मनोरन्जन Archives - Page 35 of 38 - राष्ट्रपत्र
मङ्लबार, माघ ४, २०७८

मनोरन्जन

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जिन्दगीका अनेक’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जिन्दगीका अनेक’ सार्वजनिक (भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जिन्दगीका अनेक…’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । https://youtu.be/eWsWmKxGmZQ ‘जिन्दगीका अनेक रुपरङ् समेट्दैहरमन मुटुमा बेग्लै तरङ्ग छेड्दै…’ सार्वजनिक गीतमा नेपालमा प्रकाशित धेरै भन्दा धेरै उपन्यासको नाम लिइएको छ । डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमानी कायम गर्न सफल भएको थियो । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स...
लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको नयाँ गीत ‘यो तिहारमा’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको नयाँ गीत ‘यो तिहारमा’ सार्वजनिक (भिडियो)

लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको स्वरमा रहेको नयाँ तिहार गीत सार्वजनिक गरिएको छ । विशेषगरी तिहार पर्वलाई लक्षित गरी निर्माण गरिएको ‘यो तिहारमा’ बोलको गीत तथा गीतको भिडियो गायक रामचन्द्रकै लगानीमा निर्माण गरिएको छ । भिडियो गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा रामकुमार बगरको शब्द रहेको छ भने संगीत रामचन्द्र काफ्लेकै छ । नेपसिने फिल्म स्टुडियोले निर्माण गरेको भिडियोमा पल्पसा डंगोल, वसन्त अधिकारी, सुधीर श्रेष्ठ, चक्र बम, गरिमा श्रेष्ठ, रुविना अधिकारी, अस्मिता पन्तलगायतको अभिनय छ । विधान कार्कीले निर्देशन गरेको उक्त भिडियो उत्सव दाहालको टिमले खिचेको हो । श्याम लामाको मेकअप रहेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् । यस वर्षको तिहारमा बाहिर देउसी भैलो खेल्ने माहौल नरहेकाले घरमै परिवारसँग रमाइलो गर्न ‘यो तिहारमा’ गीत विशेष बन्ने गायक काफ्ल...
बलिउडका नायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

बलिउडका नायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता

बलिउडका महानायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता भएको छ । अमिताभ बच्चनले संचालन गर्दै आएको टेलिभिजन शो कौन बनेगा करोडपतिका कारण अमिताभसहित केबीसीको निर्माण टिमविरुद्ध मुद्दा दर्ता भएको हो । लखनउमा दर्ता भएको केसमा अमिताभ र केबीसीका निर्माताविरुद्ध हिन्दुहरुको भावनामा ठेस पुर्याएको आरोप लगाइएको छ । बिहीबार राती प्रशासन भएको कर्मवीर विशेष भागमा अमिताभ बच्चनले सोधेका थिए ‘२५ डिसेम्बर १९२७ मा डा. भीमराव अम्बेडकर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएका थिए ?’ यसको जवाफको लागि ४ विकल्पहरु विष्णु पुराण, भागवत गीता, ऋग्वेद र मनुस्मृति थिए । यो प्रश्नको जवाफका विकल्पहरुमा सबै हिन्दू धर्मग्रन्ध मात्र भएपछि अमिताभ बच्चन विवादमा परेका हुन् । हिन्दू धर्मका मात्र ग्रन्थको विकल्प दिएर हिन्दूहरुको भावनामा चोट पुर्याएको आरोपसहित उजुरी दर्ता भएको हो । सबै हिन्दू धर्मका ग्रन्थहरुको मात्रै वि...
‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

अठार वर्षभन्दा मुनिका युवा समूहको अथक प्रयास र मेहनत पश्चात ‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  चाखलाग्दो कुरा के भने ‘सम्हाल मलाई’मा गीत रेकर्डिङ, म्युजिक एरेन्जमेन्टदेखि लिएर म्युजिक भिडियो निर्माणसम्मका सम्पूर्ण कार्यमा १८ वर्ष मुनिका युवाहरुको मात्र संलग्नता रहेको छ।  अबिरल भुजेलको शव्द र स्वर  रहेको ‘सम्हाल मलाई’ बोलको गीतमा ज्योति श्रेष्ठ (स्टोरनटर) र संजिव तामाङ(एसएनजीभी) ले संगीत भरेका छन् । पछिल्ला दिनमा लिरिकल भिडियोलाई सर्वाधिक रुचाईएकाले क्लास एक्स प्रेजेन्टेसनसंगको सहकार्यमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको जनाईएको छ।  शायुज पोखरेल र आयुष्मान मगर(मिस्टर जिएम)ले निर्देशन तथा छायांकन गरेको यस म्युजिक भिडियोमा अबिरल भुजेल र शिल्पा थापा्को अभिनय रहेको छ । भिडियो— https://youtu.be/vgM5Bjskn9c ...
गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो’ सार्वजनिक(भिडियो)

गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक भएको छ । किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । सञ्चारकर्मी समेत रहनुभएका रावलको सार्वजनिक गीतमा रुपक डोटेल र शसिका राईको स्वर रहेको छ । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ । भिडियोमा बालपनका कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतको भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ । गीतकार रावलले ‘भुल्यौं कि मायाले…’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक गर्नुभएको हो । https://youtu.be/s2MkL_1X3V0 गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल रावल र निकिशा ब...
निर्देशक किशोर चौधरीले संचालनमा ल्याए चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्ष
मनोरन्जन, समाचार

निर्देशक किशोर चौधरीले संचालनमा ल्याए चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्ष

अब चितवनमा पनि राष्ट्रिय स्तरको चलचित्र सम्पादन कक्ष नेपाली चलचित्र निर्माता निर्देशक किशोर चौधरिले चितवनको टाडिमा राष्ट्रिय स्तरको सम्पादन कक्ष शुरु गरेका छन। कार्तिक कोजागरत पुर्णिमाको शुभ साईत मौका छोपी सो सम्पादन कक्षको सम्पादक मित्र डि गुरुङले रिवन काटी आज एक समारोह बिच उदघाटन गरेका थिए। चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्षको कमि महशुस गरि यो सम्पादन कक्षको स्थापना गरियको को कुरा निर्देशक किशोर चौधरिले जानकारी दिनु भयो वहाँले अब चलचित्र कर्मिहरु चितवन आउदा काठमाडौंको जस्तै सेवा सुबिधा उपलब्ध हुने कुरा पनि जानकारी दिनु भयो। ...
गायिका दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ सार्वजनिक(भिडियो)

काठमाडौं, १४ कार्तिक - गायिका दिपा तामाङ्गको नयाँ गित 'फेसबुकमा फोटो छ' बोलको गित सार्वजनिक भएको छ । गितमा गायिका दिपा तामाङ्ग र गायक प्रियजन राईको सुमधुर स्वर रहेको छ । पुर्वेली लोक भाकामा आधारित रहेको गितले प्रेममा बिछोडको भावना झल्काईएको पाईन्छ । लब्ली तुलसीको शब्द लेखन रहेको सो गितमा गायक प्रियजन राईले नै संगित भरेका छन् । गित निकै नै मिठो र मार्मिक भावनामा आधारित रहेर बनेको गायिका दिपा तामाङ्गले बताईन् । गितको एरेन्ज भने सुमन राईले गरेका छन् । https://www.youtube.com/watch?v=p5PTJzkkGNk&feature=youtu.be&fbclid=IwAR021M7_FJpJzoD3-iTKgJ7hPZVt2qZeXAL2z_4I99RmHf31GQYya4fPklU भिडियोे सुवास कुथुमी राईले रेकर्ड गरेका हुन भने मिक्सिङ र मास्टरिङ्ग गोबिन्द सोनीले गरेका हुन । त्यस्तै भिडियोको छायांकन र एडिटिङ जनकराज अधिकारीले गरेका हुन ।दिपा छोटो समयमै निकै चर्चा कमाउन सफल गायि...
नेहा कक्करले गरिन रोहन प्रितसंग बिहे
मनोरन्जन, समाचार

नेहा कक्करले गरिन रोहन प्रितसंग बिहे

बलिउडकी चर्चित लोकप्रिय गायिका नेहा कक्कर गायक रोहन प्रितसंग विवाह बन्धनमा बाधिँएकी छिन् । विवाहका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए । केही समयदेखि नेहा र रोहनको विवाहको कुरा गीतको प्रचारको लागि मात्र भएको भारतीय मिडियाले बताउँदै आएको थियो तर नेहाले नै सामाजिक सञ्जालमा रोहनसँगको प्रेमको तस्बिर सार्वजनिक गरेपछि बैवाहिक बन्धनमा बाधिने कुरा प्रस्ट भएको थियो । उनीहरुले दिल्लीस्थित गुरुद्वारामा विवाह गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहमा दुवैका पारिवारिक सदस्य र नजिकका साथीहरु उपस्थित रहेको बताइएको छ । एक दिन अघिमात्र नेहाको हल्दी र मेहेन्दीको कार्यक्रम आयोजना भएको थियो । नेहा र उनको आफन्तले सामाजिक संजालमा उनको मेहेन्दी कार्यक्रमका तस्वीर पनि शेयर गरेका छन् । बलिउडका थुप्रै हिट गीत दिएकी नेहाको बिहेलाई भव्य बनाउन उनको परिवारले कुनै कसर बाँकी ...
गायक सरोज कोइराला र अन्जुको स्वर तथा श्रीदेव भट्टराई अभिनित  “माया केवल माया”सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक सरोज कोइराला र अन्जुको स्वर तथा श्रीदेव भट्टराई अभिनित “माया केवल माया”सार्वजनिक(भिडियो)

श्रीदेव र ममताको "माया केवल माया" श्रीदेव भट्टराई अभिनित रोमान्टिक लभ सङ "माया केवल माया" सार्वजनिक भएको छ । ममता चापागाईँले श्रीदेवलाई साथ दिएकी छिन् । यो ममताको ड्ब्यु भिडियो हो । श्रीदेवले भने न्यु जेनेरन, शुकुलगुन्डा, विरानो माया जस्ता आधा दर्जनभन्दा बढी चलचित्र र किन आउँछ याद तिम्रो, वैगुनी रैछौ मायालु, धेरै माया जस्ता दर्जनौँ म्युजिक भिडियोमा काम गरिसकेका छन् । भिडियोमा गीतकारका रुपमा नाम कमाएका लोकराज अधिकारीले पनि विशेष भूमिका निर्वाह गरेका छन् । https://www.youtube.com/watch?v=tYuyMLz2xzQ&fbclid= पुष्पा खनालको शब्द र सरोज कोइरालाको संगीत रहेको "माया केवल माया" मा सरोज कोइराला र अन्जु पन्तको स्वर रहेको छ । यो मेल भर्सन हो । अन्जु पन्तको लिड भोकल र सरोज कोइरालाको साथ रहेको फिमेल भर्सन भने पछि सार्वजनिक गरिने गीतकार पुष्पा खनालले बताइन । आफ्नो जन्मदिनको अवसर पारेर...
वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको ‘एकतर्फी माया’लाई उनकी सुपुत्री सरनाको स्वर तथा निर्देशन (भिडियो)
मनोरन्जन, समाचार

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको ‘एकतर्फी माया’लाई उनकी सुपुत्री सरनाको स्वर तथा निर्देशन (भिडियो)

लोकप्रिय बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शव्द रचना तथा उनकी सुपुत्री गायिका सराना श्रेष्ठको स्वर रहेको नयां गीत ‘एक तर्फी माया’मा कहिले काही कसैको जीवनमा हुन सक्ने एक तर्फी प्रेमको विषयलाई गीत र भिडियो मार्फत अत्यन्तै आकर्षक ढंगले प्रस्तुत गरिएको छ । हिन्दुहरुको महान चाड दशैंको घटस्थापना अवसर पारेर विषम परिस्थितीका बावजुद दर्शक श्रोताका लागी सांगितीक मनोरन्जन प्रदान गर्ने उद्देश्यले सार्वजनिक गरिएको गीतलाई निकै मनपराईएको छ । ‘ककाकी प्रडक्सन’को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई धेरैले रुचाएका छन । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको गीतको तयारी भिडियोको कन्सेप्ट तथा निर्देशन समेत स्वयं गायिका सरना श्रेष्ठले गरेकी हुन । रुपम सिंह गुरुङ्गको ऐरेन्ज रहेको गीतमा एक तर्फी गरिने मायाको विषयलाई उत्कृष्ट शव्दबाट वर्णन गरिएको छ ।कसैको जीवनमा माया प्रेम एकतर्फी पनि हुन...