला’, निर्देशक राजु गिरीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *