गायक सुरेन्द्र श्रेष्ठको स्वरमा 'विहानीको शित जस्तै' (भिडियो) - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

गायक सुरेन्द्र श्रेष्ठको स्वरमा ‘विहानीको शित जस्तै’ (भिडियो)


काठमाडौं । गायक सुरेन्द्र श्रेष्ठको स्वरमा ‘विहानीको शित जस्तै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । डा.कृष्ण हरि बरालको शव्दमा तयार भएको गीत संगीत पनि गायक श्रेष्ठकै रहेको छ । जिवित जल्मीले एरेन्ज गरेको गीतको भिडियो गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको आफ्नै युट्युुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सुर मेलोडीमा रेकर्ड गरिएको गीतको भिडियोमा गायक सुरेन्द्र का साथै मातिना मानन्धर तथा रोजिन महर्जनको अभिनय रहेको छ। गीतको परिकल्पना राज महर्जनको रहेको छ भने निर्देशन योवन शाक्यले गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन नेवा इन्टरटेनमेन्टको रहेको छ। उक्त गीत सुरेन्द्र श्रेष्ठको एकल आवाजमा रहेको एल्बम “बिहानीको शीत”मा संग्रहित थियो भने उक्त गीत बीबीसी को पचहत्तर औं वर्षगाँठमा बीबीसी नेपाली सेवाद्वारा आयोजित प्रतियोगितामा चौथौ स्थान हासिल गर्न सफल गीत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *