स्वास्थ्य

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै
समाचार, स्वास्थ्य

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै

मार्च २०  मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा पनि  मनाउन लागिएको डेन्टल एशोसियसनले जानकारी दिएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ राख्न जरूरी रहेको चिकित्सकहरू बताउँछन् । वर्ल्ड फेडरेशनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १ सय ३० वटा डेन्टल एशोसियसनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस अवसरमा नेपालमा निःशुल्क डेक्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षा, दन्त्य क्षेत्रमा कार्यरत उत्कृष्टलाई सम्मान, निःशुल्क दन्त्य परीक्षण गरिँदै आएको छ ।...
भारतसँग किनेको १० लाख डोज खोप आइतबार नेपाल आइपुग्ने, २३ गतेदेखि वितरण
समाचार, स्वास्थ्य

भारतसँग किनेको १० लाख डोज खोप आइतबार नेपाल आइपुग्ने, २३ गतेदेखि वितरण

नेपालले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको कोरोना खोपमध्ये १० लाख डोज भोलि आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै खरिद गरिएको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप आइतबार काठमाडौं आइपुग्ने जानकारी दिएका हुन् । सम्झौताबमोजिमको बाँकी १० लाख डोज खोप उत्पादक कम्पनीसँगको आपसी सहमतिमा अर्को चरणमा आपूर्ति गर्ने जनाइएको छ । उक्त खोप खरिदका लागि तीन दिनअघि सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ । आइतबार दिउँसो साढे एक बजे एयर इण्डियाको उडानमार्फत खोप काठमाण्डौ आइपुग्ने जानकारी दिइएको छ । उक्त खोप विमानस्थालबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी २३ फागुनदेखि संचालन हुने खोप अभियानका लागि जिल्लामा पठाइनेछ । यो चरणमा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई दिइनेछ । मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनमा संशोधन गरेपछि ...
एकै दिन ८८ हजार नेपालीले लगाए कोरोनाविरूद्को खोप
समाचार, स्वास्थ्य

एकै दिन ८८ हजार नेपालीले लगाए कोरोनाविरूद्को खोप

कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आइतबार ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिश पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा...
फेव्रुअरी महिना : आयोडिन मन्थ
समाचार, स्वास्थ्य

फेव्रुअरी महिना : आयोडिन मन्थ

-नेपाल सरकारले प्रत्येक बर्ष अंग्रेजी क्यालेण्डर अनुसार फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै आएको छ ।  सोहीको निरन्तरता स्वरुप यस बर्ष पनि सरकारले फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै छ ।  आयोडिनको कमीबाट हुने विकृति रोकथामका लागि  जनचेतना जगाउने उदेश्यका साथ फेव्रुअरी महिनालाई  आयोडिन मन्थका रुपमा मनाउने गरिएको हो । नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक गतिविधि संचालन गरिदै आईएको छ । त्यसो त, जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुनाले नेपालमा नुनमा आयोडिन मिसाई प्रत्येक घर घरमा आयोडिनयुक्त नुनको पहुँच बिस्तारको नीति नेपाल सरकारले लिएको छ ।  हरेक नेपालीको घर दैलो एवम् चुलो चौकोसम्म आयोडिनयुक्त नुनको पहुँच प्रभावकारी रुपमा पुगोस् भन्ने हेतुले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनल...
भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, भोली नै नेपाल आइपुग्ने
समाचार, स्वास्थ्य

भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, भोली नै नेपाल आइपुग्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिए ।मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराएको खोप बिहीबार नै काठमाडौं आइपुग्ने जानकारी दिएका छन् । बुधबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।...
काेराेनाबाट विदेशमा ३ सय १९ नेपालीको निधन
समाचार, स्वास्थ्य

काेराेनाबाट विदेशमा ३ सय १९ नेपालीको निधन

कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९को निधन भएको छ। सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा सङ्क्रमण देखिएका मध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन्। यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो। यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा सङ्क्रमण देखिएको छ। यस्तै भाइरसका कारण नेपालमा एक हजार ९५४ जनाको निधन भएको छ। नेपालमा भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएको सङ्घ, कोभिड–१९ उच्चस्तरीय समितिका प...
कोरोनाको खोप खरिदका लागि सरकारद्वारा आर्थिक सहयोगको आह्वान
समाचार, स्वास्थ्य

कोरोनाको खोप खरिदका लागि सरकारद्वारा आर्थिक सहयोगको आह्वान

सरकारले कोरोना विरुद्धको खोप खरिद खरिद गर्न रकम अभाव भएको भन्दै आर्थिक सहयोगको आवह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशित गर्दै खोप खरिदका लागि आवश्यक पर्ने रकम सहयोगको आह्वान गरेको हो। मन्त्रालयको तर्फबाट गोरखापत्रमा प्रकाशित सूचनामा खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निस्शुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेको बताइएको छ। सूचनामा भनिएको छ, ‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ।’ आर्थिक सहयोग गर्न चाहानेहरुले कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने सरकारले उक्त...
चीनले कोरोना कहाँबाट सुरु भएको थियो भनेर अनुसन्धान गर्न दिएन : डब्लूएचओ
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

चीनले कोरोना कहाँबाट सुरु भएको थियो भनेर अनुसन्धान गर्न दिएन : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमणको सुरुवात कहाँबाट भयो भनेर अनुसन्धान गर्न भनेर गएको विशेषज्ञ टोलीलाई चीनले आफ्नो देशमा प्रवेशको अनुमति नदिएको भन्दै रोष प्रकट गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार डब्लूएचओको महानिर्देशक डा. टेड्रोस एडहनम गिब्रेयससले मंगलबार भनेका छन्, ‘हामीहररू निकै निराश छौं, कोरोनाको सुरुवात कहाँबाट भएको थियो भनेर अनुसन्धान गरिरहेको विशेषज्ञ टोलीलाई चीनले अहिलेसम्म आफ्नो देश प्रवेशमा अनुमति दिएको छैन।’ गत वर्ष डिसेम्बर अन्त्यमा चीनको उहान सहरबाट कोरोना संक्रमण सुरु भएको मानिएकाे छ। तर वास्तविकता अझै प्रस्ट हुन नसकेकाले डब्लूएचओका वैज्ञानकि अनुसन्धानमा जुटेको हो। त्यसका लागि गत जनवरीमै डब्लूएचओले विशेषज्ञकाे टोली बनाएर उहान जाने तयारी गरिरहेको थियो।जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले भने, चिनिया...
भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम निम्त्याउने हो कि भन्ने चिन्ता
समाचार, स्वास्थ्य

भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम निम्त्याउने हो कि भन्ने चिन्ता

डा.डिआर उपाध्याय संसद् विघटनपछि दिनौं जसो सडक आन्दोलन भईराखेका छन । आन्दोलनमा भिडभाड हुने हुदा कोरोनाको जोखिम पनि बढेर गएको छ। दलहरुका बैठक, भेला, लगायतका गतिविधिहरु बढिरहेका छन । कोरोना संक्रमणको जोखिमप्रति सचेत बन्नु पर्ने आबश्यकता देखिएको छ । सचेत बन्न सकिएन भने फेरि पनि कोरोनाले अर्को महामारीको रूप नलेला भन्न सकिँदैन। तसर्थ सुरक्षित तरिकाबाट राजनीतिक गतिविधि गर्नेतर्फ दलहरुले ध्यान दिनुपर्छ। पछिल्लो समय कोरोनाको जोखिम केही कम भएको अनुमान छ । तर पूर्णरुपमा कोरोना नियन्त्रणमा आउन सकेको छैन । दुईपटकसम्म लकडाउन भयो । त्यति गर्दा पनि कोरोना नियन्त्रणमा आउन सकेन । सरकारले बाध्य भएर लकडाउन फुकुवा गरेको हो । व्यक्तिगत सुरक्षाको ख्याल गरेर मात्रै कार्यक्रम गर्न सरकारले बारम्बार अनुरोध गरिरहेको छ। सरकारी अनुरोधको बेवास्था कसैले पनि गर्नु हुदैन । भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम ...
चार हजार पीसीआर परीक्षण गर्दा ५२२ संक्रमित
समाचार, स्वास्थ्य

चार हजार पीसीआर परीक्षण गर्दा ५२२ संक्रमित

मंगलबार नेपालमा थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ५ सय ५१ पीसीआर परीक्षण गर्दा ५२२ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । पछिल्लो २४ घण्टामा ५७८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८९३ पुगेको छ। यस्तै हालसम्म ३४२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ५७ हजार ४५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।...