मुलुकको राजनीति बुझीनसक्नु
-डा.डिआर उपाध्याय,
मुलुकको राजनीति बुझीनसक्नु छ । कति बेला के हुन्छ केहि भन्न सकिने अवस्था छैन । देशको राजनीतिमा नाटक मन्चन भइरहेको छ । सर्वोच्चको पछिल्लो फैसला पछि राजनीति बाटो आ आफनो बनेको छ । नेकपा माओवादी केन्द्र र एमाले ब्यूँतिए पछि आ आफनो बाटो लाग्नु बाध्यता भएको छ । राजनीति भनेको घुमाउरो बाटो रहेछ , राजनीति बाटो सिधा नहुदो रहेछ , यो शिद्धान्तको कुरा होइन , यो भोगाइ र देखेको कुरा हो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारे हात लगाएर गाली गर्ने हरु शिर झुकाएर आफनै घर एमालेमा फर्किएका छन । यो सर्वोच्च अदालतको फैसलाको परिणाम हो ।
अवका आउँदा दिनमा राजनीति कसरी अघि बढछ त्यो हेर्न भने बाँकी नै छ । पछिल्लो सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली अझै बलियो र शक्तिशाली बन्ने संकेत देखिएको छ । यो फैसलाले पुष्पकमल दाहाल लाई भने घाटा पुयाएको छ । दाहालका केहि नेता , कार्यकर्ता ओल...



