राजनीति

छानवीन प्रतिवेदन सार्वजनिक नभए चुनाव अर्थहीन : सभापति सर्वेन्द्र खनाल
राजनीति, समाचार

छानवीन प्रतिवेदन सार्वजनिक नभए चुनाव अर्थहीन : सभापति सर्वेन्द्र खनाल

समुन्नत पार्टी नेपालका सभापति सर्वेन्द्र खनालले जेनजी छानवीन आयोगको प्रतिवेदन तत्काल सरकारलाई बुझाएर सार्वजनिक गर्न माग गरेका छन्। उनले जेनजी आन्दोलनको औचित्य स्थापित गर्न तथा दोषीमाथि कानुनी कारबाहीको सिफारिस गर्न गठन गरिएको उच्चस्तरीय छानवीन आयोगको म्याद थपेर विषयलाई अल्मल्याउन खोजिएको आरोप लगाएका हुन्। नागरिकन्यूज सँगको कुराकानीमा अध्यक्ष खनालले आयोगले समयमै प्रतिवेदन नबुझाउँदा जेनजी आन्दोलनको औचित्य नै समाप्त हुने टिप्पणी गरेका छन्। उनले जेनजी आन्दोलनको उद्देश्यबारे स्पष्ट पार्दै आन्दोलन केवल निर्वाचनका लागि मात्रै नभएको बताएका छन्। उनका अनुसार आन्दोलनका मूल मुद्दा, उपलब्धि तथा जेनजी पुस्ताले खोजेको प्रणालीगत सुधारको विषयलाई सरकारले सही रूपमा बुझ्न नसकेको उनको आरोप छ। खनालका अनुसार भदौ २३ र २४ का घटनामा संलग्न व्यक्तिहरू अहिले चुनावी मैदानमै रहेका छन्। आन्दोलन दबाउने र वि...
‘लिटल च्याम्पियन्स नेपाल–सिजन २’ को भव्य ग्रान्ड फिनाले सम्पन्न, बाल प्रतिभाले जिते राष्ट्रिय मञ्च
राजनीति, समाचार

‘लिटल च्याम्पियन्स नेपाल–सिजन २’ को भव्य ग्रान्ड फिनाले सम्पन्न, बाल प्रतिभाले जिते राष्ट्रिय मञ्च

काठमाडौं — नेपालकै एकमात्र चर्चित बाल गायन तथा नृत्य प्रतियोगिता ‘लिटल च्याम्पियन्स नेपाल–सिजन २’ को भव्य ग्रान्ड फिनाले हिजो पौष २९ गते काठमाडौंस्थित नेपाल पुलिस क्लबको सभाहलमा अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ। बालबालिकामा लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा दर्शक, अभिभावक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रा.लि. को आयोजनामा सम्पन्न प्रतियोगिताको समग्र नेतृत्व तथा कार्यक्रम निर्देशन संस्थाकी म्यानेजिङ डाइरेक्टर तथा इभेन्ट डाइरेक्टर सबिना श्रेष्ठले गर्नु भएको थियो। उत्कृष्ट व्यवस्थापन, अनुशासित कार्यक्रम सञ्चालन र गुणस्तरीय प्रस्तुतीका कारण यस सिजनको ग्रान्ड फिनाले अत्यन्तै प्रभावशाली बनेको भन्दै उपस्थित सबैले खुलेर प्रशंसा गरेका थिए। कार्यक्रमको होस्टिङ लोकप्रिय तथा ऊर्जावान प्...
बुटवलका युवा व्यवसायी सुदन ज्ञवालीको रुपन्देही–२ मा दाबी
राजनीति, समाचार

बुटवलका युवा व्यवसायी सुदन ज्ञवालीको रुपन्देही–२ मा दाबी

रुपन्देही – युवा व्यवसायी तथा वैकल्पिक राजनीतिक अभियन्ता सुदन ज्ञवालीले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी थालेका छन्। लामो समयदेखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आएका ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने गरी आन्तरिक तयारी अघि बढाएका हुन्। ज्ञवाली यसअघि नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टी हुँदै हाल रास्वपामा आबद्ध नेता हुन्। दशकभन्दा बढी समयदेखि परम्परागत राजनीतिभन्दा फरक धारको वकालत गर्दै आएका उनले आफ्नो उम्मेदवारी आकस्मिक नभई निरन्तर संघर्ष र राजनीतिक यात्राको स्वाभाविक निष्कर्ष भएको बताएका छन्।‘यो कुनै एक दिनको निर्णय होइन, वैकल्पिक शक्ति निर्माणका लागि वर्षौँदेखि गरिएको त्याग र संघर्षको परिणाम हो,’ उनले उम्मेदवारीबारे प्रतिक्रिया दिएका छन्। बुटवललाई कर्मथलो बनाएका ज्ञवाली एक स्थापित युवा व्यवसायीसमे...
क्षेत्र र जिल्लाको निर्णय उल्टाउँदै प्रदेशले गर्‍यो राकेश यादवको सिफारिस
राजनीति, समाचार

क्षेत्र र जिल्लाको निर्णय उल्टाउँदै प्रदेशले गर्‍यो राकेश यादवको सिफारिस

पर्सा–२ प्रतिनिधिसभा निर्वाचनः कांग्रेसबाट यादव अघि बढे नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा युवा नेता राकेश यादवको नाम सिफारिस गरेसँगै पार्टीभित्रको उम्मेदवारी प्रक्रिया नयाँ मोडमा पुगेको छ। क्षेत्रीय र जिल्ला तहबाट नाम हटाइएपछि प्रदेश समितिमार्फत केन्द्रसम्म पुगेको यादवको उम्मेदवारीले कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र पुस्तान्तरणको बहसलाई पुनः सतहमा ल्याएको छ। यसअघि क्षेत्रीय र जिल्ला कार्यसमितिले यादवको नाम हटाउँदै पूर्वमन्त्री अजयकुमार चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य र मदन यादवको नाम मात्र सिफारिस गरेका थिए। यस निर्णयलाई आफूविरुद्धको अन्याय ठहर गर्दै यादवले पुस ८ गते मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्ण यादवलाई भेट गरी पार्टी विधानअनुसार उम्मेदवारी सिफारिसका लागि ल...
सक्षम नेतृत्वका लागि समिर लामा: सूचना प्रवाह र पारदर्शिताको आवश्यकता
राजनीति, समाचार

सक्षम नेतृत्वका लागि समिर लामा: सूचना प्रवाह र पारदर्शिताको आवश्यकता

काठमाडौं । मुलुक आज जटिल र विषम परिस्थितिबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता, सामाजिक असन्तुलन, आर्थिक चुनौती र प्रविधि–सूचना व्यवस्थापनको अव्यवस्था देशलाई थप अनिश्चिततामा धकेलिरहेको छ । यस्तै अवस्थामा, जनता स्थिरता, सुशासन र पारदर्शिता खोजिरहेका छन् । प्रधानमन्त्री सुशिला कार्कीप्रति आम नागरिकको विश्वास बढ्नु त्यसैकारण हो । उहाँको दृढ स्वभाव, निष्पक्ष दृष्टिकोण र इमानदार छविले मुलुकलाई संकट पार गर्ने बलियो आधार प्रदान गरेको छ । तर प्रश्न उठ्छ..के मात्र प्रधानमन्त्रीको दृढ नेतृत्व पर्याप्त छ? स्पष्ट उत्तर हो ….होईन । यसका लागि दक्ष, लोकप्रिय र अनुभवी व्यक्तित्वहरूको सहकार्य अपरिहार्य हुन्छ । आजको युग सूचना र प्रविधिको हो । तर विडम्बना, मुलुकमा सूचना व्यवस्थापन अझै स्पष्ट, व्यवस्थित र जनमुखी बन्न सकेको छैन । भ्रामक प्रचार, तथ्यहीन समाचार र अव्यवस्थित डिजिटल प्रयोगले जनमानसमा नकारात्मक ...
न्युयोर्कमा सांसद ज्ञानेन्द्र शाहीसंग “मिट एण्ड ग्रिट” हुदै
राजनीति, समाचार

न्युयोर्कमा सांसद ज्ञानेन्द्र शाहीसंग “मिट एण्ड ग्रिट” हुदै

न्युयोर्क, अमेरिका — नेपाली राजनीतिमा युवाशक्ति र राष्ट्रवादी विचारधाराका प्रखर प्रवक्ता मानिनु भएका राप्रपा नेपालका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र शाही अब अमेरिकी भूमिमा नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्ने तयारीमा छन्। आगामी अगस्ट ९, २०२५ (शनिवार) साँझ, न्युयोर्कको क्विन्सस्थित सत्य नारायण मन्दिरको सभाहलमा एक भव्य “मिट एण्ड ग्रिट” तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ। प्रवासी नेपालीको सक्रिय सहभागिता र उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै हिमानी ट्रष्ट अमेरिका – न्युयोर्क ब्युरो, प्रवासी नेपाली एकता समाज (पानस) र दर्शन ठकुरी समाज न्युयोर्कको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुने भएको हो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहनु हुने सांसद शाहीसंगको यो भेटघाट कार्यक्रममा, अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरूले राजनीतिक अवस्था, राष्ट्रि...
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति, समाचार

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

 प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। गौरवका आयोजनाका कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले कहाँ कहाँ के के अवरोध हो ? तिनको समाधानको उपाय के के हो भन्ने पहिचान गरेर कुन कुन निकायबाट निर्णय हुनुपर्ने हो तत्काल गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रक्रियागत झमेला, अदातली मुद्दामामिला, ढिलासुस्ती, अस्पष्ट योजना, स्रोतको सुनिश्चितता नहुने, न्यून बजेटजस्ता समस्याको समाधन खोज्न आग्रह गर्दै देशकै ढुकुटीमा रकम अभावका कारण कुनै आयोजना सञ्चालन हुन नसक्ने स्थितिमा पनि के गर्ने भन्ने निर्णयमा पुग्न आवश्यक रहेकामा जोड दिए। उनले कुनै आयोजना सुरू भएपछि त्यसको उ...
प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक
राजनीति, समाचार

प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । बैठक अहिले बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
फेरियो बाबुराम भट्टराईको पार्टीको नाम
राजनीति, समाचार

फेरियो बाबुराम भट्टराईको पार्टीको नाम

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सम्पन्न भएको छ। पोखरामा भएको विधान अधिवेशनले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्नेसमेत निर्णय गरेको छ। पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णय समेत गरेको छ। पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ। विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने टुंगो लगाएको छ। पदाधिकारीहरुमा अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–१, सचिव–३ र कोषाध्यक्ष–१ रहने बताइएको छ। विधान अधिवेशनले विचार र सिद्धान्त मिल्ने नयाँ दलहरूसँग पार्टी एकता र ध्रुवीकरण गर्दै अगाडि जाने प्रस्ताव गरे पनि माओवादी केन्द्र लगायतका पुराना दलहरूसँग भने एकता नगर्ने निष्कर्ष निकालेको छ।...
प्रतिष्ठानहरुमा एकरुपता हुन जरुरी छः मन्त्री पाण्डे
राजनीति, समाचार

प्रतिष्ठानहरुमा एकरुपता हुन जरुरी छः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एकरुपता हुन जरुरी रहेको औ+ल्याउनुभएको छ । मङ्गलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । ‘‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ ।,’’ मन्त्री पाण्डेले भन्नुभयो, ‘‘कतिपय प्रतिष्ठानहरु नाम मात्रैका छन् । कहीँ कानुनको अभाव त कहीँ भवनहरुको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरुलाई एकरुपता हुने गरी व्यवस्थित गर्न जरुरी छ ।’’ मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबिच तालमेल नभएको जिकीर गर्नुभयो । उहाँले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरणा...