इक्यान बृहत शैक्षिक मेला असोज १३ गते आयोजना हुने
नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएकाे छ। संघले परम्परालाई निरन्तरता दिंदै यस वर्ष १५ औं संस्करण भव्यताका साथ आयोजना गर्ने भएको हाे। यो शैक्षिक मेला कोभिड-१९ महामारी पछि ECAN ले आयोजना गरेको पहिलो शैक्षिक मेला हो। यस शैक्षिक मेला आयोजना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृति लिइएकाे आयोजकले जनाएकाे छ।
नेपालको सवैभन्दा ठुलो शैक्षिक मेला आयोजकको रुपमा स्थापित भइसकेको इक्यान मेला काठमाडौँको एभरेष्ट होटलमा आगामी असोज १३ गते (Sep 29) मा आयोजना हुने भएकाे छ।शैक्षिक मेला, विहान १० बजे देखि वेलुका ५ बजे सम्म आयोजना हुने इक्यानले पत्रकारसम्मेलन गरेर जानकारी दिएकाे हाे। यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना ग...










