समाचार

शिव प्रसाद पौडेलले सार्वजनिक गरे प्रतिबद्धता पत्र
अर्थ/व्यापार, समाचार

शिव प्रसाद पौडेलले सार्वजनिक गरे प्रतिबद्धता पत्र

समीर लामा,काठमाडौ । एनआरएनए जापानको निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी घोषणा गरे सङगै काम गर्ने योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । चुनाव हुन केही हप्ता मात्रै बाकी रहेकाले एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पुर्ण मतदाताहरुलाइ भोटको समेत अपिल गरेका छन । कोभिड -19 को बेला जापानमा रहेका थुप्रै नेपालीहरुलाइ खोप ब्यवस्थापन देखि नेपाल आउन सहज बाताबरण समेत मिलाइ सबैको नजरमा पर्न सफल भएका कारण आफुले जित्नेमा बिश्वस्त रहेको पौडेलले जानकारी दिएका छन। प्रतिबद्धता पत्र १- वैदेशिक रोज़गारलाई सुरक्षित र मर्यादित बनाऊनको लागी सम्बन्धित निकायहरुमा पहल गर्ने। २) श्रमिकको हक अधिकारको लागि बिचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पिडित बनाईने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम संचालन गरिने । ३) विदेशमा जाने ...
उपरथी श्रेष्ठ रचित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

उपरथी श्रेष्ठ रचित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’सार्वजनिक(भिडियो)

नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा रचना गरिएको ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा युवा सङ्गीतकार राजेन्द्र बजगाइँले संगीत दिनुभएको उक्त म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो । नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे वर्णित र राष्ट्रिय भावनाबाट ओत प्रोत सो कृतिमा नेपाली सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ । नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिब दुई सय ६१ वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निःस्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को भिडियोमा प्रस्तुत गरिएको छ । स्रष्टा श्रेष्ठले एक वर्षअघि रचना गरिएको गीतलाई हाल आएर म्युजिक भिडियो मार्फत सार्वजनिक गरिएको हो । नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दिन...
तिजको अवसरमा मन्दिरा खड्कालाई ‘राष्ट्रिय नारी सम्मान’
अर्थ/व्यापार, समाचार

तिजको अवसरमा मन्दिरा खड्कालाई ‘राष्ट्रिय नारी सम्मान’

काठमाडौं । वरिष्ठ कस्मेटोलोजीष्ट तथा सौन्दर्यविद मन्दिरा खड्का ‘हायु’ एक कार्यक्रमका वीच सम्मानित भएकी छिन । राजधानीको रोयल बैक्वैट,तिनकुनेमा आयोजित राष्ट्रिय नारी सम्मान २०८० को भव्य समारोहका वीच प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना,वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल तथा वरिष्ठ गायिका तारा थापाले संयुक्त रुपमा उनलाई सौन्दर्यकला सम्मानबाट सम्मानित गरिएको हो । खड्का लामो समयदेखि सौन्दर्यविद तथा कस्मेटोलोजीष्टको रुपमा परिचित छिन । नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रुपमा मनाउँदै लामो समयदेखि सौन्दर्यकला र समाजमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर स्वरुप कस्मेटोलोजी खडकालाई “राष्‍ट्रिय नारी सम्मान” बाट सम्मानित गरिएको कार्यक्रम आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी गराए । थुप्रै संघ संस्थाबाट सम्मानित भैसकेकी खडकाले नेपालमा हुने विशेष ईभेन्टहरुको समेत मेकअपको जिम्मेवा...
‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी
समाचार, समाज

‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी

जिन्दगी यस्तै त हो कान्छा       जिन्दगी यस्तै त हो कान्छाउमेर चढ्दै गएपछि सन्तान परदेशिएपछिरुखोसुखो घर कटेरामै बाँधिएपछिबिग्रेको बाटोमा चिप्लेपछिघरि–घरि लडिन्छउठ्यो–लड्खडाएर फेरि हिँड्योयस्तै त छ हो कान्छायो जिन्दगी बाउबाजेको बिँडो थामी खाकोकहिलेकाहीँ त लाग्छपुरानो बिग्रेको मोटरजस्तोएउटा चक्का पञ्चर हुन्छटाल्यो काम चलायोघरिघरि हावा खुस्किन्छबनायो फेरि स्लिप खान्छस्टेरिङ नै बटारिने गरीठोकठाक गरेर दगुर्यायोफेरि कहिले तअँध्यारोमा हेड लाइट नै बल्दैनगुलुब जलेछ भन्योमधुरो साइड लाइटलेजेनतेन बाटो धान्योलोडसेडिङ हो क्यारेझ्याप्प–झ्याप्प बत्ति जानेटुकी बालेर अलि–अलि फुटेकोनिक्कै पहिला नेपाल शहर जाँदाछोराले हाल्देकोपावरको चश्माले काम चलाएजस्तैअलिक अप्ठेरो बाटोमा तजिउ पनि हल्लिन्छएक नम्बर गियरमा हिँड्दा पनि,पुरानो मोटरकोहर्न बाहेक सबै बजेजस्तोशायद–उमेरले थिचेपछिव्यवहारल...
स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा सम्पन्न
मनोरन्जन, समाचार

स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा सम्पन्न

नृत्य निर्देशक सघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगिता बागमती प्रदेशका प्रदेश सभासदस्य ईन्जिनियर अमन मास्केको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उपत्यकाको २० स्कुलले भाग लिएको प्रतियोगितामा कौसल माध्यामिक बिद्यालय प्रथम, नवोधित विध्याकुञ्ज र शुभकामना स्कुल दोस्रो, त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तृतिय भएका छन् । संस्थाका अध्यक्ष टेकबहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव रवी कार्कीले स्वागत मन्तव राख्नुभएको थियो । कार्यक्रममा नृत्य निर्देशक संघ केन्द्रीय अध्यक्ष भुवनदाश श्रेष्ठ, नृत्य निर्देशक संघ तार्केश्वोर नगर कमिटि सल्लाकार एवम् वरिष्ठ कलाकार उत्तम केसी हिमरश्मि स्कुलका प्राध्यापक लोकेन्द्रबहादुर खड्का विशेष अतिथि रहनुभएको थियो ।...
आउदो शनिवार ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलको तीजको तीज मेला
अर्थ/व्यापार, समाचार

आउदो शनिवार ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलको तीजको तीज मेला

ग्लोवल टुुरिजम प्रोमोसन काउन्सीलले तीजको अवसर पारेर तीज मेलाको आयोजना गर्ने भएको छ । भाद्र ३० गते आयोजना हुने कार्यक्रममा ख्याती पाएका कलाकारले प्रस्तुति दिने छन् । कार्यक्रममा बिभिन्न पेशा ब्यावसायमा ख्याती कमाएका महिला दिदी बहिनीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन बिभिन्न खेलसमेत खेलाइने छ । यसका अलावा प्रतियोगितात्मक खेलमा बिजयीलाई बिषेश पुरस्कार र सम्मनकोे ब्यावस्था पनि गरिएको आयोजकले जनाएको छ । निभिया मुख्य प्रायोजक र एन प्लस प्रोफेसनल, २ पीएम नुडल्स, यूटर्न इन्टरनेशनल, द रेमण्ड शप रहेका छन् । मिडिया पार्टनरमा निखिला मिडिया र टेलिभिजन पार्टनरमा मूनलाईट टेलिभिजन रहेको छ । ग्लेवल टुरिजम र गन्तब्य फेमिलिले आयोजना गरेको कार्यक्रम पिंगलास्थानमा रहेको राइन होटलमा हुने छ ।...
उपभोक्ता हित संरक्षणमा साल्ट ट्रेडिङको महत्त्वपूर्ण टेवा  :मन्त्री रिजाल
अर्थ/व्यापार, समाचार

