समाचार

मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक
मनोरन्जन, समाचार

मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक

काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ । आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहका बिच टप २३ सार्वजनिक गरेको हो । समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बर समेत प्रदान गरिएको छ । जसमा क्रमश आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना के.सी., पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा रहेका छन् । प्रतिष्पर्धीहरुको आफ्नो परिचय र प्रतियोगितामा भाग लिनुको उद्देश्य बारे प्रष्ट पारेको कार्यक्रममा अन्नपुर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आर...
दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेलामा ६० प्रतिशतसम्म छुट
अर्थ/व्यापार, समाचार

दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेलामा ६० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपालीहरुको महान् पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैँ फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यहि असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने दशैँ जुत्तामेला संयोजक सविन कार्कीले जानकारी दिनुभयो । मेलामा शिखर सु इण्डष्ट्रिजको शिखर सुज, रन सु इण्डष्ट्रिजको रन सुज, नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड राखिएको छ । संयोजक कार्कीका अनुसार एकमहिने मेलामा महिला, बालकालिका, पुरुष सबै उमेर समूहलाई हुने गरी १० कम्पनीका ३० भन्दा बढी ब्राण्ड एक हजारभन्दा बढी मोडलहरु राखिएका छन् । असोज १० गतेदेखि छुट अफर सुरु हुने मेलामा १५...
‘तिम्रो सबै कुरा मन पर्छ ‘सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘तिम्रो सबै कुरा मन पर्छ ‘सार्वजनिक(भिडियो)

काठमाडौं । खप्तड क्षेत्रमा छायांकन गरिएको अर्को नयाँ म्युजिक भिडियो ” तिम्रो सबै कुरा मन पर्छ ” सार्वजनिक भएको छ । गायक बिशाल निरौला र रिज्योना कार्कीको आवाज रहेको उक्त गीतमा गायक निरौलाकै शब्द, संगीत र उहाँकै युट्युव मार्फत सार्वजनिक गरिएको दृश्यमा खप्तड अन्तर्गत रहेको उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको थियोे । https://www.youtube.com/watch?v=ZMG9ZMFV5rs खप्तडका अत्यान्तै मनमोहक दृश्यहरु कैद गरिएको उक्त म्युजिक भिडियोमा दृश्यमा खप्तड कार्यक्रमका अभियन्ता लोकपृय कलाकार/ मोडल सनम कठायत र हेमा थापालाई प्रेमिल जोडीको रुपमा देख्न सकिन्छ । दिपक गीरीको छायांकन , अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ ।...
मोहम्मद जुनैद नेपाल मुस्लिम संघको उपाध्यक्षमा निर्वाचित
राजनीति, समाचार

मोहम्मद जुनैद नेपाल मुस्लिम संघको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित भएका छन् । उनी संघको तेस्रो महाधिवेशनबाट निर्वाचित भएका हुन् । संघको सँस्थापक सदस्य समेत रहेका उनी बितेका तीन कार्यकाल कोषाध्यक्षको रुपमा सक्रिय रहदै आएका थिए । गत असोज ५ गते देखि ८  गते सम्म चलेको मुस्लिम संघको महाधिवेशनले जुनैदलाई निर्विरोध उपाध्यक्षमा निर्वाचित गरेको हो । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका जुनैद एक कुशल वैदेशिक रोजगार व्यावसायी समेत हुन् । लामो समय देखि नेपाल, मलेसिया लगायतका विभिन्न मुलुकहरूमा व्यवसाय गर्दै आएका उनले समग्र मुस्लिम समुदायको हक हितका पक्षमा समेत आवाज उठाउदै आएका छन् । रौतहटका स्थानीय बासिन्दा जुनैद आफ्नो जिल्लाको बारेमा समेत उत्तिकै चासो राख्दछन । जिल्ला बासिको सुख दुखमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिदै आएका उनी ...
‘हे दैव’ को म्युजिकल फिल्म रिलिज(भिडियो)
मनोरन्जन, समाचार

‘हे दैव’ को म्युजिकल फिल्म रिलिज(भिडियो)

सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो म्युजिकल फिल्म रिलिज गरिएको छ । भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो चलचित्र सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई भक्कानिए । सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए । उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए । केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएनन् । परिवारको प्रतिनिधित्व पनि गायक राईले नै गरेका थिए । https://youtu....
अर्जुन कम्प्लेक्समा गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालनमा
अर्थ/व्यापार, समाचार

अर्जुन कम्प्लेक्समा गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालनमा

असोज ६, काठमाडौ । काँडाघारी बिरेन्द्र चोकमा रहेको  अर्जुन कम्प्लेक्समा बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै गरिमा युनिसेक्स सैलुन एण्ड गरिमा बुटिक सञ्चालनमा आएको छ । गरिमा युनिसेक्स सैलुन उद्घाटन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा गरिन् । महराले रिबन काटेर गरिमा युनिसेक्स सैलुन एण्ड बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका सञ्चालकलाई सफलताको शुभकामना दिइन् । विशेषगरी महिलाको व्यक्तित्व र नेतृत्व विकास सम्बन्धमा बुटिकले धेरै अर्थ राख्छ । यसले महिलाहरुको व्यक्तित्व विकाससँगै उनीहरुलाई स्वरोजगार बनाउन पनि भूमिका खेलिरहेको छ,’ महराले बताउनुभयो । गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालकलाई व्यवसायिक रुपमा पनि यसले फाइदा पुर्‍याओस् । बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा व्यवसाय संचालन गर्दै ...
मध्यपूर्व संयोजकमा युएइका युवा व्यवसायी रमेश श्रेष्ठको उम्मेदवारी घोषणा
अर्थ/व्यापार, समाचार

मध्यपूर्व संयोजकमा युएइका युवा व्यवसायी रमेश श्रेष्ठको उम्मेदवारी घोषणा

दुबइ।  युएइका युवा व्यवसायी रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एनअनारएको आगामी ११ औं अन्तरराष्ट्रिय महाधिवेशनमा २०२३–२०२५ कार्यकालका लागि आठ बुँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनी लामो समयदेखि मध्यपूर्वको मात्र नभई विश्वकै व्यापारिक केन्द्रका रूपमा रहेको मुलुक यूएइ (दुबइ)मा रहँदै गर्दा विभिन्न तवरले सामाजिक कार्यमा आबद्ध भएर काम गरिरहेका छन् । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘लामो समयदेखि एनआरएनए यूएइ विभिन्न तहमा रहँदै मैले एनआरएनए युएइको नेतृत्व गर्दा र तत्पश्चात समेत संस्थाको हित र सामाजिक भावले गरेका कार्यहरूको मूल्यांकन गरिरहनुभएका एनआरएनए मध्यपूर्व र विश्वव्यापी एनआरएनएमा आबद्ध अग्रज व्यक्तित्वहरू तथा समकालीन साथीहरू समेतको सल्लाह सुझाब र आग...
महिला उद्यमी सुषमा महरा उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा निर्वाचित
अर्थ/व्यापार, समाचार

महिला उद्यमी सुषमा महरा उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन सुषमा महरा निर्वाचित भएकी छन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले यस अगाडि संघको कोषाध्यक्ष लगायत पदमा रहेर काम गरिसकेकी छन् । सोमबार सुरु भएको संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्ष सहित सबै पद निर्विरोध निर्वाचित भएको थियोे । यस्तो छ:  नयाँ कार्य समिति अध्यक्षमा दिनेश श्रेष्ठ उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन, जय सिवाकोटी, महासचिवमा दुर्गाराज श्रेष्ठ,सचिवमा शुष्मा महरा, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह-कोषाध्यक्षमा नानीराज घिमिरे सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी, शिशीर गौतम, दीपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका हुन् ।...
माया बुढाथोकी (पायल) लाई ‘राष्ट्रिय नारी सम्मान’
मनोरन्जन, समाचार

माया बुढाथोकी (पायल) लाई ‘राष्ट्रिय नारी सम्मान’

काठमाडौं । सौन्दर्यकर्मी माया बुढाथोकी, ( पायल) एक कार्यक्रमका वीच सम्मानित भएकी छिन । राजधानीको रोयल बैक्वैट,तिनकुनेमा आयोजित राष्ट्रिय नारी सम्मान २०८० को भव्य समारोहका वीच प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना,वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल तथा वरिष्ठ गायिका तारा थापाले संयुक्त रुपमा उनलाई सौन्दर्यकला सम्मानबाट सम्मानित गरिएको हो । मया बुढाथोकी लामो समयदेखि सौन्दर्यकला तथा मेकअप आर्टिष्टको रुपमा परिचित छिन । मिस ब्यूटिफुल नेपाल २०२३ की भ्यूवर्स च्वाईस तथा वेष्ट स्माईलको टाईटल जित्न सफल मया मेकअप तथा सौन्दर्य सम्बन्धि तालिम प्रदान गर्दै आईरहेकी छिन । गुणस्तरीय सौन्दर्य प्रशाधान मात्र प्रयोग गर्दै आईरहेकी पायल आफ्ना ग्राहकको सन्तुष्टिका लागि निकै सतकर्ता अपनाउने गर्छिन ।...
असोज २६ गते सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड हुने
मनोरन्जन, समाचार

असोज २६ गते सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड हुने

पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ गते शुक्रबार हुने भएको छ । चलचित्र विकास वोर्डको हलमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तिम जनाइएको छ । अवार्डमा राष्ट्रिय, गजल, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाम १६५ जना कलाकारहरु प्रतिस्पर्धामा रहेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुत कर्ताको रुपमा रहेको छ । सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छभने एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रज...