मनोरन्जन

गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको ” प्रियतम” कोसेली सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको ” प्रियतम” कोसेली सार्वजनिक(भिडियो)

युवा पुस्ताको ढुकढुकी र सर्वाधिक मन पराएकी गायिका प्राश्ना शाक्य जसको स्वरमा जादु छ ।“बादल वर्षा बिजुली ” गीतले सबै दर्शक र श्रोताका मन जितेका जसका थुप्रै सुपरहिट गीतहरू आवाज देउ , गाउँले जीवन छन्। गायिका प्राश्ना शाक्यले आफ्ना फ्यानहरूलाई खुसी बनाउन ” प्रेम दिवस”को उपलक्ष्यमा ” प्रियतम” नामक म्युजिक भिडियो सार्वजनिक गरिन्। गायिका प्राश्ना शाक्य लाई नेपाली सांगीतिक क्षेत्रकी ” द नाईटिङल भइस” पनि भन्ने गरिन्छ। सानै उमेरदेखि नेपाली गीत संगीतमा रुचि राखिने उनले आफ्नो सांगीतिक कोसेली देश र विदेशमा थुप्रै स्टेज प्रोग्राममा गाइसकेकी छिन्। म्युजिक भिडियोमा मोडल सुदित र श्रीतिका को एकअर्काप्रतिको प्रेम समर्पण देखाइएको छ । निर्वाण केरुङ्गको शब्द र संगीत , उदयराज पौडेलको संगीत संयोजन किशोर थापाको मास्टर मिक्सिङ रहेको छ। गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन र निर्देशन आफै स्वयं लुः...
तृप्ति र राज सिग्देलको स्वरमा हरि उप्रेतीको सिर्जना ‘निदरी’(भिडियो)
मनोरन्जन, समाचार

तृप्ति र राज सिग्देलको स्वरमा हरि उप्रेतीको सिर्जना ‘निदरी’(भिडियो)

गायिका तृप्ति खड्का गुरुङको स्वर तथा सङ्गीतमा नयाँ गीत ‘निदरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली आधुनिक तथा सुगम सङ्गीतमा सक्रिय तृप्तिले यस गीतमार्फत फेरि एकपटक आफ्नै मौलिक सिर्जनात्मक पहिचान प्रस्तुत गर्नुभएको छ । गीतमा उहाँलाई चर्चित गायक राज सिग्देलले स्वरमा साथ दिनुभएको छ । ‘निदरी’ले मायाप्रेमको कोमल अनुभूति, वियोगको पीडा , जीवन र आदर्श बोकेको छ ।  शब्द, सङ्गीत र स्वरको संयोजनले श्रोतालाई भावुक बनाउने शैलीमा गीत तयार गरिएको छ । भिडियोमा मोडल विजय गुरुङ र सामिया कार्कीको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन स्वयं मोडल गुरुङ्गले गर्नुभएको हो, जसले उहाँको बहुआयामिक कलात्मक क्षमता उजागर गरेको छ । गीतका शब्द तथा रचना डा. हरि उप्रेतीको रहेको छ । अन्तर्राष्ट्रिय गीतकार संघ, अमेरिकाका अध्यक्ष तथा चर्चित गीतकार डा. हरि उप्रेती नेपाली गीत संगीत र साहित...
कला, साधना र सेवाको यात्रासहित महेश्वर सुनार चुनावी मैदानमा, चुनाव चिन्ह ‘आँखा’
मनोरन्जन, समाचार

कला, साधना र सेवाको यात्रासहित महेश्वर सुनार चुनावी मैदानमा, चुनाव चिन्ह ‘आँखा’

पोखरा/कास्की । नेपाली नृत्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, आध्यात्मिक साधक तथा सामाजिक अभियन्ता महेश्वर सुनार आगामी निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट समानुपातिक उम्मेदवार सिफारिस हुनुभएको छ। पार्टीले उहाँलाई बन्द सूचीको क्रम संख्या २ मा राख्दै प्राथमिकताका साथ अघि सारेको हो। पछिल्ला तीन दशकभन्दा बढी समयदेखि नेपाली नृत्य क्षेत्रमा सक्रिय सुनार सन् १९९९ मा भारतीय चर्चित रियालिटी शो ‘बुगी उगी’ का विजेता बनेर अन्तर्राष्ट्रिय स्तरमै नेपाली प्रतिभाको पहिचान स्थापित गर्न सफल हुनुभएको थियो। त्यसपछि नेपालमा प्रसारित लोकप्रिय टेलिभिजन कार्यक्रम ‘छमछमी’ को सिजन १ देखि ४ सम्म मुख्य निर्णायकको रूपमा रहेर नेपाली नृत्यलाई व्यावसायिक र संस्थागत दिशातर्फ डोर्‍याउन उहाँको योगदान उल्लेखनीय मानिन्छ। बज्रयोगिनी डान्स एण्ड म्यूजिक एकेडेमीका संस्थापक निर्देशक सुनारले ‘एसई...
महेश प्रसाईं को ‘लाग्छ सरमै’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

