बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघ्यो - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघ्यो


बेलायतमा महामारी शुरु भएयता कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार नाघेको छ ।  पछिल्लो २४ घन्टामा  कोरोना  संक्रमणका कारण  थप १०१ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार जानकारी दिएको छ ।  यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार २६ पुगेको छ । आज सार्वजनिक तथ्याँक विगतका केहि शुक्रबारको तुलनामा निकै कम रहेको अधिकारीहरुले बताएका छन् ।यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ४ हजार ८०२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा  कुल संक्रमितको संख्या ४२ लाख ८५ हजार ६८४ पुगेको छ ।  बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ ।  हाल अस्पतालमा उपचारार्थ  कोरोना संक्रमितको संख्या ६ हजार ५४४ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ८७९ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ४९४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *