म्यूजिक भिडियो शुभ मुहुर्त गर्दै छायांकन शुभारम्भ गरे निर्देशक गोपाल ढकालले, दुवै भिडियोमा नायक संजित भण्डारी
पहिलो चोटि म्युजिक भिडियोको शुभ मुहूर्त
लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) अव भिडियो निर्देशनमा समेत व्यस्त हुन थालेका छन । हरेक काम फरक ढंगले गर्दै आएका ढकाल आफुले निर्देशन गर्ने म्युजिक भिडियो समेत फरक तरिकाले शुरुवात गरेका छन । सम्भवतः शुभ मुहूर्त कार्यक्रम नै राखेर म्यूजिक भिडियो छायांकन गर्ने पहिलो भिडियो निर्देशक समेत बनेका ढकालले एक साथ दुई गीतहरुको म्यूजिक भिडियोको छायांकन प्रारम्भ गरेका छन । कमलादीस्थित गणेशस्थान मन्दिर परिसरमा बरिष्ठ नृत्य निर्देशक एवं चलचित्र नृत्य निर्देशक राजु शाहको प्रमुख आतिथ्यतामा “शहर”र “जुन दिन मलाई” बोलको गीतको भिडियोको छायाँकन गर्ने शुभ साईत पारेर नेपाली चलचित्र क्षेत्र,सांगीतिक लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा शुभमुहूर्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा निर्देशक माधवराज खरेल,संचारकर्मी राज लुईटेल,पत्रकार सुर्य ...