महेश प्रसाईं को ‘लाग्छ सरमै’ सार्वजनिक (भिडियो)

अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गर्नुभएको छ । उहाँको चर्चित गायिका रचना रिमालसँग स्वर दिएको ‘लाग्छ सरमै’ बोलको गीत दर्शक-श्रोतामाझ आएको हो । सिड्नीका नेपाली सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर प्रस्तुति दिँदै आउनुभएका म्याक्स बाबु कुशल परफर्मरका रूपमा समेत परिचित हुनुहुन्छ । सार्वजतिक गीत ‘लाग्छ सरमै’कै भिडियोमा नायिका गरिमा शर्मासँग उहाँले अभिनय गर्नुभएको छ । कला र सिर्जनशीलतालाई जीवन यात्रासँग जोड्दै आउनुभएका उहाँले यो सांगीतिक प्रस्तुतिले नेपाली गीत-संगीत क्षेत्र र नेपाली समुदायमा विशेषस्थान बनाउने विश्वास व्यक्त गर्नुभएको छ । https://youtu.be/u4EJM3Zj-D4 युवा अवस्थामा अष्ट्रेलिया पुग्नुभएका म्याक्स बाबुले सिड्नीमा आयोजना भएका सन् १९७४ एडीदेखि हालसम्मका विभिन्न सांगीतिक कार्यक्रममा नेप...
पं. डा. निशिको च्यारिटी कन्सर्टले मोहित बन्यो काठमाडौं
मनोरन्जन, समाचार

पं. डा. निशिको च्यारिटी कन्सर्टले मोहित बन्यो काठमाडौं

काठमाडौं, विश्वप्रसिद्ध तबला वादक पं. डा. निशिकान्त सोनवलकरको अगुवाईमा आयोजित ‘च्यारिटी म्यूजिक कन्सर्ट शो’ कार्यक्रम काठमाडौंको होटल टिबेट कन्फरेन्स रूममा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सन्तुरमा युवा कलाकार युवान तोडी, सितारमा इश्वरि खड्का, र तानपुरामा दिनेश खड्काले समागम गरिरहेका थिए। कार्यक्रममा करिब ७५ भन्दा बढी सहभागीहरू उपस्थित थिए। दर्शकहरूले पं. सोनवलकरद्वारा प्रस्तुत उत्तर भारतीय शास्त्रीय तबला एकल प्रस्तुतिको सजीव अनुभव लिएका थिए। उनी द्वारा प्रस्तुत १६ ताल टीन्तालमा आधारित तबला प्रस्तुतिले संगीतको माधुर्य प्रस्तुत गर्नुका साथै शास्त्रीय लय, ताल संरचना र रचनात्मकताका जटिल पक्षहरूलाई व्याख्या गर्दै व्याख्यान प्रस्तुति शैलीमा दर्शक सामु प्रस्ट पारेको थियो। तबलाको प्रस्तुति पश्चात्, जुगलबन्दी  कार्यक्रम भएको थियो, जहाँ युवान तोडीले सन्तुर प्रस्तुत गरे, उन...
चेतन राईको ‘मेरो देश नेपाल’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

चेतन राईको ‘मेरो देश नेपाल’ सार्वजनिक(भिडियो)

काठमाडौँ — नेपाली मौलिक संगीत, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मेरो देश नेपाल’ गीत तथा भिडियो सार्वजनिक गरिएको छ। विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा संगीतप्रेमी, साहित्यकार तथा कलाकारहरूको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्व उपसचिव तथा भाषा आयोगका  सदस्य एवम् साहित्यकार उषा हमाल रहनुभएको थियो। त्यसैगरी, किर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ कार्यक्रमका विशिष्ट अतिथि का रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल संगीत कल्याण कोषका अध्यक्ष, गायक तथा संगीतकार रमेश पाठक, राप्ति समाजकाअध्यक्ष, गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको विशेष उपस्थिति रहेको थियो। साथै, निर्देशक तथा कोरियोग्राफर कृष्ण रसालको पनि सहभागिता रहेको थियो। सार्वजनिक गरिएको गीतमा चेतन राई को स्वर तथा संगीत रहेको छ। गीतका शब्द राजाराम पौडेल...
‘मिस्टर एण्ड मिस लभिस’ को फाइनल भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस लभिस’ को फाइनल भव्य रुपमा सम्पन्न

काठमाडौँ — फेसन, प्रतिभा र व्यक्तित्वको संगमका रूपमा आयोजना गरिएको ‘मिस्टर एण्ड मिस लभिस फाइनल’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न उमेर समूहका प्रतिस्पर्धीहरूले उत्कृष्ट प्रस्तुति दिँदै आ–आफ्नो विधामा उपाधि हासिल गरेका छन्। प्रतियोगिताअन्तर्गत टिन गर्ल्स विधामा बेला महर्जन विजेता घोषित हुनुभएको छ। त्यसैगरी जुनियर गर्ल्स विधामा विक्टोरिया शाही ले प्रथम स्थान हासिल गर्न सफल हुनुभयो। बोयस विधातर्फ सन्दीप भण्डारी ले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि हात पार्नुभएको छ। यसैगरी, सिनियर गर्ल्स विधामा नाओमी कुमाल ले प्रथम उपविजेता (First Runner-up) को उपाधि प्राप्त गर्नुभएको छ भने जुनियर गर्ल्स विधामा प्राप्ति बास्तोला प्रथम उपविजेता घोषित हुनुभयो। त्यस्तै, सिनियर गर्ल्स विधामा सैना बराल दोस्रो उपविजेता (Second Runner-up) बन्न सफल हुनुभयो भने जुनियर गर्ल्स विध...
केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण
मनोरन्जन, समाचार

केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण

बेलायतमा बसोबास गर्दै युद्ध साहित्यमार्फत आफ्नो पहिचान बनाउनुभएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ । मिलाप पब्लिकेशनको आयोजनामा तथा अनेसास दर्पणको संयोजनमा आइतबार ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित विशेष कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त कृतिको लोकार्पण गरिएको थियो। कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मिलाप मासिक कार्यकारी सम्पादक गीता अधिकारीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले हल्लाखल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरूको अस्तित्व दीर्घकालीन नहुने उल्लेख गर्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा निरन्तर लागिरहने स्रष्टाहरूको सुदूर गन्तव्य सुनिश्चित ह...
हिन्दु पहिचान र संस्कृतिको संवर्द्धनमा जुट्दै विश्व हिन्दु युवा कलाकार संघ
मनोरन्जन, समाचार

हिन्दु पहिचान र संस्कृतिको संवर्द्धनमा जुट्दै विश्व हिन्दु युवा कलाकार संघ

विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको कार्य समिति गठन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कलाकार तथा निर्देशक शिवन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार एवं चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का प्रमुख अतिथि रहनुभएको थियो। साथै विश्व हिन्दु युवा संघ-राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ऋषीकेशजंग शाहको विशेष आतिथ्यता थियो । उक्त अवसरमा शिवन पोखरेलको अध्यक्षतामा विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको नयाँ कार्य समिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा गोपाल ढकाल (छन्दे), महिला उपाध्यक्षमा पुजन काफ्ले, महासचिवमा पवन केसी, सचिवमा पवित्रा आचार्य चयन हुनुभएको छ । सह-कोषाध्यक्षमा पुष्कर धनुके, प्रवक्तामा देबेन्द्र शाही तथा प्रेस संयोजकमा पत्रकार प्रकाश बराइली ‘अभिव्यक्ति’ चयन हुन...
‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा
मनोरन्जन, समाचार

‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा

काठमाडौं । ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन कार्यक्रम गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो । नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठको प्रमुख आतिथ्यता र एभरेट नेपाल कल्चर ग्रुपका अध्यक्ष आरसी कोइरालाको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा निर्देशक शम्भु शाही, सुनिल गिरी, कृष्ण रसाल, रमेश बुढाथोकी, अजय विष्ट, सरोज श्रेष्ठ, रिषिकेश श्रेष्ठ, रमेश पाठक, शिला गजुरेललगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै बुद्ध लामा, सन्देश लामा, अभि लामालगायतको सक्रिय उपस्थिति रहेको थियो । आयोजक संस्था नेपाल लोक नृत्य सेन्टरका अध्यक्ष केशव कोइरालाले प्रतियोगिताको विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । कोइरालाका अनुसार प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ ।...