समाचार

नारायण खतिवडाको“दुःख सुनाएर के काम ? ”(भिडियो)
मनोरन्जन, समाचार

नारायण खतिवडाको“दुःख सुनाएर के काम ? ”(भिडियो)

काठमाडौं। गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत “दुःख सुनाएर के काम?” सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ। गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियो बाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ। मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका पलहरू पनि आउँछन्। त्यस्तो बेला धेरैजसो मानिसहरू सम्हालिन सक्दैनन् र आफ्नो दुःख, पीडा, दर्द, भोक, रोग, शोक, गरिबी र कठिनाइ अरूलाई सुनाउँछन्। सुन्ने त धेरै भेटिन्छन्, तर साथ दिने भने थोरै मात्र हुन्छन्। आज साथ दिएको मान्छेले भोलि गएर त्यही कुरा हाँसो, मजाक र खिल्लीको विषय बनाउन सक्छ। हरेक व्यक्तिका आफ्नै बाध्यता हुन्छन्। मानिसले आफ्नै दुःख ठूलो ठान्छ, अरूको दुःखमा साथ दिने मानिस निकै कम हुन्छन्। कतिपय अवस्थामा मानिस बिरामी...
क्यानडामा ‘कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझ’ हुने
मनोरन्जन, समाचार

क्यानडामा ‘कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझ’ हुने

क्यानडा- क्यानडाको कालगेरी शहरमा पहिलो पटक लाईभ दोहोरी साँझ हुने भएको छ । मातृभुमी मेलोडी आर्टसको सहयोगार्थमा आयोजना हुने लागेको कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझमा वरिष्ठ स्टैण्ड अप कमेडी एवं कलाकार मनोज गजुरेल,मानसिह खड्का,मिना पोखरेल,संगीता थापा मगर र साथमा स्थानीय कलाकारको दमदार प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । विशुद्ध समाजसेवाको भावनाले आयोजित उक्त कार्यक्रम एक च्यारेटी शो हो । क्यानडा समय अनुसार जुन १४ शनिबार साँझ ७ देखी ११ बजे सम्म रहनेछ । कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साझ मा टिकट को मुल्य ३० र २५ क्यानेडियन डलर राखिएको छ । कार्यक्रमलाई विभिन्न संघ संस्थाको सहयोग रहेको छ । भने मिडिया पार्टनरमा राष्ट्रखबर र नमस्ते अनलाईन मिडियो रहेको छ ।...
शंकर बिसीको शब्द एलिनाको स्वरमा “एउटा नाता”(भिडियो)
मनोरन्जन, समाचार

शंकर बिसीको शब्द एलिनाको स्वरमा “एउटा नाता”(भिडियो)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक भएको छ। यस गीतमा एलिना चौहानको स्वर रहेको छ भने उनै शंकर बिसीको मर्मस्पर्शी शब्द, रमेशराज भट्टराईको संगीत रहेको छ। सो गीतमा राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको छ। यस गीतको भिडियोमा शंकर बिसीको निर्देशन रहेको छ भने दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा एलिना चौहानको अभिनय रहेको छ। यस गीतको भिडियोलाई शंकर बिसी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। एउता नाता नामक गीतको भिडियो हेर्ने र सुन्ने हो भने एलिना चौहानको वास्तविक कथामा आधारित गीत यो लिंक क्लिक गरेर हेर्नुहोला ।...
अग्रिया र प्रेरिल भए यो वर्षको मिस्टर एण्ड मिस एसईई आइकन
मनोरन्जन, समाचार

अग्रिया र प्रेरिल भए यो वर्षको मिस्टर एण्ड मिस एसईई आइकन

काठमाडौं– मिस्टर एण्ड मिस एसईई आइकन २०२५ (सिजन १२) को  फिनाले शानदार प्रस्तुति सहित सम्पन्न भएको छ। नवप्रतिभाहरूको उत्साह, मेहनत र कलात्मक क्षमतालाई उजागर गर्ने यस बहुप्रतीक्षित प्रतियोगितामा प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । यस वर्षको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् कमल किरण कटुवाल, इन्डिया नरुलाज एण्ड कम्पनी, दिल्लीका संस्थापक तथा कार्यक्रम निर्देशक डा. शिखा नरुला र मोडल शारोन लेप्चा बज्राचार्य रहेका थिए। उक्त प्रतियोगितामा सुमी बानियाँको कोरियोग्राफी, इभेन्ट स्ट्रक्चर रिकिस चित्रकार तथा प्रणिमा दाहालको उत्कृष्ट सञ्चालनले कार्यक्रमलाई पूर्णता दिएको थियो । उक्त प्रतियोगितामा मिस तर्फ  अग्रिया सिंह विजेता भएको थियो ,भने प्रथम उपविजेता अंकिता रिमाल, द्वितीय उपविजेताः प्रिशा पोखरेल, तृतीय उपविजेता सम्राज्ञी जोशी, चौथो उपविजेता स्वस्तिका कार्की, पाँचौँ उप...
कार्यक्रम व्यवस्थापनको ५ औं वार्षिक साधारण सभा,अनुराधा कोईरालादेखि उर्मिला श्रेष्ठलाई विशेष सम्मान
मनोरन्जन, समाचार

कार्यक्रम व्यवस्थापनको ५ औं वार्षिक साधारण सभा,अनुराधा कोईरालादेखि उर्मिला श्रेष्ठलाई विशेष सम्मान

