ध्रुब बिस्को र बेनिसा पौडेलको स्वरमा‘कोईली’ सार्वजनिक (भिडियो) - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

ध्रुब बिस्को र बेनिसा पौडेलको स्वरमा‘कोईली’ सार्वजनिक (भिडियो)


‘कोइली’ नामक गित आज काठमाडौको म्याग्नुम लाउन्ज बारमा एक बिमोचन कार्यक्रम मार्फत सार्बजनिक भएको छ। गायक ध्रुब बिस्को र बेनिसा पौडेलको स्वरमा सजिएको उक्त गित खम्बे इन्टरटेनमेन्ट यु ट्युब च्यानलबाट आउनेछ गितमा पुश्प खड्का,अमिरा कार्की,बिष्णु सापकोटा लगाएतका कलाकारहरुले अभिनय गरेका छन । शिव शर्माले लेखेका उक्त गितमा संगीत भने दिपक शर्माले गरेका छन ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा चलचित्र पत्रकार संघका पुर्ब अध्यक्ष तथा वरिष्ठ रंग पत्रकार शान्तिप्रिय म्युजिक भिडियो निर्देशक समन अधिकारी,पत्रकार तथा मोडेल राज लुइटेल, नायक श्री देब भट्टराई, गायक कौसल राज खड्का, समाजसेबी राजन थापा लगाएतका ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

प्रमुख अतिथि लामाले मन्तव्य राख्दै गित राम्रो बनेको र एस्तो खालको गितले मार्केट लिने बताएका थिए भने विशिष्ट अतिथि शान्तिप्रियले पनि पछिल्लो समयमा लोक प्याट्रोनको गितले मार्केट लिइरहेको बेला एस्तो खालको गित राम्रो चल्ने आशा ब्यक्त गरेका थिए । कार्यक्रम संचालक तथा कलाकार समीर लामाले संचालन गरेको बिमोचन कार्यक्रममा निर्देशक तथा कलाकार इन्द्र बहादुर लामा(खम्बे)ले बोल्दै गित राम्रो बनेको दर्सकको साथ पाएको खण्डमा कोइली दुई पनि ल्याउने बताएका थिए । निर्माता राजन कार्कीले पनि आफ्नो धाराणा ब्यक्त गर्दै आफ्नो छोरिलाइ १२ बर्षाको उमेरमै मोडेलको रुपमा देख्न पाउँदा निकै हर्सित भएको बताए ।

Leave a Reply

Your email address will not be published.