उद्धार, सफाइ र नेतृत्व : हिमालमा समर्पित मिङ्मा ग्याबु शेर्पा
काठमाडौँ । मिङ्मा ग्याबु शेर्पा हिमाल चढ्न थालेको डेढ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा उनले हिमाल मात्रै चढेका छैनन, सयौँ नेपाली र विदेशीलाई हिमालका चुचुरोमा पु¥याएका छन् । हिमालमा अलपत्र परेका सयौँको उद्धार गरेका छन् । त्यति मात्रै होइन, हिमाललाई जलवायु परिवर्तनबाट बचाउन कैयौँ पटक हिमाल सफा गरेका छन् ।तर पछिल्लो समय हिमालमा काम गर्ने जनशक्ति घट्दै गएको उनले देखेका छन् । जलवायु परिवर्तनको असरले हिमाल पगाल्दै जाँदाको असर महसुस गरेका छन् । हिमालमा अलपत्र परेका आरोहीहरुको उद्धारका क्रममा देखिएका समस्या पनि भोगेका छन् । नेपालको पर्यटनको प्रमुख आधार हिमालप्रति भइरहेको वेवास्ता र यसले निम्त्याएको समस्या समाधानमा सक्रिय शेर्पा यतिबेला नेतृत्व तहमा पुगेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।यसअघि नेपाल पर्वतारोहण संघमा कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका मिङ्मा यही भदौ ७ गते हुन लागेको संघको कार्यस...










