राजनीति

आधिकारिकता दाबीका लागि जसपा उपेन्द्र बाबुराम पक्ष निर्वाचन आयोगमा
राजनीति, समाचार

आधिकारिकता दाबीका लागि जसपा उपेन्द्र बाबुराम पक्ष निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र-बाबुराम पक्ष आधिकारीता दाबीका लागि निर्वाचन आयोग पुगेका छन् । बिहीवार बसेको जसपा उपेन्द्र(बाबुराम पक्षको कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । त्यसै अनुसार आज ३० जना केन्द्रीय कार्यकारिणी समितिको सदस्यहरु आयोग पुगेको जसपाका एक नेताले लोकपथलाई जानकारी दिए । जसपाभित्रको आन्तरिक विवादका कारण महन्थ पक्ष सरकारमा सामेल भएको छ । भने अर्को उपेन्द्र-बाबुराम प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा गएको छ । यसअघि दुवै पक्षले एक अर्कालाई कारवाही गरेको पत्र आयोगमा पठाएका थिए । आयोगले महन्थ पक्षसँग बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको हस्ताक्षरसहित बैठकको निर्णय माग गरेको थियो । तर महन्थ पक्षले आयोगमा नामावली बुझाउन आलटाल गरिरहेका बेला आयोगले दुवै पक्षको दाबी नपुगेको भन्दै पत्रलाई मान्यता दिएको थिएन । यता महन...
आधिकारिकता दावी गर्न जसपाको यादव पक्ष निर्वाचन आयोग जाने
राजनीति, समाचार

आधिकारिकता दावी गर्न जसपाको यादव पक्ष निर्वाचन आयोग जाने

 जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्ष आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । आज काठमाडौंमा बसेको यादव समूहको कार्यकारिणी बैठकले बहुमत सदस्यको नागरिकता लिएर आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो । पार्टीको विवाद हल गर्नका लागि आफूहरुको दिएको निवेदन पछि आयोगले कानूनको अर्कै प्रावधान अनुसार आउन सुझाव दिएको भन्दै आधिकारिताका बारेमा टुङ्गो लगाउन निर्वाचन आयोग जाने निर्णय गरिएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनले भने,‘आधिकारिता दाबी गर्न निर्वाचन आयोग जाने निर्णय भएको छ ।’ यादव समूहको बैठकले चुरे क्षेत्रबाट ढुंगा गीटी वालुवा निकासी गर्ने सरकारको निर्णयको समेत विरोध गर्ने निर्णय गरेको उनले जानकारी दिए । आजको बैठकले बाढी पहिरो प्रभावितलाई राहत दिन समेत सरकारसँग माग गर्ने निर्णय गरेको छ । ‘बाढी पहिरो डुवानबा...
युवा नउठे को उठने ?
राजनीति, समाचार

युवा नउठे को उठने ?

-डा.डिआर उपाध्याय, बिश्वमा सवै भन्दा फोहोरी राजनीति नेपालमा छ । यसरी देश चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन । कारण राजनीति घृणित खेल भयो । यसलाई सफा गर्न जरुरी छ । अहिलेका युवाले नै फोहोरो राजनीतिलाई सफा गर्न अघि सर्नु पर्छ । राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्नु र बुझाउनु अति आवश्यक छ । राजनीतिमा पछिल्लो समय देखिएको गलत राजनीतिलाई चिरेर युवा अघि बढनु पर्छ । कांग्रेसका गगन, प्रदीप, विश्वप्रकाशजस्ता युवानेता, एमालेका योगेश, गोकर्ण, माओवादीका वर्षमान, लेखनाथजस्ता युवानेता जुरर्मुराउनु पर्छ । यो समयको माग पनि हो । युवा शक्ति भनेका परिवर्तनका संवाहक हुन्। समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन्। नागरिकको अबको एक मात्र सपना समृद्धि हो। समृद्ध भविष्यको सपना पूरा गर्ने जिम्मा युवाको काँधमा...
अध्यादेश मार्फत गरिएका नियुक्ती रोक्न माग गर्दै सर्वोच्चमा रिट
राजनीति, समाचार

अध्यादेश मार्फत गरिएका नियुक्ती रोक्न माग गर्दै सर्वोच्चमा रिट

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा गरेका नियुक्त रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । संवैधानिक परिषदको वैशाख २६ गतेको बैठकले विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् । उनले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्को सचिवालय र सभामुखलाई विपक्षी बनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २१ गते मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी थिइन् । उक्त अध्यादेश अनुसार वैशाख २६ गते संवैधानिक परिषदको बैठक बसेर लोक सेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । संवैधानिक...
खुकुलो बनाएर उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियाे
राजनीति, समाचार, समाज

खुकुलो बनाएर उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियाे

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। आइतबार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय गरेको हो। निषेधाज्ञा थपिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। वैशाख १६ गतेदेखि पटक पटक गरि लागु गरिएको निषेधाज्ञाको अवधि सोमबार रातिबाट सकिन लागेको बेला उपत्यकामा तीनै जिल्लाका प्रजिअहरुको बैठकले निषेधाज्ञा पुनः एक साता थप गरेको हो। अबको निषेधाज्ञामा केही परिमार्जन समेत भएको छ। संक्रमण दर कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ। अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन्। अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गरिनेछ। पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन्।...
यो देश बनाउन एउटा वीर र देशभक्त नेताको खांचो
राजनीति, समाचार

यो देश बनाउन एउटा वीर र देशभक्त नेताको खांचो

-डा.डिआर उपाध्याय, एमाले एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे आह्वानले केही दिन नेपाली राजनीतिमा नयाँ तरंग ल्यायो । यो तरंग अझै सेलाएको छैन । खासगरी २०७५ जेठ ३ भन्दा पहिलाको स्थितिमा पार्टीलाई पु¥याउनुपर्ने माधव नेपाल–झलनाथ खनाल पक्षको माग हो । अन्ततः यही आह्वानमार्फत अध्यक्ष ओलीले स्वीकारेका छन्। अब माधव पक्ष एकताका लागी गम्भिर हुने हो भने गाँठो फुकेको छ । पटक पटक भएका परिवर्तन पछि कुनै पनि सरकार पूरा कार्यकाल टिक्न सकेनन्। संविधानसँगै भएको पहिलो संसदीय निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्यायो। पछि दुई दल (नेकपा) एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो। त्यसबाट झन्डै दुईतिहाई बहुमतको सरकार बन्यो। पाँच वर्ष मुलुकले स्थिरता पाउँछ भन्नेमा आम नागरिक विश्वस्त थिए । तर, आन्तरिक र बाह्य चलखेलबाट स्थिरताको सपना पुरा हुन सकेन । पार्टीभित्रै विविध चलखेल भए । पार्टी फुट...
अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’
राजनीति, समाचार

अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’

सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो ।‘निषेधाज्ञा अहिले तत्काल हट्दैन, तर मोडालिटीमा परिवर्तन गरिन्छ, अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रहन्छ,’ गृह प्रवक्ता दाहालले सोमबार राजधानीसँग भने । गृह मन्त्रालयले यो शैली अवस्था हेरेर अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत गरिसकेको छ । जिल्लास्थित डीसीएमसीले जिल्लाको अवस्था हेरेर सोबारे निर्णय लिन सक्नेछन् । गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारीबाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको हो । यो शैलीअन्तर्गत निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ । व...
दलहरु नमिल्नाले समस्याहरु उत्पन्न भैरहेका छन
राजनीति, समाचार

दलहरु नमिल्नाले समस्याहरु उत्पन्न भैरहेका छन

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्नु भएको छ । महन्थ ठाकुर समूहको जनता समाजबादी पार्टी सरकारमा सहभागी भएको छ । के साँच्चै अब मुलुकले राजनीतिक निकास पाउने नै होत ? यति बेला गम्भिर प्रश्न उठेको छ । मन्त्रीपरिषद पुर्नगठन भए पनि अबको बाटो त्यति सहज छैन । सरकार सामु अवसर भन्दा चुनौति तेर्सिने निश्चित छ । पूर्व माओवादीका नेता राम बहादुर थापा लगायतका नेताहरु सरकार पुर्नगठन भएकोमा असन्तुष्टि पोखेका छन । नेकपा एमाले भित्रको माधव नेपाल र झलनाथ खनाल समूह ओली प्रति असन्तुष्टि छन । उनीहरुले बेग्लै बैठक बसि राजनीतिक गतिविधि गरिरहेका छन । तत्काल एमाले मिलेर जाने अवस्था देखिदैन । मन्त्रीपरिषद बिस्तार संगै बिवाद झन चुलिदै गएको छ । आज मुलुक सत्ता स्वार्थको राजनीतिमा अल्झिरहेको छ । जनताका समस्या समाधान गर्ने बाटोमा कसैको ध्यान पुगेको देखिदैन । आज आम नागरिक को...
यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं :डा.डी.आर.उपाध्याय
राजनीति, समाचार

यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं :डा.डी.आर.उपाध्याय

यति बेला हामी कोरोना भाइरसको महामारी र त्यसबाट उत्पन्न समस्याबाट गुर्जिरहेका छौ । अझै कति गुर्जिन पर्ने हो कुनै ठेगान छैन । मुलुकमा निषेधाज्ञा जारी भएको पनि महिनौं बितिसक्यो । घर देखी बाहिर निस्कन नपाउँदा सवैलाई दिग्दार र छटपटि लागेकै छ । के गर्ने यो एउटा बाध्यता हो । आज हामी बाध्यताका बीच गुर्जिरहेका छौं । बिहान बेलुकाको छाक टार्न समेत धेरैलाई धौ धौ भइरहेको छ । काम गर्न नपाए पछि पैसा आउँदैन , पैसा नआएपछि बिहान बेलुकाको छाक टार्न समस्या हुन्छ । यस्ता समस्या धेरैले भोग्दै पनि आएका छौं । दिन भरी काम गरेर बिहान बेलुकाको छाक टार्ने श्रमजीवि बर्गको त यति बेला झन बिजोक छ । राजनीतिक दल र तिनका नेताहरु आफनो दुनो सोझाउन ब्यस्त छन । उनीहरुलाई जनताको पिर मर्का बारे कुनै चासो छैन । यदि चासो हुन्थ्यो भने नागरिकको यो बिजोक हुने थिएन । संक्रमणबाट जोगिन हामी नागरिक घरभित्र थुनिएर बस्नु परेको छ। खुल्...
न्यायाधीशको निष्‍ठामाथि नै प्रश्न
राजनीति, समाचार

न्यायाधीशको निष्‍ठामाथि नै प्रश्न

देशमा आइपरेको संवैधानिक र राजनीतिक जटिलताको विषयबारे छिनोफानो गर्ने जिम्मेवारी सर्वोच्च अदालतको हो। हाल उत्पन्न संवैधानिक जटिलताको छिनोफानो गर्न सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा कानुन व्यवसायीले न्यायाधीशको निष्‍ठामाथि प्रश्न उठाउँदा अदालतको गरिमा र त्यसप्रतिको जनआस्था नै धुमिल हुने हो कि भन्ने चिन्ता बढेको छ।प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा राखिएका दुईजना न्यायाधीशका विषयमा प्रश्न उठेपछि अब के होला भन्ने अन्योल बढेको छ। यस्तो विवाद निम्त्याउने कारण अदालत आफैं भएको एक पूर्व न्यायाधीश बताउँछन्। विघटनको मुद्दा हेर्दाहेर्दैमा राखी आइतबार नै पेसी तोकिएकाले मंगलबार सुनुवाइ हुँदैछ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास तोकी शुक्रबारदेखि सुनुवाइ शु...