ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक


वाई वाई ग्लोकल टीन हिरो नेपाल सातौं संस्करणनमा आवेदन दिने किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ । उनीरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ ।

उक्त सुची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । देश भरीबाट आएको ६११ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । यी २० किशोर किशोरीहरु निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपालको यो सातौं संस्करण हो । यस वर्ष सेप्टेम्बर १ तारिकका दिन अन्लाइन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत उनीहरु पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल विजेताको नाम पनि घोषणा गरिनेछ ।

२० अन्डर २० किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, साहित्य, प्रविधि र उद्यमशीलता, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिकमा हुने बताइको छ । चयन भएका युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको सेप्टेम्बर १, २०२१ मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलनमार्फत हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published.