रेबेल ईभेन्टस् आइ.एन.सि र छेवाङ्ग प्रोजेक्टको प्रस्तुति गायक कमल खत्री र सुमन गुरुङको आवाजमा रहेको नयाँ नेपाली गीत सपना सार्वजनिक भएको छ । नेपाली संगीत क्षेत्रमा पृथक पहिचान बनाएका यी दुई लोकप्रिय गायकको स्वरमा रहेको यो गीतको म्युजिक भिडियोको छायांकन अमेरिकाको न्युयोर्कमा गरिएको हो ।
भिडियोमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको दमदार अभिनय देख्न पाइन्छ साथै नागिन केसी पन्तले पनि उत्तिकै प्रभावशाली अभिनय प्रस्तुत गरेकी छन्, जसले गीतको भावनात्मक पक्षलाई अझ जीवन्त बनाएको छ ।
गीतको संगीत दिलिप समनले गरेका हुन् भने भिडियोको निर्देशन सुरज सिंह ठकुरीले गरेका छन् । उक्त गीतलाई हरि हुमागाई, अन्जय खड्का र विर बहादुर लामिछानेले खिचेका हुन् । निर्देशन, अभिनय, र छायांकनको समिश्रणले यो भिडियो दर्शकहरूमाझ विशेष आकर्षण बनेको छ भने भिडियोले दर्शकहरुबाट राम्रो प्रशंशा बटुलिरहेको छ ।
