वरिष्ठ गायक आनन्द कार्कीको ‘कर र करार ‘(भिडियो) - राष्ट्रपत्र
बुधबार, मंसिर २०, २०८०

वरिष्ठ गायक आनन्द कार्कीको ‘कर र करार ‘(भिडियो)


सदावहार वरिष्ठ गायक आनन्द कार्कीको स्वरमा गीतकार कल्याण श्रेष्ठको शव्द तथा वरिष्ठ संगीतकार शक्ति वल्लभको संगीतमा ‘ कर र करार ‘ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौँको लबिम मलमा आयोजित भव्य कार्यक्रमकाबीच गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो । देशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गरिएको कार्यक्रममा अत्यन्त राम्रो प्रतिक्रिया आएको थियो ।

गीतको अडियोतर्फ निरज श्रेष्ठका संगीत संयोजन , भोला पौडेलको मिक्सिङ मास्टरिङ रहेको छ भने भिडियोतर्फ गायक स्वयम आनन्द कार्की, उषा उप्रेती, बिशाल बिष्ट, सोनिया राई ,सरस्वती तामाङको अभिनय , माही सिंहको श्रृङ्गार , रोमा लामाको कोरियोग्राफी , बुद्ध थापाको छायाँकन , उषा मलाहा ‘ सिमरन ‘को सहायक निर्देशन तथा राज कुमारको सम्पादन र निर्देशन रहेको छ । नृत्य र कथावस्तुलार्ई समेत ध्यानमा राखेर बनाईएको गीतको भिडियो आनन्द कार्की अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *