निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई ब्यवसायी श्रेष्ठको सहयोग - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई ब्यवसायी श्रेष्ठको सहयोग


सरकारले बैशाख दोश्रोे हप्तादेखि लागु गरेको निषेधाज्ञाले पनि कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्न प्रभावकारी भूमिका खेल्न सकिरहेको छैन । निषेधाज्ञाले नागरिकहरूको दैनिक जीवनलाई कष्टकर बनाएको छ ।

संक्रमितको संख्यामा बृध्दि भएसंगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकट घोषणा गर्ने तयारी गरिरहेको अवस्था छ । यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी, सानोतिनो ब्यवसाय गरेर आफ्नो परिवार चलाउनु पर्नेहरुको दिनचर्या मुश्किल बन्दै गैरहेको छ । सरकारले लगाएको निषेधाज्ञालाई अझ कडाई गरेपछि निम्नबर्गका परिवारहरुलाई थप समस्या परिरहेको छ ।

कोरोना महामारीको मारमा परेका पिडित परिवारलाई सरकारी वा गैरसरकारी पक्षबाट राहतको कुनै प्याकेज उपलब्ध हुन सकिरहेको छैन । यस्तैमा युवा ब्यवसायि तथा समाजसेवि नवराज श्रेष्ठले आफ्नो ब्यक्तिगत प्रयासमा पीडित परिवारलाई आवश्यक खाद्यान्न र अन्य सामाग्रीहरु उपलब्ध गराएका छन् ।

उनले दोलखा पांघखर गाउँपालिका घर भई भक्तपुरका इट्टाभट्टहरुमा मजदुरी गर्दै आइरहेका पदम घर्ती, बछु माझी लगायतका पाँच घरपरिवारलाई दुई महिनालाई पुग्ने खाद्यान्न उपलब्ध गराएका छन् भने आफ्नो कम्पनीव्दारा संचालित ट्याक्सीलाई समेत कोरोना पिडित बिरामी बोक्नको लागि निःशुल्क एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *