छात्रवृत्तिमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै भारतको पण्डित दिनदयाल विश्वविद्यालय
भारतको गुजरातमा रहेको पण्डित दिनदयाल इनर्जी युनिभर्सिटिले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने जनाएको छ।
विश्वविद्यालयले नेपालबाट स्नातक तहमा इन्जिनियरिङ, आईटी र व्यवस्थापन तर्फका विषय अध्ययन गर्न आउने विद्यार्थीलाई शिक्षणशुल्कमा ७० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो।
एक सय एकर क्षेत्रफलमा फैलिएको विश्वविद्यालयले इन्जिनियरिङ र व्यवस्थापन तर्फ स्नातक तहमा चार वर्षीय कोर्स सञ्चालन गर्दै आएको छ भने स्नातकोत्तर र पीएचडीसम्मको अध्यापन हुँन्छ। यो भारतको नेशनल इन्सटिच्युसनल र्याङ्कीङ फ्रेमवर्क (NIRF) Rank मा परेको विश्वविद्यालय हो। यसले NAAC A++ एक्रिडेसन प्राप्त गरेको छ।
सन् २००७ अप्रिलमा एक निजी विश्वविद्यालयको रूपमा स्थापना भएको यस विश्वविद्यालयले विज्ञान, प्रविधि, व्यवस्थापन र मानविकी क्षेत्रहरूमा प्रशिक्षित मानव संसाधन...










