अर्थ/व्यापार

मनकामना केवलकार मंसिर २८ गतेबाट सञ्चालन हुने
अर्थ/व्यापार, समाचार

मनकामना केवलकार मंसिर २८ गतेबाट सञ्चालन हुने

कोरोना भाइरसको महामारीका कारण बन्द रहेको मनकामना केवलकार मंसिर २८ गतेबाट सञ्चालन हुने भएको छ। मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर केवलकार सञ्चालन गर्ने निर्णय गरेको हो। साथै २८ गतेबाट मनकामना मन्दिरमा पूजाआजा पनि सुरु गर्ने समितले जनाएको छ। मन्दिरमा पूजाआजा सुरु गरिए पनि पञ्चवली, लाखबत्ती बाल्ने लगायतका कार्य भने तत्काल सुरु हुने छैनन्।...
जग्गाको कित्ताकाट नगर्न सर्वोच्चको आदेश
अर्थ/व्यापार, समाचार

जग्गाको कित्ताकाट नगर्न सर्वोच्चको आदेश

सरकारले गरेको जग्गाको कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नाममा अन्तिरम फैसला गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारी,सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको इजलासले मंगलबार निवेदकको माग दाबी अनुसार फैसला गरेको हो । यसअघि असोज ८ गते सर्वोच्चले कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न भूमि व्यवस्था मन्त्रालयलाई अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।...
नेपाल महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रम सम्पन्न
अर्थ/व्यापार, समाचार

नेपाल महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रम सम्पन्न

ललितपुर, १९ मंसिर – नेपाल महिला चेम्बरले क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रमको आयोजना गरेको छ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा शुक्रबार आयोजित सो वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताका रुपमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ र चिकित्सा वैज्ञानिक डा. दिग्विजय राजा महतले प्रस्तुती दिएका थिए । महिला चेम्बरकी सदस्य सोनी जोशीले वक्ता डा. सुदिप श्रेष्ठको व्यक्तित्व बारे चर्चा गर्दै चिकित्सा विज्ञान अन्तर्गत क्यान्सर उपचारको क्षेत्रमा उनको पृथक पहिचान रहेको भन्दै उनको विज्ञता, अनुभव र आवद्धता सम्बन्धमा प्रकाश पारेकी थिईन । वेमिनार कार्यक्रम माझ आफ्नो प्रस्तुती दिने क्रममा नेपाल ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष समेत रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले कोरोना महामारी शुरु भएका केही साता क्य...
डिम्याट खाता खोल्नेको संख्या बढ्यो, २२ लाखभन्दा बढी पुग्यो डिम्याट खाता
अर्थ/व्यापार, समाचार

डिम्याट खाता खोल्नेको संख्या बढ्यो, २२ लाखभन्दा बढी पुग्यो डिम्याट खाता

पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको छ । सिडीएस क्लियरिङ लिमिटेडका अनुसार शुक्रवारसम्म २२ लाख ११ हजार ९७ डिम्याट खाता पुगेको छ । पछिल्लो सयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ जारी भइराखेकाले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो । देशभरीमा ७६ ओटा डिपी कम्पनी र ६४ ओटा बैंक तथा वित्तीय संस्थाहरु सि (आस्वामा दर्ता भएकाले तीनका शाखा कार्यालयहरुबाट डिम्याट खाता खोल्ने र केही डिपीले अनलाइनबाटै डिम्याट खाता खोल्ने सुविधा ल्याएकाले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो । असोज २६ गतेसम्म डिम्याट खाताको संख्या २० लाख ७३ हजार १६८ रहेको थियो भने कात्तिकमा मात्रै त्यो बढेर आजसम्म १ लाख ३७ हजार ९२९ थपिएको छ । केहि वर्षदेखि प्रत्येक आवेदकलाई सार्वजनिक निष्कासनमा अनिवार्य रुपमा १० कित्ता शेयर दिनुपर्ने व्यवस्था भएपछि पनि डिम्याट खाता खोल्नेहरुको संख्या बढेको ह...
सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने
अर्थ/व्यापार, समाचार

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने

सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्दै आएका योगदानकर्ताले आफ्नो वित्तीय आवश्यकता पूरा गर्न विभिन्न शीर्षकमा कर्जा प्राप्त गर्ने भएका छन् । सरकारले कोषमा जम्मा भएको रकम लगानी गर्नेसम्बन्धी ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७’ स्वीकृत गरेसँगै श्रमिकले कोषमा योगदान गरेको रकमका आधारमा सापटी पाउने बाटो पनि खुल्ला भएको छ । यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको थियो । योगदानकर्ता सापटीअन्तर्गत योगदान रकमको आधारमा योगदानकर्ता विशेष सापटी, आवास निर्माणका निम्ति योगदानकर्ता घर सापटी, मानव पूँजी निर्माणमा सहयोग पु¥याउने हेतुले योगदानकर्ता शैक्षिक सापटी तथा श्रमिकको भैपरी आउने कार्यलाई सुविधा प्रदान गर्न योगदानकर्ता सामाजिक कार्य सापटी योगदानकर्ताले प्राप्त गर्नसक्ने कोषले जनाएको छ । परियोजना कर्जाअन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सहवित्तीयकरण कर...
कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै गर्न बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन
अर्थ/व्यापार, समाचार

कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै गर्न बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन

 बीमा समितिलाई कोरोना बीमा रकम ३ दिनभित्रै भुक्तानी दिन अर्थ मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले भेरीफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन ३ दिनभित्रै सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएको हो । कोरोना बीमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो । हाल कुनकुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन अर्थमन्त्रालयद्वारा जारी पत्रमा भनेको छ । पत्रमा भनिएको छ ‘कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्...
राष्ट्र बैंकद्वारा ६६ अर्ब बराबरको पुनर्कर्जा स्वीकृत
अर्थ/व्यापार, समाचार

राष्ट्र बैंकद्वारा ६६ अर्ब बराबरको पुनर्कर्जा स्वीकृत

नेपाल राष्ट्र बैंकले मंसिर १७ गतेसम्ममा ६६ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरिसकेको छ। कोभिड-१९ का कारण उद्योगी व्यवसायीको उद्योगधन्दा समस्यामा परेको भन्दै गत साउनमा मौद्रिक नीतिमार्फत् पुनर्कर्जा दिने नीति ल्याइएको थियो। सोहीअनुसार राष्ट्र बैंकले असोज मसान्तसम्मको म्याद राखेर पुनर्कर्जा लिन चाहनेहरूको लागि आवेदन दिन आग्रह गरेको थियो। राष्ट्र बैंकले तोकेको मितिभित्र ६९ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जाका लागि आवेदन परेको थियो। सो मध्ये राष्ट्र बैंकले ६६ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको जनाएको हो। बिहीबार मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साउन ६ गते जारी गरेको पुनर्कर्जा कार्यविधि अनुसार नै कर्जा स्वीकृति गरेको दाबी गरे । कार्यविधिअनुसार कोरोनाबाट प्रभावित निजी क्षेत्रलाई अतिप्रभावित, प्रभावित र सामान्य प...
अर्को साताबाट काठमाडौँ-दिल्ली उडानका लागि अनुमति दिने तयारी
अर्थ/व्यापार, समाचार

अर्को साताबाट काठमाडौँ-दिल्ली उडानका लागि अनुमति दिने तयारी

कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने राससलाई जानकारी दिए। उनले भने,“उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ, यो सब गरी बढीमा दश दिनजति समय लाग्छ उडान शुरु हुन ।” सहसचिव लामिछानेका अनुसार शुरुआती चरणमा काठमाडौँ–दिल्ली दुई उडान मात्रै हुनेछन् । एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान...
महासंघ निर्वाचन पछि हामी : सुबोध कुमार गुप्ता
अर्थ/व्यापार, समाचार

महासंघ निर्वाचन पछि हामी : सुबोध कुमार गुप्ता

सर्वप्रथम, मलाई अमुल्य मत दिई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा मतदाता साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो म प्रतिको विश्वास हो भन्ने मेरो बुझाई छ । साथै आफ्नो प्रतिनिधी मान्दै महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा आभार प्रकट गर्न चाहन्छु । मलाई योग्य ठानी आफ्नो तर्फबाट मत जायर गर्नुहुने तमाम मतदाता साथीहरु प्रति म अनुग्रहित छु । तपाईंहरुले दिनु भएको मतको कदर गर्दै समग्र निजी क्षेत्रको साँखलाई उचो पार्दै अघि बढने प्रण गर्दछु । अग्रज एवम् समकक्षी साथीहरुको राय, सुझाव र सल्लाहलाई आत्मसात गर्दै आफ्नो विवेक र क्षमताले भ्याएसम्म निजी क्षेत्रको समस्याहरुलाई हल गर्न सकृय भएर लाग्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । यहाँहरुको आत्मियपना र रचनात्मक साथ सहयोगको अपेक्षा मेरो कार्यकाल भरि रहिरहनेछ । मुख्य कुरा यहाँहरुलाई मैले निराश बनाउने छैन भन्...
तीन गैरआवासिय नेपालीबाट चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको सहयोग
अर्थ/व्यापार, समाचार

तीन गैरआवासिय नेपालीबाट चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको सहयोग

गोरखा, १५ मंसिर- गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लीचोक स्थित भद्रकाली मा.वि. र थुम्का प्रा.वि. का १ सय ३८ जना चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खाजा सहयोग गरिएको छ । भद्रकाली मा.वि. का ५० जना, थुम्का प्रा.वि. का ८८ जना चेपाङ विद्यार्थीलाई कापी, कलम, ज्यामिती बक्स, बिस्कुट लगायतका सामग्रीहरु सहयोग गरिएको हो । काठमाडौं महानगर -३, महाराजगन्ज, मनिकुल टोल घर भई विगत लामो समयदेखि ताइपेइ ताइवानमा बस्दै आएका रोहित श्रेष्ठ, आरुघाट गाउँपालिका वडा नं. ५ अल्काटार स्थायी घर भई हाल हङ्गकङ्गमा बस्दै आएका आकाश बञ्जारा र गण्डकी गाउँपालिका वडा नं. ५ दर्बुङ घर भई हाल जापानमा रहेका बिराट बाबु खनालले सो सहयोग उपलब्ध गराएका हुन । ताइपेइ ताइवान निवासी रोहित श्रेष्ठले सो सामग्री सहयोग गर्नको लागि रु. १ लाख रुपैया तथा आकाश बञ्जारा तथा बिराट बाबु खनालले रु. ५० हजार रुपै...