विपन्न वर्ग पीसीआर परिक्षणको अनिवार्यताका कारण आर्थिकमार झेलन बाध्यःडा.डिआर उपाध्याय
राजधानीबाट प्रकाशित हुने एक दैनिक पत्रिकाको बिहीबारको मुख्य पृष्ठमा ‘खुलामञ्चमा खाना खाइरहेका सर्व साधारणलाई बलपूर्वक ट्रकमा हुलेर थापाथली पुर्याइयो, थापाथलीमा पनि धुलोमै’ शीर्षक दिइएको प्रमुख समाचार तस्वीरसहित प्रकाशित भयो । यस समाचारले धेरैको मन–मस्तिक उद्वेलित एवम् द्रवित गर्नु स्वाभविकै हो । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले खुला ठाउँमा मानिसलाई पंक्तिमा बसालेर खाना खुवाउँदा मुलुककै बेइज्जती हुने बताउँदै निःशुल्क खाना वितरणको स्थान परिवर्तन गराएको समाचारमा जनाइएको छ । राजधानीलगायत प्रमुख शहरहरूमा बेरोजगारीका कारण निःशुल्क भोजनका लागि लामबद्ध हुनेहरूको सङ्ख्या नघटेको प्रति राज्य संयन्त्रको संवेदनशीलताको उदाहरण विरलै भेटिन्छ । दैनिक छाक टार्न मुस्किल भएकाहरूलाई खुला ठाउँमा निःशुल्क रूपमा खाना खुवाइँदा मुलुकको मान प्रतिष्ठामा आँच आउने कटु यथार्थलाई बुझेका जिम्मेबार राजनीतिज्ञ ए...










