समाचार

सिमान्त सन्तोष र सब्बु केसीको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सिमान्त सन्तोष र सब्बु केसीको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक(भिडियो)

सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक भएको छ । ध्रुव विश्कोको शब्द/सङ्गीत, योगशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/ZzIL7DQn0wA सुदिप वरालको निर्देशन रहेको भिडियोमा सिमान्त र स्वरुपा सुवाललाई फिचरिङ गरिएको छ । सुदिपकै छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर एवम् सम्पादन छ । मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो सिमान्तको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । ‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गर्नुभएका सिमान्तका ‘मेरो दिल दुखायौ के पायौँ’, ‘तिमी पुजाकी थालि हौ…’, ‘हेरिदेउन छड्के छड्के…’, ‘दुर्गाले मुर्गा बनाई’ जस्ता गीत स्रोता/दर्शकको रोजाइमा छन् ।...
सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा सार्वजनिक हुने
मनोरन्जन, समाचार

सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा सार्वजनिक हुने

अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ यही असार २९ गते रिलिज हुने भएको छ । रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलाई राखिएको छ । यो चलचित्रमा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय रहेको छ । नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्माको पनि यस चलचित्रमा अभिनय रहेको छ । चलचित्रको विषयबारे प्रष्ट पार्दै निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए । “पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजी को कथामा गएर म अड्किएँ । त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ । मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो” खनालले भने, “लेख्ने...
लेखनाथ पोखरेलको उपन्यास ‘वनिता’ पाठकमाझ
मनोरन्जन, समाचार

लेखनाथ पोखरेलको उपन्यास ‘वनिता’ पाठकमाझ

काठमाडौं । लेखनाथ पोखरेलको उपन्यास कृति ‘वनिता’ पाठकमाझ आएको छ । यसअघि नियात्रासङ्ग्रह ‘फकलीकोे गाउँ’, कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ र हास्यनिबन्ध ‘चिबे(नकटो’ जस्ता कृति सार्वजनिक गर्नुभएका स्रष्टा पोखरेलको पछिल्लो कृति उपन्यास ‘वनिता’ पाठकमाझ आएको हो । सावित्री पोखरेल प्रकाशक रहनुभएको २८४ पृष्ठको यस कृतिको मूल्य ६०० रुपैयाँ राखिएको छ । इप्रेश प्रा.लि.मा मुद्रण गरिएको यो उपन्यासलाई पत्रकार कृष्ण भुसालले सम्पादन गर्नुभएको हो । उपन्यासमा ‘पूर्वाद्र्ध, फूलबारी, जिम्दार्नी बज्यै, मनको मयूर, बचेराको उडान, अल्लारे यौवन, बहकिँदो मन, लेखान्त, सत्पाहन्त, पुनर्मिलन, अन्तद्र्वन्द्व, लगनगाँठो र रङ्गमञ्च’ जस्ता उपशिर्षकहरू रहेका छन् । शृङ्गारिक उपन्यास ‘वनिता’ पोखरेलको चौथो कृति हो । ‘मैले हाम्रै परिवेशमा भएका विभिन्न समयका पदचाप, घटनाक्रमलाई उपन्यासका रूपमा यहाँहरूसमक्ष प्रस्तुत गरेको छु । बाँक...
आउदो शनिबार गोदावरीमा निशुल्क एक दिने स्वास्थ्य शिविर हुँदै
समाचार, स्वास्थ्य

आउदो शनिबार गोदावरीमा निशुल्क एक दिने स्वास्थ्य शिविर हुँदै

गोदावरीमा एक दिने निशुल्क स्वास्थ्य शिविर हुन लागेको छ । नेपाल- पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ तथा गोदावरी नगरपालिका वडा न. ३ को सयुक्त आयोजनामा गोदावरीमा एक दिने निशुल्क शिविर आयोजना हुन लागेको हो। निशुल्क शिविर यहि असार २ गते शनिबार बिहान ९ बजे देखि २ बजे सम्म संचालन हुने आयोजकले बताएका छ्न् । गोदावरी वडा ३ का सर्वसाधारणहरुलाई प्रत्यक्ष लाभ हुने गरी शिविर संचालन गर्न लागिएको वडा ३ का वडाध्यक्ष राज घिमिरेले जानकारी दिनुभयो । शिविरमा बाल रोग,हाड जोर्नी ,नशा सम्बन्धि समस्या,स्त्रीरोग एवम् जनरल मेडिसिन सेवा निशुल्क रुपमा प्रदान गरिने आयोजकले जनाएको छ । निशुल्क स्वास्थ्य सेवाको लाभ लिन वडा ३ ले अनुरोध समेत गरेको छ । शिविर श्री सिद्धेश्वर आधारभुत विधालय,वार्ड ३,किटिनीमा संचालन हुने जनाईएको छ ।...
प्राश्ना श्रेष्ठले जितिन् एसईई प्रिन्सेस २०२३ को ताज
मनोरन्जन, समाचार

