विकासका लागि राजनीतिक स्थिरता
-डा.डिआर उपाध्याय,
नेपालको राजनीति सहि बाटोमा जाने र सरकार स्थिर रहने हो भने देश बिकासको गति अघि बढन सक्छ । नेपालको भौगोलिक अवस्था मिलेको छ । देश विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा सवै दलको एक मत हुन जरुरी छ । नेपालजस्तो भौगोलिक अवस्था र भू–परिवेष्ठित अल्पविकसित देशको विकासका लागि दलहरुमा इच्छा शक्तिको मात्र खाँचो छ ।
दलहरु देश बिकासका लागी सत्ता स्वार्थको राजनीति छाडेर जानु पर्ने हुन्छ । एकले अर्कोलाई सिध्याउने खेल मात्र खेलेर देश बिकास गर्न सकिन्न । देश बिकास गर्न दलहरु एक आपसमा मिल्नु पर्छ । सबैको प्रयासले मात्र देश बनाउन सकिन्छ । एक्लै केहि गर्छु भनेर मात्र हुदैन । देश बिकासका लागी सवै भन्दा पहिला भष्टाचार अन्त्य हुनु पर्छ । भ्रष्टाचार हुने देशमा बिकास हुन कठिन हुन्छ । भष्टाचार देश बिकासको बाधक हो । कर्मचारी देखि नेता मन्त्री सम्म भष्टाचारी भए पछि कसरी देशको बिकास हुन्छ ? यो नै ...