उपभोक्ता हित संरक्षणमा साल्ट ट्रेडिङको महत्त्वपूर्ण टेवा :मन्त्री रिजाल

काठमाडौँ । मुलुकमा सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गरेको छ । साल्ट ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाली उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा पनि योगदान गर्नुपर्ने बताए । आन्तरिक उत्पादनले मात्र माग पूरा नहुने अवस्थामा उपभोग्य वस्तु आयात गरी उपभोक्ता हित संरक्षणमा टेवा पु¥याउन साल्ट ट्रेडिङले महत्त्वपूर्ण भूमिका खेलेको र सार्वजनिक–निजी अवधारणाको दरिलो उदाहरण बनेको मन्त्री रिजालको भनाइ छ । “आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारका अतिरिक्त कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पु¥याउन सकेमा संस्थाको महत्त्व अझ बढ्दै जानेछ । कर्पोरेशनले भविष्यम...
चौथो जिनियस म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

चौथो जिनियस म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । समारोहमा हिमालय टाइम्सका कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिएको थियो । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्...
गायक युवराज छन्त्यालको ‘छन्त्याल परे म त’ सार्वजनिक
मनोरन्जन, समाचार

गायक युवराज छन्त्यालको ‘छन्त्याल परे म त’ सार्वजनिक

काठमाडौै ।  आफ्नो पहिचान कस्लाई प्यारो हुदैन र ? तर पहिचान मात्रै भन्ने भन्दा पनि आफ्नो पहिचानलाई फैलाउनु महत्त्वपूर्ण कुरा हो । यही काममा लागेका छन्  गायक युवराज छन्त्याल । उनले एउटा गीत निकालेका छन । जसको बोल छ,"छन्त्याल परे म त" । मेला महोत्सवमा घन्किने प्रकारको यो गीतलाई लिएर युवराज उत्साहित पनि छन । लामो समय यता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर भरेका छन । "बजाउँदै पञ्चे बाजा" बोलको गीतबाट उनले मौलिक गायकको अवार्ड पाएका छन । त्यस्तै उनको अर्को गीत "पैसा वाला हेर्छन्" बाट बेस्ट लोकदोहोरी कम्पोजर नोमिनेसनमा परेको थियो । त्यस्तै यही गीत कि अर्की गायिका जया छन्त्यालले पनि दर्जनौं गीत गाएकी छन । https://youtu.be/cSUsue1fxPs सरिता छन्त्यालले त झन २,३ वटा एल्बममा नै स्वर भरेकी छन । भने यी गीतको शब्द संगीत युवराज कै रहेको छ । अमृत, ...
फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
समाचार, समाज

फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं । फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवको अवसरम आयोजित फुरलिमा फाउण्डेसन रक्तदान कार्यक्रम  बृहत रुपमा सम्पन्न भएको छ। त्रि-पद्म रोभर/रेन्जर क्र्युको सहकार्यमा पुल्चोक स्थित त्रि- पद्म बिद्याश्रम मा.बि.को प्राङ्गणमा संचालित रक्तदान कार्यक्रम १०९ जना रक्तदाताले रक्तदान गरेका थिए  ।निकै नै भब्य सब्य रुपमा कार्यक्रम सम्पन्न भएको कुरा मा.बि.का प्रधानाध्यापक हरि प्रसाद खनाल बताउनुहुन्छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संचालित उक्त कार्यक्रममा फाउन्डेसनका पदाधिकारी,ग्रेस इभेन्ट्सका पदाधिकारी ,त्रि-पद्म मा.बि. का शिक्षक तथा कर्मचारी ,नेपाल स्काउट्स का सदस्यहरु,रोभर/रेन्जर तथा स्थानीय युवाहरुको बिशेश उपस्तिथि साथै सहभागीता रहेको थियो। रक्तदान गर्नुहुने सम्पुर्ण दयालु एवं मनकारी रक्तदाताहरुलाइ हृदय देखि बिशेष धन्यवाद दिदै उक्त कार्यक्रममा सहयोग गर्नुहुने सहयोगी हातहरु...