'पिडा' लाई दोहोरो खुशी: ईजिप्टमा गीतकार र मोडल दुवैलाई अवार्ड - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

‘पिडा’ लाई दोहोरो खुशी: ईजिप्टमा गीतकार र मोडल दुवैलाई अवार्ड


गायक तथा संगीतकार सरोज कोइराला र वर्षा दासको स्वर तथा सरोज कोईरालाकै सङ्गीत रहेको गीतको भिडियोमा अभिनय गर्ने मोडल श्रीदेव भट्टराईले पनि यसै गीतबाट उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएका थिए ।
आफुले रचना गरेको पहिलो गीतबाट यसरी दुई वटा अवार्ड जित्न सफल हुनु र त्यसमा पनि अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्नु जिवनकै महत्वपूर्ण सफलता हासिल गरेको महशुस भएको कुरा उनले बताए ।
केहि समय अघि अजरवैजानको वाकुमा समेत गीतकारको रुपमा सम्मानित भैसकेका गीतकार कोईराला निजामती सेवाका उपसचिव स्तरका राष्ट्रसेवक हुन ।

ईजिप्ट । गीतकार सीताराम कोइरालालाई ईजिप्टको कायरोमा उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिएको छ । कायरोस्थित होटल स्विस ईन नाईल होटलमा आयोजित भव्य समारोहका वीच ईजिप्टका लागी नेपाली राजदुत सुशिल के लम्सालले गीतकार कोईरालालाई उक्त अवार्ड प्रदान गरेका थिए । ग्लोवल ईन्टरनेशनल अवार्डको तेश्रो संस्करणमा गीतकार कोईरालाले उनको शव्दमा तयार भएको ‘पिडा’ वोलको गीतबाट यो वर्षको उत्कृष्ट गीतकारको अवार्ड हात पार्न सफल भएका हुन ।

गायक तथा संगीतकार सरोज कोइराला र वर्षा दासको स्वर तथा सरोज कोईरालाकै सङ्गीत रहेको गीतको भिडियोमा अभिनय गर्ने मोडल श्रीदेव भट्टराईले पनि यसै गीतबाट उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएका थिए ।
आफुले रचना गरेको पहिलो गीतबाट यसरी दुई वटा अवार्ड जित्न सफल हुनु र त्यसमा पनि अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्नु जिवनकै महत्वपूर्ण सफलता हासिल गरेको महशुस भएको कुरा उनले बताए ।
केहि समय अघि अजरवैजानको वाकुमा समेत गीतकारको रुपमा सम्मानित भैसकेका गीतकार कोईराला निजामती सेवाका उपसचिव स्तरका राष्ट्रसेवक हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *