राजनीति

देशको राजनीति तरंगित बन्दै
राजनीति, समाचार

देशको राजनीति तरंगित बन्दै

डा.डिआर उपाध्याय पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्नु भयो । त्यस पछि नेपाली राजनीति तरंगित बन्दै गएको छ । सत्तारुढ दल नेकपा दुई धारमा विभाजित भएको छ । प्रधानमन्त्रीको निर्णय संविधानविपरीत र अलोकतान्त्रिक भएको निष्कर्ष नेताहरुले निकालेका छन । प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको स्वीकृति नेपालको संविधानविपरीत छ। संविधानमा प्रतिनिधिसभाबाट सरकार बन्न सक्ने अवस्था रहेसम्म प्रतिनिधिसभा भंग नहुने प्रस्ट प्रावधान छ। कोरोना महामारी त घटिसकेको छैन। यस्तो अवस्थामा दिनदिनै सडकमा जुलुस भईरहेका छन । कोरोनाको जोखिम बढने खतरा छ । नेकपा प्रचण्ड नेपाल समूहले आन्दोलनका कार्यक्रम गरिरहेको छ । जसपा सडकमा गइसकेको छ । कांग्रेस पनि आन्दोलनमा नै छ । परिस्थिती जटिल बन्दै गएको अवस्था छ ।कांग्रेसका भ्रातृ संस्थाहरूले पनि निरन्तर असंवैधानिक कदमको विर...
नेपाली पक्षको विरोधका कारण दशगजामा एसएसबीले राखेको अस्थायी पोष्ट हटायो
राजनीति, समाचार

नेपाली पक्षको विरोधका कारण दशगजामा एसएसबीले राखेको अस्थायी पोष्ट हटायो

नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको छ। सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी पोष्ट हटाएको हो। बुधबार एसएसबीले दशगजा क्षेत्रमा त्रिपाल राखेर अस्थायी पोष्ट राखेको जानकारी स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई दिएका थिए। सशस्त्र प्रहरीले एसएसबीका उच्च अधिकारीसँग समन्वय गरी पोष्ट हटाउन लगाएको छ। सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दशगजा क्षेत्रमा पोष्ट राखेको जानकारी पाउना साथ तत्कालै हटाउन लगाइएको बताए। “एसएसबीको स्थानीय कमाण्डरको गल्तीका कारण दशगजा क्षेत्रमा पोष्ट राखेको रहेछ”, उनले भने, “एसएसबीका अधिकारीसँग समन्वय गरी बिना विवाद पोष्ट हटाउन लगा...
नीतिमध्येको मूल नीति राजनीति
राजनीति, समाचार

नीतिमध्येको मूल नीति राजनीति

डा.डिआर उपाध्याय यतिखेर नेकपाका दुई खेमाका कार्यकर्ताबीच जुहारी चलिरहेको अवस्था छ । यसले गर्दा तल्लो तहदेखि माथिल्लो तहसम्मका आम कार्यकर्तामा नकारात्मक प्रभाव परिरहेको छ । विगतमा एकै पार्टीमा रहँदा नेता कार्यकर्ता बिच राम्रो सम्बन्ध थियो । अहिले पार्टी दुई खेमामा रहँदा एकले अर्कालाई गाली गलोजको वर्षा चलिरहेको छ । यसले आम कार्यकर्तामा निरास उत्पन्न गराएको छ । दुबै खेमाका नेता कार्यकर्ता हरु निम्नस्तरको गालीगलौजमा उत्रनु त्यती राम्रो कुरा होइन ।यसले त्यती राम्रो सन्देश दिएको छैन । गुटको राजनीतिले नत पार्टीको हित गर्छ नत देशको नै हित गर्छ । हाल नेकपाका दुई खेमाको अवस्था यस्तो छ । अहिले नेकपाका दुई खेमा बिच एकले अर्को समूहलाई जसरी पनि सिध्याउने खेलमा नेता, कार्यकर्ता लागेका छन्। यस्ता गतिविधिले राजनीतिक व्यवस्था माथि नै प्रश्न चिन्ह उठाएको छ ।यसले गर्दा सिंगो मुलुकलाई अन्धकारतर्फ धकेलिरह...
मुलुक संवैधानिक र राजनीतिक संकटमा
राजनीति, समाचार

मुलुक संवैधानिक र राजनीतिक संकटमा

डा.डिआर उपाध्याय सरकार गठन हुँदा सुरुका दिनमा मुलुकले विकास र समृद्धिको दिशातर्फ फड्को मार्ने आशा गरिएको थियो । अहिले आशा निराशामा परिणत भएको छ । नेताहरूले विगतका कमीकमजोरी सच्चाएर अघि बढनु पर्दथ्यो । जनतामा आशा जगाउन सक्नु पर्दथ्यो । फेरी मुलुक अस्थिरतामा जाने होकी भन्ने चिन्ता बढेर गएको छ । झन्डै दुई तिहाइ स्थान प्राप्त गरेको सत्तारुढ दल नेकपा भित्रको बिवादले अन्ततः बिभाजन ल्यायो । दुई तिहाइको सरकार गठन गर्दा अब मुलुकले सही दिशा लिने आशा गरिएको थियो । विगतका कमी कमजोरी नदोहोरिने तथा संविधानको भावनाअनुरूप मुलुकलाई समाजवादतर्फ उन्मुख गराउने बाचा गरेका नेताहरु अहिले फुटेर एक अर्कोलाई गाली गदै हिडेका छन । एकीकरणले औपचारिक स्वरूप पाउन बाँकी नै रहँदा आएको यो विभाजनले नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षति पुयाएको छ । विभाजन नेपाली कम्युनिस्टको परम्परा नै भएको समेत प्रस्ट भएको छ । नेपाली कम्य...
मन्त्रिपरिषद् विस्तारबारे कारण देखाऊ आदेश जारी, २८ पौषमा कारणसहित उपस्थित हुन आदेश
राजनीति, समाचार

मन्त्रिपरिषद् विस्तारबारे कारण देखाऊ आदेश जारी, २८ पौषमा कारणसहित उपस्थित हुन आदेश

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारबारे कारण देखाऊ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार गैरसंवैधानिक कदम भएको भन्दै दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाशले आज यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले २८ पौषमा मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित उपस्थित हुन सरकारलाई आदेश समेत जारी दिएको हो । वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकारका नाममा कारण देखाउ आदेश भई मिति नै तोकेर कारणसहित उपस्थित हुन आदेश जारी भएको जानकारी दिए । ५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाकी प्रतिनिधिसभा बिघटन गर्न सिफारिश गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेकोमा त्यसलाई सदर गरिएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेका थिए । मध्यावधि चुनाव घोषणा गरिएकाले सरकार कामचलाऊ भएको भन्दै मन्त्रिपरि...
नेपालको राजनीतिमा छिमेकीको चासो
राजनीति, समाचार

नेपालको राजनीतिमा छिमेकीको चासो

डा.डिआर उपाध्याय अहिले मुलुकको राजनीति त्यति सहज ढंगले अघि बढन सकेको अवस्था छैन । मुलुक पुरै अन्योलमा छ । अव के हुन्छ कुनै टुंगो छैन । जनता निराश छन । यो घटनाक्रमले छिमेकीको चासो बढेर गएको छ । प्रतिनिधिसभा विघटनको घटनालाई स्वदेशीले मात्रै नभएर दक्षिणी र उत्तरी छिमेकीले समेत बडो चासोको रुपमा हेरे्का छन । आन्तरिक विवादमा विदेशीको अस्वाभाविक चासोले मुलुक भने प्रयोगशालाजस्तै बनेको छ। यो नै समस्या हो ।नेपालका राजनीतिक दल र तिनका नेताहरु ठिक ढगले अघि बढन सकेनन् । नेताहरु ढाँटने , छल्ने प्रबृतिका धेरै भए । जसले गर्दा समस्या बढेर गएको छ । राजनीतिक दल र तिनका नेताहरु नसुध्रिएसम्म विदेशीको चलखेल अन्त्य गर्न कठिन छ । मुलुकको हरेक राजनीतिक परिवर्तनमा भारतको प्रत्यक्ष भूमिका रहेको थियो । नेपालको विकास तथा परिवर्तनसँग सम्बन्धित विषयमा निर्णय लिन नेपालका राजनीतिज्ञ आफैं सक्षम भइसक्दा पनि विदेशीक...
घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ?
राजनीति, समाचार

घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ?

डा.डिआर उपाध्याय प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति तोकिएको छ । तोकिएको मितिमा निर्वाचन हुन्छ की हुँदैन भन्र्ने बिषयमा भने शंका छ । सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी मुद्दा परेका छन्। यी मुद्दामा सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरी सुनुवाइ पनि गरिरहेको छ। घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ? यी दुई विषयमा राजनीतिक दलहरू विभाजित छन्। संसद् विघटनको विरोधमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी तथा सत्तारुढ दलको प्रचण्ड–माधव समूहले विरोध प्रदर्शन गरिरहेका छन्। निर्वाचन प्रजातान्त्रिक अभ्यास हो । यो बाट पछि हट्नु हुँदैन । कोरोना भाइरसको संक्रमणका कारण देशको आर्थीक अवस्था कमजोर भएको बेला मध्यावधि निर्वाचन कत्तिको सम्भव होला भन्ने बिषयमा राजनीतिक दलहरु गम्भिर हुुन जरुरी छ । निर्वाचनको बिषयलाई लिएर अहिले राजनीति बृतमा विचार विमर्श भइरहेका छन्। अमेरिकामा केही समयअघि चुनाव सम...
राष्ट्रिय सभा अधिवेशनः प्रतिनिधि सभा विघटनप्रति चिन्ता
राजनीति, समाचार

राष्ट्रिय सभा अधिवेशनः प्रतिनिधि सभा विघटनप्रति चिन्ता

प्रतिनिधि सभा विघटनको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनको बैठकमा सत्तारुढ तथा विपक्षी दलका नेताहरूले उक्त विषय प्रवेश गराउनुभएको हो । पार्टीको अन्तर्विरोधका कारण जनप्रतिनिधिमूलक संस्था विघटन हुनु गलत भएको भन्दै आलोचना पनि भएको छ । अधिवेशन सुरु भएको अवसरमा मन्तव्यका क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता दीननाथ शर्माले पार्टीको अन्तर्विरोधका कारण प्रतिनिधि सभा विघटन हुनु दुःखद भएको बताए । पार्टीको किचलोको छायाँ सदनमा पर्नु दुःखद भएको पनि उनको भनाइ छ । उनले हालको पार्टी विभाजनको अवस्था कुनै पनि सिद्धान्त र वैचारिक कारण नभएको पनि बताए । उनले भने, ‘‘पार्टी विभाजन सिद्धान्त, विचार वा दर्शनका आधारमा हुन गइरहेको छैन । केवल राजनीतिक कारणले मात्र विभाजन हुन गइरहेको छ । हिजो विभाजन विचार, दर्शन र सिद्धान्तका कारणले हुन्थे । सामा...
करिब आठ दशकको कम्युनिस्ट इतिहास चकनाचुर
राजनीति, समाचार

करिब आठ दशकको कम्युनिस्ट इतिहास चकनाचुर

डा.डिआर उपाध्याय प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरे पछि समस्या उत्पन्न भएको छ । नेकपाको दाहाल–नेपाल समूह आन्दोलित छन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका केहि दलहरु पनि सडकमा छन । परिस्थिती जटिल मोडमा छ । नेकपाका अध्यक्षद्वय ओली र दाहालबीचको व्यक्तिगत र गुटगत शक्ति संघर्ष र स्वार्थको राजनीतिले यो स्थिती आएको हो । ओलीलाई यस किसिमको गैरसंवैधानिक, कठोर र अप्रिय निर्णय लिनका लागि कस्ले बाध्य बनायो ? यो बिषय बिस्तारै खुल्दै जाला । यसमा दाहाल–नेपालको भूमिका के छ ? प्रतिनिधिसभा विघटन संविधानविपरीत कार्य हो र संवैधानिक रूपमा यो निन्दनीय र भत्र्सनीय घटना हो। यस घटनाले करिब आठ दशक लामो कम्युनिस्ट आन्दोलन र आन्दोलनका उपलब्धिलाई धरापमा पारेको छ । कांग्रेसलगायत गैरकम्युनिस्ट कित्ताका शक्तिहरू नेकपा बिभाजनमा रमिते छन । कम्युनिस्ट पार्टीले दुईतिहाइ नजकिको मत ...
राष्ट्रिय सभाको अधिवेशन आजदेखि
राजनीति, समाचार

राष्ट्रिय सभाको अधिवेशन आजदेखि

राष्ट्रिय सभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । शुक्रबार अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ । सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि अधिवेशन प्रारम्भअघि अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्था फेरिएको छ । यसअघि कायम रहेको भौतिक दूरीको प्रबन्धलाई पनि थप व्यवस्थित बनाइएको छ ।सचिवालयले अधिवेशन प्रारम्भको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था पराम र्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको हो ।...