आधिकारिकता दावी गर्न जसपाको यादव पक्ष निर्वाचन आयोग जाने - राष्ट्रपत्र
मङ्लबार, कार्तिक ९, २०७८

आधिकारिकता दावी गर्न जसपाको यादव पक्ष निर्वाचन आयोग जाने


 जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्ष आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको छ ।

आज काठमाडौंमा बसेको यादव समूहको कार्यकारिणी बैठकले बहुमत सदस्यको नागरिकता लिएर आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।

पार्टीको विवाद हल गर्नका लागि आफूहरुको दिएको निवेदन पछि आयोगले कानूनको अर्कै प्रावधान अनुसार आउन सुझाव दिएको भन्दै आधिकारिताका बारेमा टुङ्गो लगाउन निर्वाचन आयोग जाने निर्णय गरिएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनले भने,‘आधिकारिता दाबी गर्न निर्वाचन आयोग जाने निर्णय भएको छ ।’ यादव समूहको बैठकले चुरे क्षेत्रबाट ढुंगा गीटी वालुवा निकासी गर्ने सरकारको निर्णयको समेत विरोध गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

आजको बैठकले बाढी पहिरो प्रभावितलाई राहत दिन समेत सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

‘बाढी पहिरो डुवानबाट प्रभावित जनताका लागि राहत र उद्धारमा खटिन पार्टीपङ्तिलाई निर्देशन दिइएको छ ।’ उनले भने ।

यादव समूहको बैठकले बाढी पहिरो डुवानलाई न्युनीकरण गर्न दीर्घकालीन योजना बनाउन सरकारसँग माग गरेको उनले जानकारी दिए ।

अध्यक्ष यादवले आजको बैठकले कसैलाई पनि कारबाही नगरेको जानकारी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *