समाचार

भदौ महिनाको ‘पुलिस अफ दी मन्थ’ भए पोखरेल र थापा
समाचार

भदौ महिनाको ‘पुलिस अफ दी मन्थ’ भए पोखरेल र थापा

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी सहायक हवल्दार इन्द्रमणी  भदौ महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषित भएका छन् । वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्धा हेर्ने पोखरेलको टोलीले ठगी गर्ने म्यानपावर तथा तिनका संचालकहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन ठुलो भूमिका निर्वाह गरेको भन्दै उनलाई ‘पुलिस अफ दी मन्थ’ घोषणा गरीएको हो। पोखरेलको टोलीले युके, माल्टा र प्रोचुगल लगायतका देशमा आकर्षक तलव सुबिधा सहित पठाईदिने बहानामा दुई करोड बढी रकम असुल गरी फरार रहेका २२ जना ब्याक्तिहरुलाई भदौ महिनामा पक्राउ गरेका थिए। प्रहरीका बिभिन्न निकायमा रहेर अनुसन्धान काम गरेका पोखरेल प्रहरीमा अब्बल मानिन्छन।  उपत्यकामा उत्कृष्ट काम गरेबापात रानीपोखरीका  प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले एक महिना अघि  समेत सम्मान उनलाई गरेका थिए।  त्यस्तै २०८० सालमा समेत उनी उत्कृष्ट का...
संचारकर्मी राजलाई भारतिय अभिनेत्री पुनमले प्रदान गरिन ‘उत्कृट संचारकर्मी’को अवार्ड
मनोरन्जन, समाचार

संचारकर्मी राजलाई भारतिय अभिनेत्री पुनमले प्रदान गरिन ‘उत्कृट संचारकर्मी’को अवार्ड

विश्वकै सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरेर विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेल राजलाई भारतको पटनास्थित भव्य हल सांग्रिला प्यालेसमा आयोजित एक समारोहका वीच नेपालको उत्कृष्ट संचारकर्मीको रुपमा सम्मानित गरिएको छ । बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन, आयोजक समितिका अध्यक्ष डा.शिखा नरुला तथा मिसेस ईण्डिया प्रतिभा प्रसादको हातबाट उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस भारत प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले संचारकर्मी लुईटेललाई नेपालका लागि यो वर्षको उत्कृष्ट संचारकर्मीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।विहारका शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोहमा बलिवुडकी प्रख्यात अभिनेत्री पुनम ...
राष्ट्रिय गौरवको आयोजनाको काममाथी गम्भिर प्रश्न
अर्थ/व्यापार, समाचार

राष्ट्रिय गौरवको आयोजनाको काममाथी गम्भिर प्रश्न

मेलम्ची खानेपानी आयोजना अन्र्तगत काठमाण्डौंका सडकमा बिछयाउदै गरिएका पाईपका गुणस्तरमा प्रश्न उठेको छ । आयोजना कार्यान्वयन निर्देशनालय ‘पिआईडी’ ले चिनबाट पाईप ल्याउन र बिछयाउन जिम्मा दिएको हुवासुई कम्पनीले बदमासी गरेको भन्दै नेपाली ठेकेदार कम्पनीले पत्रकार सम्मेलन नै गरेको छ । मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै प्रकृति पुजन निर्माण एण्ड सप्लार्यसले राष्ट्रिय गौरवको आयोजनाको काममाथी नै गम्भिर प्रश्न उठाएको छ । गत शनिबार कुपण्डोलको मुख्य सडक नै भासिएर पानी निस्कनु,केहि महिनाअघि सोह्रखुट्टेमा सडक भासिएर चालक र यात्रुसहित मोटरसाईकल सडकभित्र खस्नु तथा माछापोखरी क्षेत्रमा खानेपानीको पाईप फुटेर जनताको घर पसल जलमग्न हुदैगर्दा प्रकृति पुजनले उठाएको विषयले अझै काठमाण्डौंका सडकमा यसअघि नै बिछयाईएका पाईपको गुणस्तरीयताबारे थप सशंकित बनाएको छ । प्रकृति पजनका सञ्चालक जनकराज घिमिरेले सुन्दरीजलदेख...
मिस हिमालय तथा मिसेस हिमालयन आईकनको पहिलो अडिसन सम्पन्न,इच्छुकले सम्पर्क राख्न सकिने
मनोरन्जन, समाचार

मिस हिमालय तथा मिसेस हिमालयन आईकनको पहिलो अडिसन सम्पन्न,इच्छुकले सम्पर्क राख्न सकिने

काठमाडौै । द हिमालयन प्याजेन्ट तथा एपी व्यूटी पार्लरको संयुक्त आयोजनामा हुन लागेको मिस हिमालय नेपालको दोश्रो संस्करण एवं मिसेस हिमालनय आईकन नेपालका लागि छनौट कार्य शुरु भएको छ । नयां बानेश्वर स्थित एलिनाज बेकरीमा सम्पन्न पहिलो अडिसन सफलता पूर्वक सम्पन्न भएको आयोजक समितिका अध्यक्ष तथा सौन्दर्यविद अपसना नेवाले जानकारी दिईन । करिव डेढ दर्जन ईच्छुक प्रतियोगीहरुको छनौट कार्य सम्पन्न भएको पहिलो अडिसनका निणार्यकहरुमा वरिष्ठ नायक सरोज खनाल,चर्चित नायक सलोन बस्नेत,सुचित्रा श्रेष्ठ,सुशान्तकाजी श्रेष्ठ तथा विजया अधिकारी रहेका थिए ।विवाहित तथा अविवाहित महिलाहरुले आवेदन दिन सकिने उक्त प्रतियोगिता अदृश्य प्रतिभालाई दृष्टिगत गराउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्था द हिमालयन प्याजेन्टकी अध्यक्ष एवं सौन्दर्यकर्मी अप्सना नेवाले जानकारी दिईन । पहिलो संस्करण अविवाहित महिलाहरुको मात्र प्रतियोगीता ग...
चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सव भव्यरुपमा सम्पन्न 
मनोरन्जन, समाचार

चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सव भव्यरुपमा सम्पन्न 

काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा “चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै आयोजना गर्दै आईरहेको स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिवल २०२४ को यो चौेश्रो संस्करण हो, यस संस्करणको लागि नेपालका अलवा भारत, दक्षिण अफ्रीका, अस्ट्रिया, फ्रांस, संयुक्त राज्य अमेरिका, श्रीलंका, अफगानिस्तान, डेनमार्क, हङ्कङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, रसिया, स्पेन, स्वीडन लगायत १७ वटा देशका ९५ भन्दा बढी पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतका ...
एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट १२ औँ वर्षमा प्रवेश: दर्जनौँ व्यक्तिहरु भए सम्मानित
मनोरन्जन, समाचार

एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट १२ औँ वर्षमा प्रवेश: दर्जनौँ व्यक्तिहरु भए सम्मानित

 कर्म अनुसार आआफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने आदर्श वाणीलाई आत्मसाथ गर्दै राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ ऐतिहासिक रुपमा सम्पन्न भएको छ । एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १२ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८१ भाद्र ३१ गते सोमबार चलचित्र विकास बोर्डमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, प्रिन्टिङ्ग प्रेस, पर्यटन, पत्रकारिता, गीत संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउनुभएका चार दर्जन भन्दा धेरै व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) ले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अभिनेता शिव श्रेष्ठ, विशिष्ट अतिथि चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डि.सि, वि...
सत्यकलालाई भारतमा उत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड
मनोरन्जन, समाचार

सत्यकलालाई भारतमा उत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड

मोडल तथा ईभेन्ट डाईरेक्टर सत्यकला तामाङ्ग लामालाई भारतमा यो वर्षको सर्वोत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड प्रदान गरिएको छ । भारतको पटनास्थित भव्य हल सांग्रिला प्यालेसमा आयोजित ग्लोबल स्टार अवार्डमा आयोजित समारोहमा अभिनेत्री समेत रहेकी लामालाई उक्त अवार्ड बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन,आयोजक समिति अध्यक्ष डा.शिखा नरुला,मिसेस ईण्डिया प्रतिभा प्रसादको हातबाट उक्त अवार्ड प्रदान गरिएको थियो । लामो समयदेखि नेपाली मनोरन्जन क्षेत्रमा सक्रिय एवं थुप्रै म्यूजिक भिडियोको मोडल समेत रहेकी लामालाई देश तथा विदेशमा उत्कृष्ट ईभेन्ट आयोजना गरि सफल ईभेन्ट डिरेक्टरको रुपमा ख्याती कमाएकाले उक्त अवार्ड प्रदान गरिएको आयोजक समिति अध्यक्ष डा.शिखाले जानकारी दिईन । तामाङ्ग चलचित्रकी लोकप्रिय नायिका सत्यकला एक सफल खेलाडी समेत हुन ।भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको ज...
महिला चेम्बरकी अध्यक्ष श्रेष्ठलाई भारतमा उत्कृष्ट महिला उद्यमीको अवार्ड
अर्थ/व्यापार, समाचार

महिला चेम्बरकी अध्यक्ष श्रेष्ठलाई भारतमा उत्कृष्ट महिला उद्यमीको अवार्ड

साल्ट ट्रेडिङ्ग कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ भारतको पटनामा ग्लोबल स्टार अवार्डबाट सम्मानित भएकी छिन । चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी श्रेष्ठले नेपालमा लामो समयदेखि एक सफल महिला उद्यमीको रुपमा देश तथा विदेशमा आफ्नो छवि उच्च बनाएको तथा नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिए बापत उनलाई यो बर्षको उत्कृष्ट अन्तराष्ट्रिय महिला उद्यमीको अवार्डबाट सम्मानित गरिएको आयोजक समितिका प्रमुख डा.शिखा नरुलाले जानकारी दिईन । भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस भारत प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले श्रेष्ठलाई नेपालका लागि यो वर्षको उत्कृष्ट महिला उद्यमीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।विहारका शिक्षा तथा प्रविधि मन्त्री...
इन्डेक्स एक्स्चेन्ज यूएईको नेपाली लक्षित विशेष योजना सार्वजनिक
अर्थ/व्यापार, समाचार

इन्डेक्स एक्स्चेन्ज यूएईको नेपाली लक्षित विशेष योजना सार्वजनिक

काठमाडौं । इन्डेक्स एक्स्चेन्ज यूएईले नेपाली ग्राहकहरूलाई लक्षित गरि विशेष योजना ल्याएको छ । यूएईमा रहेको विभिन्न एक्स्चेन्जहरू मध्ये अग्र स्थानमा रहेको एक्स्चेन्जले नेपाली गा्रहकहरूको लागि छुट्टै योजना ल्याएको हो । एक्स्चेन्जले हरेक बर्षहरूमा जस्तै यस वर्षपनि ‘वीन अ मिलियन’ को तेस्रो संस्करण लिएर आएको छ। जस अन्तर्गत यूएईमा रहेका नेपालीहरूले इन्डेक्स एक्स्चेन्जबाट नेपाल पैसा पठाउदा लक्की ड्र मार्फत नगद १० लाख रूपैयाँ जित्ने छन । साथै प्रत्येक लक्की ड्र मार्फत २५ जनालाई नेपाल जाने हवाई टिकट उपाहार जित्न सक्ने सिद्धार्थ बैकका यूएईस्थित बिप्रेशण विभाग प्रमुख नविन पौडेलले जानकारी दिए । इन्डेक्स एक्स्चेन्ज यूएईले पछिल्ला वर्षहरूमा पनि नेपाली समुदायहरूलाई लक्षित गरि ल्याइएका योजनाहरुमा धेरै नेपालीहरू लाभान्वित भएका थिए। एक्स्चेन्जले केही समय अधि ल्याएको योजना अन्तर्गत रुपन्देहीका नुरुद्दीन...
नेपाल भाषाको कालजयी गीत ‘राजमती ‘अब नेपाली भर्सनमा(भिडियो)
मनोरन्जन, समाचार

नेपाल भाषाको कालजयी गीत ‘राजमती ‘अब नेपाली भर्सनमा(भिडियो)

काठमाडौ । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत ‘राजमती ‘को नेपालीभाषामा पनि पुन लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रम बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘राजमती ‘गीतको नेपाली भर्सन सार्वजनिक गर्नु भएको छ । नेपालको पहिलो गायक सेतुराम प्रधानले बिस १९६५ ताका भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका राजमती सहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए । नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो । https://www.youtube.com/watch?v=S33t7Fv9R5E गएको दुई स...