Author: admin

सत्यकलालाई भारतमा उत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड
मनोरन्जन, समाचार

सत्यकलालाई भारतमा उत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड

मोडल तथा ईभेन्ट डाईरेक्टर सत्यकला तामाङ्ग लामालाई भारतमा यो वर्षको सर्वोत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड प्रदान गरिएको छ । भारतको पटनास्थित भव्य हल सांग्रिला प्यालेसमा आयोजित ग्लोबल स्टार अवार्डमा आयोजित समारोहमा अभिनेत्री समेत रहेकी लामालाई उक्त अवार्ड बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन,आयोजक समिति अध्यक्ष डा.शिखा नरुला,मिसेस ईण्डिया प्रतिभा प्रसादको हातबाट उक्त अवार्ड प्रदान गरिएको थियो । लामो समयदेखि नेपाली मनोरन्जन क्षेत्रमा सक्रिय एवं थुप्रै म्यूजिक भिडियोको मोडल समेत रहेकी लामालाई देश तथा विदेशमा उत्कृष्ट ईभेन्ट आयोजना गरि सफल ईभेन्ट डिरेक्टरको रुपमा ख्याती कमाएकाले उक्त अवार्ड प्रदान गरिएको आयोजक समिति अध्यक्ष डा.शिखाले जानकारी दिईन । तामाङ्ग चलचित्रकी लोकप्रिय नायिका सत्यकला एक सफल खेलाडी समेत हुन ।भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको ज...
महिला चेम्बरकी अध्यक्ष श्रेष्ठलाई भारतमा उत्कृष्ट महिला उद्यमीको अवार्ड
अर्थ/व्यापार, समाचार

महिला चेम्बरकी अध्यक्ष श्रेष्ठलाई भारतमा उत्कृष्ट महिला उद्यमीको अवार्ड

साल्ट ट्रेडिङ्ग कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ भारतको पटनामा ग्लोबल स्टार अवार्डबाट सम्मानित भएकी छिन । चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी श्रेष्ठले नेपालमा लामो समयदेखि एक सफल महिला उद्यमीको रुपमा देश तथा विदेशमा आफ्नो छवि उच्च बनाएको तथा नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिए बापत उनलाई यो बर्षको उत्कृष्ट अन्तराष्ट्रिय महिला उद्यमीको अवार्डबाट सम्मानित गरिएको आयोजक समितिका प्रमुख डा.शिखा नरुलाले जानकारी दिईन । भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस भारत प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले श्रेष्ठलाई नेपालका लागि यो वर्षको उत्कृष्ट महिला उद्यमीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।विहारका शिक्षा तथा प्रविधि मन्त्री...
इन्डेक्स एक्स्चेन्ज यूएईको नेपाली लक्षित विशेष योजना सार्वजनिक
अर्थ/व्यापार, समाचार

इन्डेक्स एक्स्चेन्ज यूएईको नेपाली लक्षित विशेष योजना सार्वजनिक

काठमाडौं । इन्डेक्स एक्स्चेन्ज यूएईले नेपाली ग्राहकहरूलाई लक्षित गरि विशेष योजना ल्याएको छ । यूएईमा रहेको विभिन्न एक्स्चेन्जहरू मध्ये अग्र स्थानमा रहेको एक्स्चेन्जले नेपाली गा्रहकहरूको लागि छुट्टै योजना ल्याएको हो । एक्स्चेन्जले हरेक बर्षहरूमा जस्तै यस वर्षपनि ‘वीन अ मिलियन’ को तेस्रो संस्करण लिएर आएको छ। जस अन्तर्गत यूएईमा रहेका नेपालीहरूले इन्डेक्स एक्स्चेन्जबाट नेपाल पैसा पठाउदा लक्की ड्र मार्फत नगद १० लाख रूपैयाँ जित्ने छन । साथै प्रत्येक लक्की ड्र मार्फत २५ जनालाई नेपाल जाने हवाई टिकट उपाहार जित्न सक्ने सिद्धार्थ बैकका यूएईस्थित बिप्रेशण विभाग प्रमुख नविन पौडेलले जानकारी दिए । इन्डेक्स एक्स्चेन्ज यूएईले पछिल्ला वर्षहरूमा पनि नेपाली समुदायहरूलाई लक्षित गरि ल्याइएका योजनाहरुमा धेरै नेपालीहरू लाभान्वित भएका थिए। एक्स्चेन्जले केही समय अधि ल्याएको योजना अन्तर्गत रुपन्देहीका नुरुद्दीन...
नेपाल भाषाको कालजयी गीत ‘राजमती ‘अब नेपाली भर्सनमा(भिडियो)
मनोरन्जन, समाचार

नेपाल भाषाको कालजयी गीत ‘राजमती ‘अब नेपाली भर्सनमा(भिडियो)

काठमाडौ । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत ‘राजमती ‘को नेपालीभाषामा पनि पुन लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रम बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘राजमती ‘गीतको नेपाली भर्सन सार्वजनिक गर्नु भएको छ । नेपालको पहिलो गायक सेतुराम प्रधानले बिस १९६५ ताका भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका राजमती सहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए । नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो । https://www.youtube.com/watch?v=S33t7Fv9R5E गएको दुई स...
पुजन काफ्लेको तीज गीत “हे आमा भन्न मिलेन” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

पुजन काफ्लेको तीज गीत “हे आमा भन्न मिलेन” सार्वजनिक(भिडियो)

काठमाडौं।  हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै  गायिका पुजन काफ्लेले यो बर्ष पनि मौलिक तीज गीत “हे आमा भन्न मिलेन” बजारमा ल्याएकी छिन्। काफ्ले कै स्वर, शब्द, लय रहेको यस गीतमा चर्चित मोडेल स्मारिका ढकालको साथमा संस्कृती र एलिजाको पनि अभिनय रहेको छ। भिडियोमा प्रबिन थापाको निर्देशन, सरोज शाहीको छायांकन रहेको छ भने निराजन केसीको सम्पादन रहेको छ। बजारमा तीज गीत संगीतको नाममा कतिपय भ्युजको लागि छाडा र भद्दा गीत आईरहेको अबस्थामा पनि यो गीत मौलिक र सामाजिक परिबेश सुहाउदो रहेको छ। यस गीत्लाई पुजन काफ्ले युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। https://www.youtube.com/embed/hloZgvl7UmQ...
प्याजेन्ट नेपाल तिज महोत्सव सम्पन्न, रक्तदान,निशूल्क स्वास्थ्य शिविरदेखि घरेलु उत्पादनका प्रदर्शनी
मनोरन्जन, समाचार

प्याजेन्ट नेपाल तिज महोत्सव सम्पन्न, रक्तदान,निशूल्क स्वास्थ्य शिविरदेखि घरेलु उत्पादनका प्रदर्शनी

काठमाडौं । प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको तिज महोत्सव द मल्ल होटलमा भव्य रुपमा सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो । सांस्कृतिक चाडपर्वहरुको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरुप प्याजेन्ट नेपालले प्रत्येक वर्ष मनाउदै आएको तिज फेस्टिवलमा डेढ दर्जन बढि महिला उद्यमी अपाङ्गहरुद्धारा उत्पादिन खाद्यान्न,कपडा,घरेलु उत्पादनबाट उत्पादित वस्तुहरुको प्रदर्शनी स्टल राखिएको थियो । समारोहमा लायन्स क्लब अफ ड्रिम्सबाट रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै ओम समाज डेन्टल,ओम चावहिल डेन्टल,नेपाल भारत मैत्री अस्पताल तथा एएसजी आई केयरबाट निशूल्क स्वास्थ्य शिविर संचालन गरेका थियो ।देश विदेशमा विभिन्न अवार्ड समारोह,फेशन शो सांस्कृतिक कार्यक्रम,पर्यटन प्रर्वद्धन...
फेसियल हाउसको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ भव्य रुपमा सम्पन्न
अन्तरवार्ता

फेसियल हाउसको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ भव्य रुपमा सम्पन्न

आज शनिबार त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम आयोजना गरी यो वर्षको तीज मनाएको हो । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुसन’ नाराका साथ सुन्दरतासम्बन्धी सम्पूर्ण काम गर्दै आएको फेसियल हाउसले विगतका वर्षहरूमाझैं यो वर्ष पनि सांस्कृतिक महत्व झल्काउँदै तीज मनाएको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ सौन्द्रर्यविद् सुष्मा महराले जानकारी दिइन् । फेसियल हाउसले नेपाली कला, संस्कृति र शैलीलाई संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्न हरेक नेपाली पर्वहरूलाई विशेष रुपमा मनाउने गरेको र यस वर्षको तीज पर्वलाई विगतको भन्दा अझ फरक तरिकाले मनाइएको जानकारी उनले दिइन् । यसरी नेपालको मौलिक पर्वहरूलाई मौलिक रूपमै मनाउँदा विशेष हुने उनको भनाइ छ । तीज विशेष कार्यक्रममा ‘फेसियल हाउस एकेडेमी’का ब्युटीसियनहरूको कल्चरल थिम मेकअप प्रतिस्पर्धा र फेसियल हाउस प्रोफेसनल फे...
पत्रकार अरबिन्द्र गौतम सम्मानित
अर्थ/व्यापार, समाचार

पत्रकार अरबिन्द्र गौतम सम्मानित

काभ्रेपलान्चोक – विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका हुन्। राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ कलाकार गौरी मल्लले युवा पत्रकारिता सम्मान प्रदान गरेका थिए । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ र सामरी इन्टरनेशनल अवार्ड २०२४ को अवसरमा अरबिन्द्र गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो । नेपाली कला, संस्कृति, साहित्य, राजनीति, गित संगित, राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, यौनजन्य अपराध, कुरिती-कुसंस्कार लगायत सबैखाले विकृति विसङ्गतिका विषयमा सत्य तथ्य खबर निरन्तर रुपमा बाहिर ल्याउन यहाँ...
आफ्नो जन्म दिनमा गायक सौगातले ल्याए ‘सुनन ए माया'(भिडियो)
मनोरन्जन, समाचार

आफ्नो जन्म दिनमा गायक सौगातले ल्याए ‘सुनन ए माया'(भिडियो)

गायक सौगात जङ्ग थापाले आफ्नो जन्म दिनको अबसर पारेर नया गित ´सुनन ए माया` बोलको नया गितको म्युजिक भिडियो सार्बजनिक गरेका छन। जन्म दिनलाइ थप उत्साहर र रोमान्टिक बनाउन उनले म्युजिक भिडियो सार्बजनिक गरेको बताएका छन। उनलाइ फीमेल भोकलमा चर्चित गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन। अभिनाश थापा र रमेश साउदको सब्द रचना रहेको गितलाइ सौगात जङ्ग थापा स्वयमले सङ्गीत गरेका हुन भने विशाल निरौलाले एरेन्ज गरेका हुन। https://www.youtube.com/watch?v=hibmjB2OChA उत्तम श्रेस्ठ (शिशिर) को निर्देशन रहेको भिडियोलाइ विशाल थापाको छायान्कन रहेको छ। भिडियोमा अहिले को चर्चित मोडेल स्मारिका ढकाल र सुरेश कोहलिको गजब केमेस्ट्री बनेको छ । झापा जिल्लाको विभिन्न ठाउमा छायान्कन गरेको भिडियोलाइ मीन रावलले एडिट गरेका हुन भने G media Connection युटब च्यानलले बजारमा ल्याएको हो।...
राजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति चयन, उपाध्यक्षमा मल्लदेखि गोल्छासम्म
अर्थ/व्यापार, समाचार

राजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति चयन, उपाध्यक्षमा मल्लदेखि गोल्छासम्म

इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी)को नयाँ नेतृत्व चयन भएको छ। आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेश काजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा छन् भने उपाध्यक्षहरूमा पदेन उपाध्यक्ष राजेन्द्र मल्ल, एसोसिएसनको तर्फबाट दिनेश श्रेष्ठ, बैंक वित्तीय क्षेत्रको तर्फबाट सुनिल केसी, इस्योरेन्स क्षेत्रको तर्फबाट चंकी क्षेत्री, मानार्थ उपाध्यक्ष सोनाम लाक्पा शेर्पा, लिमिटेड कम्पनीका तर्फबाट गणेश कार्की र एसोसिएसनको तर्फबाट राजेन्द्र अर्याल चयन भएका छन् । यसैगरी महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली, सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे चयन भएका छन् । नेपालमा विदेशी लगानी भित्र्याउने र नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्याउने उद्देश्य अनुरुप गठन भएको उक्त आइसिसीमा यसअघि सुरेन्द्र वीर मा...