प्राश्ना श्रेष्ठले जितिन् एसईई प्रिन्सेस २०२३ को ताज

काठमाडौं, ३० जेठ । सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको ‘नामी कलेज एसईई प्रिन्सेस २०२३ को ताज प्राश्ना श्रेष्ठले जितेकी छिन् । विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसईई परीक्षा दिएकी १६ वर्षिया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितेकी छिन् भने विधागत अवार्डतर्फ मष्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भइन् । त्यसै गरी फष्र्ट रनरअप अदिती शर्मा भइन भने उनले विधागत अवार्डतर्फ पर्सनालिटी अवार्ड पनि जित्न सफल भइन् । सेकेण्ड रनरअप अनुष्का श्रेष्ठ भइन् भने उनले विधागत अवार्डतफ भिर्योस च्वाइस अवार्ड प्राप्त गरिन्, थर्ड रनरअप लमजुङकी कृतिका श्रेष्ठ भइन् भने उनले भोटीङ मार्फत पपुलर अवार्ड पनि प्राप्त गरिन् । फोर्थ रनरअपको ताज प्रतिष्ना कार्की जित्न सफल भइन् भने उनले विधागत अवार्डतर्फ क्रियटिभ अवार्ड पनि जित्न सफल भइन् । त्यसैगरी अन्य विधागत अवार्ड तर्फको ‘सिन्सियर सजना त...
बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्षमा कमल ढकाल
खेलकुद, समाचार

बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्षमा कमल ढकाल

कमलप्रसाद ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता, नेपाल पेन्टाथलोन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको समापतित्वमा काठमाडौंमा उपस्थित खेलकर्मीको भेलाले ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरेको हो । संघको उपाध्यक्षमा दिलकुमारी नेपाल, मिलन खड्कार र रवी किरण खड्का चयन भएका छन् । यस्तै सचिवमा कृष्णप्रसाद लामिछाने र कोषाध्यक्षमा ध्रुव पोखरेल चयन भएको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले जानकारी दिएको छ । त्यस्तै संघको सदस्यहरुमा भिकटर राणा, मनिष अर्याल, विकास खेतान, डिल्लीराम श्रेष्ठ, शुष्मा थापा, तीर्थराज गौतम र प्रेमकुमार अर्याल चयन भएका छन् । मोडर्न पेन्टाथलन एउटा ओलम्पिक खेल हो, जसमा फेन्सिङ, फ्रिस्टाइल पौडी, इक्वेस्ट्रियन शो जम्प...
‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा
मनोरन्जन, समाचार

‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा

काठमाडौं, २९ जेठ र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा हुनेभएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रिन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो । हिपहप र ‘र्‍याप गीत संगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटि शोको आयोजना गरिएको यसका निर्देशक आदित्यविक्रम अछामीले बताउनुभयो । ‘हामीले हिपहप र ‘र्‍याप गीत संगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटि शो को आयोजना गरेका छौ । पहिलो शो बाट नै हामी धेरै उत्साहित भएका छौ’, निर्देशक अछामीले भन्नुभयो । अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेति (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुग्नुभएको छ । उहाँहरू मध्ये असार २ गते हुने अन्तिम प्रतिस्पर्धामा एक जना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्रकण सम्पन्न
मनोरन्जन, समाचार

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्रकण सम्पन्न

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्रकण सम्पन्न भएको छ । महोत्सवमा दीया मास्के उत्कृष्ट अभिनेत्री र मुकुन भुसाल उत्कृष्ट अभिनेता घोषित हुनुभयो । दीयाले चलचित्र ‘प्रकाश’ र मुकुन ‘झिँगे दाउ’ उत्कृष्ट हुनुभएको हो । काभ्रेको भकुण्डेबेंसीमा सम्पन्न महोत्सवमा उत्कृष्ट फिचर फिल्मको अवार्डसमेत ‘झिंगेदाउ’ले जितेको छ । उक्त अवसरमा फिचर फिल्म ‘प्रकाश’ले जुरी अवार्ड तथा चलचित्रका लेखक विकास सुवेदीले उत्कृष्ट पटकथा र निर्देशक दिनेश राउतले उत्कृष्ट निर्देशकको अवार्ड चुम्नुभयो । चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गर्नुभयो । उक्त अवसरमा उत्कृष्ट फिचर फिल्म छायांकारको अवार्ड पनि ‘डेसान’ले प्राप्त ग¥यो । छायांकार चक्रबहादुर महर्जनले उक्त अवार्ड प्राप्त गर्नुभयो । उत...
गोदावरीमा पर्यटकका लागी क्युआर स्क्यान बोर्ड
अर्थ/व्यापार, समाचार

गोदावरीमा पर्यटकका लागी क्युआर स्क्यान बोर्ड

ललितपुर । ललितपुर जिल्ला स्थित गोदावरी पर्यटनका हिसाबले सुन्दर र आकर्षक क्षेत्र हो । विशेषत: छुट्टीका दिनमा यस क्षेत्रमा भिडभाड हुने गर्दछ। शान्त सितल ठाउँमा रम्न र हरिया डाडाकाडा हेर्न पर्यटक लालायित हुन्छन् । धार्मिक हिसाबले पनि यो क्षेत्र घुम्न लायकको ठाउँ मानिन्छ। सुन्दर पर्यटकीय क्षेत्र गोदावरीमा क्युआर स्क्यान बोर्ड राखिएको छ।गोदावरी नगरपालिका वडा न. ३ मा पर्यटन प्रवर्द्धन हेतु क्युआर स्क्यान बोर्ड राखिएको हो। क्युआर स्क्यान गरेर पर्यटकले यस क्षेत्रको सम्पुर्ण जानकारी लिन सक्दछ्न। गोदावरी घुम्न आउने पर्यटकलाई वडा भित्र रहेका सम्पुर्ण मठ मन्दिर , स्कुल कलेज , होटल ,रेष्टुरेन्ट , माहुरी पालन मत्स्य पालन , हर्बेरिम , गार्डेन , बनस्पति,मार्वल डाडा आदि सबैको अडियो, भिडियो ,फोटो र ति ठाउहरुको छोटो लिखित जानकारी सहितको क्युआर स्क्यान वोर्ड वडाका पोल र चोकमा राखि घुम्नका लागि सहज बनाउने प...
श्रीलंकामा समाजसेवी रन्जिता गुरुङ्गलाई विशेष सम्मान
समाचार, समाज

श्रीलंकामा समाजसेवी रन्जिता गुरुङ्गलाई विशेष सम्मान

कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । समाजसेवी रन्जिता गुरुङ्गलाई श्रीलंकाको राजधानी कोलम्वो स्थित होटल जेष्ट मेट्रोपोलमा आयोजित भव्य समारोहमा उक्त सम्मान प्रदान गरिएको हो । एक दशक भन्दा लामो समयदेखि समाज सेवामा सक्रिय गुरुङ्गलाई श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्र,सहोदराथ्वेय पियसतहन फाउण्डेसन श्रीलंकाका प्रमुख दनुस्का जयसिंघे तथा पर्यटन व्यबसायी एवं ईस्ना होलीडेजका प्रमुख निशानत परेराले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए । रन्जिता फाउण्डेसनका संस्थापक अध्यक्ष समेत रहेकी गुरुङ्गले असहाय वालवालिकाहरुको शिक्षा दिक्षाका निमित्त सहयोग गर्दै आईरहेकी छिन भने तराईमा वाढि पहिरोबाट घरवार विहिनका लागि थुप्रै स्थानमा घर निर्माण गरि हस्तान्तरण गर्दै आएकी छिन । थुप्रै परिवार विहिन वालवालिकालाई संरक्षण प्रदान गर्दै आईरहेकी समाज...