काठमाडौं ।  कार्यक्रम व्यवस्थापन संघ,नेपालको ५ औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न ५ औं वार्षिक साधारण सभा सहित विशेष सम्मान समारोहको आयोजना समेत गरिएको थियो । अर्थ समिति सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य आपूर्ति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान तथा माईति नेपालकी संस्थापक अनुराधा कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा करिव डेढ दर्जन नेपाल भारतका प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वरिष्ठ महिला उद्यमी एवं समाजसेवी शोभा गुरुङ्ग,गायिका एवं संगीतकार तृप्ति खड्का गुरुङ्ग, मोडल विजय गुरुङ्ग,समाजसेवी समिक्षा गुरुङ्ग,गायिका पूजन काफ्ले ,गायिका सुमी पराजुली,सौन्दर्यकर्मी चन्दा पुन, फेशन डिजा...
सञ्जिवकुमार र मेलिना राईको स्वरमा ‘ख्याल ख्यालैमा हरायौ’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सञ्जिवकुमार र मेलिना राईको स्वरमा ‘ख्याल ख्यालैमा हरायौ’सार्वजनिक(भिडियो)

सञ्जिवकुमार पौडेल र मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल ख्यालैमा हरायौ’ सार्वजनिक भएको छ । खगेन्द्र दाहालको शब्द, सञ्जिवकै सङ्गीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/ZJPPns8_ksM विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको सिनेमेटोग्राफी रहको भिडियोमा लक्षमण चौहानको दृश्य सम्पादन छ । गीतले आफूले माया गरेको मान्छेसँग बोल्दा बोल्दै एक अर्कामा रमाएको, ख्याल ख्यालैमा एक अर्कामा हराएको भाव व्यक्त गरिएको छ । भावनात्मक शब्द, समधुर सङ्गीत र आकर्षक भिडियो संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ ।उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । गीतको भिडियो गायक पौडेलको अफिसियल युट्यूव च्यान...
प्रतिक्षा काफ्ले अभिनित “दिल आफ्नै थियो” सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

प्रतिक्षा काफ्ले अभिनित “दिल आफ्नै थियो” सार्वजनिक (भिडियो)

काठमाडौं ।  बिगत लामो समयदेखि अभिनयमा सक्रिय कलाकार प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको प्रेमभावयुक्त गीत “दिल आफ्नै थियो” हालै फाक्थुंगलुंग ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो गीतमा गायक नारायण थापा र नित्याशिवाको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द शंकर अधिकारी घायलले लेखेका हुन् भने संगीत बिकाश चौधरीले गरेका छन्। https://youtu.be/CKd8QrMQzTg गोबिन्द सोनीले मिक्सिंग र मास्टरिङ गरेका छन्। भिडियो पक्षमा पनि उत्कृष्ट टिमको समावेश छ छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल, श्रृंगार सबिना गुरुङ र निर्देशन प्रकाश धितालले गरेका हुन्। भिडियोमा “दिल आफ्नै भएपनि अरूका लागि मायामा धड्किने भावलाई कलात्मक र भावुक शैलीमा प्रस्तुत गरेको छन् निर्देशक प्रकाश धितालले । भिडियोमा देखाइएको समर्पण, प्रेम र भावनात्मक गहिराइले दर्शकको मन छुने अपेक्षा गरि...
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपध्याय खनालको उपन्यास ‘आसक्ति’ लोकार्पण गरिएको छ । काठमाडौंमा मंगलबार एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । साहित्यिक पत्रकार संघको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सांसद डा.अमरेशकुमार सिंह र मञ्चासिन अतिथिहरूले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।संघका अध्यक्ष राधेश्याम लेकालीको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहालले कृतिमाथि टिप्पणी गर्नुभएको थियो । उहाँले उपन्यासभित्रका पात्रका बारेमा क्रुरता र ममता दुबै भाव रहेको उल्लेख गर्दै एकातिर भौतिक सुख सुविधाको इच्छा र अर्कोतिर सत् पनि रहेको प्रसंग कोट्याउनुभएको थियो । विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, उत्तम केसी, खनाल सेवा समाजका महासचिव माधव खनाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, गायक/संगीतकार सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै डा.उपाध्याय...
साल्ट ट्रेडिङ्गले सुपथ मूल्य पसल सञ्चालन गरेकाले मंहगी नियन्त्रणमा :आपुर्ति मन्त्री भण्डारी
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङ्गले सुपथ मूल्य पसल सञ्चालन गरेकाले मंहगी नियन्त्रणमा :आपुर्ति मन्त्री भण्डारी

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेशनको संयुक्त आयोजनामा आयोजित उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सोमबार काठमाडौँ बानेश्वर अनस्थित एभरेष्ट होटलमा सम्पन्न भएको हो। यस कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले रैथाने बालीबाट उत्पादित बस्तुहरुको बजारीकरण गर्न साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)ले महत्वपूर्ण योगदान दिएको बताएका छन्। अत्यावश्यक बस्तुको व्यापार र आपुर्तिमा एसटिसीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए। यसैगरि दशैं तिहार जस्ता चाडपर्वमा कम्पनीले सुपथ मूल्य पसल सञ्चालन आपुर्ति श्रृंखलालाई थप व्यवस्थीत गराएको कारण मंहगी नियन्त्रणमा सहयोग पुगेको पनि उनले बताए। गत दशैंमा एसटीसीले चिनीको आपुर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको उनको भनाइ छ।‘आपूर्ति श्रृंखला...
सुटमालाका सीईओ राज कार्कीलाई प्रधानमन्त्रीबाट सम्मान
अर्थ/व्यापार, समाचार

सुटमालाका सीईओ राज कार्कीलाई प्रधानमन्त्रीबाट सम्मान

काठमाडौं । प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् । नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो । राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् । उनले बिगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको ब्राण्ड हो । कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र न...