समाचार

थप ४३९२ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु
समाचार, स्वास्थ्य

थप ४३९२ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

 नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ५ सय २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ। पछिल्लो २४ घण्टामा १६५३१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ भने ४ हजार ८ सय ८ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ।...
सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, २ लाख ७३ हजारले पाए १०/१० कित्ता
अर्थ/व्यापार, समाचार

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, २ लाख ७३ हजारले पाए १०/१० कित्ता

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ। असोज २१ देखि २५ गतेसम्म निष्कासन तथा बिक्री गरेको सेयरलाई बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले बिहान साढे ८ बजे बाँडफाँट गरेको हो। आवेदकमध्ये २ लाख ७३ हजार जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन्। कम्पनीले सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्री गरेको हो। उक्त सेयरमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। बाँकी रहेको ८ लाख ६३ हजार ५४५ योग्य आवेदकमध्येबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ताको लागि आवेदन परेको थियो। क्यापिटलले उक्त योग्य आवेदनलाई गोलाप्रथाद्धारा बाँडफाँट गरेको छ। आवेदकमध्ये ५ लाख ९० हजार ५४५ जनाको हात खाली भएको छ। कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ...
कोरोनाको समयमा कुनै पनि कर्मचारी निष्काशन गरिएको छैनः नर्भिक
अर्थ/व्यापार, समाचार

कोरोनाको समयमा कुनै पनि कर्मचारी निष्काशन गरिएको छैनः नर्भिक

नर्भिक अस्पतालले कोभिडको समयमा कुनै पनि कर्मचारीलाई बलजफ्ती निष्काशन नगरेको जनाएको छ। ठूलो संख्यामा स्टाफ नर्सलाई विदामा राखिएको, सफाईकर्मीहरुलाई जबरजस्ती निष्काशन गरिएको भन्ने जस्ता समाचारमा कुनै सत्यता नरहेको भन्दै अस्पतालले आन्तरिक कर्मचारी व्यवस्थापन विनियम बमोजिम उमेरको हदबन्दी नाघेका र कार्य सम्पादनको आधारमा श्रम ऐन बमोजिम आवश्यक सुविधा दिई केही कर्मचारीहरुलाई सेवानिवृत गरिएको स्पष्ट पारेको छ। सो विषयलाई बढाईचढाई गरी भ्रम छर्ने काम भएकोप्रति नर्भिकले खेद प्रकट गरेको छ। ‘नर्भिक हस्पिटलले यसअघि सम्पूर्ण कर्मचारीहरुको तलबसुविधा व्यक्तिगत खाता लक्ष्मी बैंकमा खोली जम्मा गरिँदै आएकोमा आगामी आश्विन महिनादेखि लक्ष्मी बैंकको सट्टामा युनाइटेड फाइनान्स कम्पनीमा खाता खोली कर्मचारीहरुको तलब जम्मा गरिदिने यस हस्पिटल व्यवस्थापन समितिको निर्णयअनुसार सुरु गर्न लागिएको’ बिहीबार विज्ञप्तिमार्फत स...
प्रहरी जवान पदका लागि ५ हजार बढीमा दरखास्त आह्वान
राजनीति, समाचार

प्रहरी जवान पदका लागि ५ हजार बढीमा दरखास्त आह्वान

नेपाल प्रहरीले प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ । प्रहरीले खुला, अमर/अशक्त प्रहरी परिवार र समावेशी अन्तर्गत ५ हजार २ सय २७ जना प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको हो । प्रहरी जवान पदका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ । प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर)मा दरखास्त बुझाउन सकिने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागको भर्ना छनौट महाशाखाले जानकारी दिएको छ ।...
बार्यन म्युनिखको शानदार जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

बार्यन म्युनिखको शानदार जित

डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल गरेपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा शानदार जित हात परेको छ । एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को जित हात पारेको हो । अर्को एक गोल थोमस मुलरले गरेका थिए । ३१ वर्षीय क्यामरुनी फरवार्ड यसै समरमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बायर्न फ्रि एजेन्टमार्फत आएका थिए । २४औं मिनेटमा बोउन सारको पासमा मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो । ७५औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्नले खेल ३–० ले जित्यो ।...
शिक्षकको घरमा चुलो त बाल्न दिनुस
शिक्षा, समाचार

शिक्षकको घरमा चुलो त बाल्न दिनुस

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) काठमाडौं जिल्ला समितिले शिक्षक कर्मचारीहरूको बैशाखदेखि असोजसम्मको तलब तत्काल भुक्तानी गरी दशैंमा घरमा चुलो बाल्न सक्ने वातावरण बनाईदिन माग गरेको छ । बिद्यालयले अनलाईन कक्षा संचालन गर्ने गरेको र अभिभावकसंग शूल्क पनि लिईरहेको अवस्था छ तर शिक्षकलाई भने तलब दिन आनाकानी गरिरहेकाले तत्काल तलब भुक्तानी गर्न विज्ञप्ति मार्फत माग गरेका छन् । लकडाउनको बहाना वनाइरहेका विद्यालय सञ्चालकहरु खुल्ला भएको लामो समय सम्म पनि अनेक वाहाना बनाएर तलब दिने जिम्मेवारी बाट पन्छिएको विज्ञप्तिमा भनिएको छ । निजी विद्यालय सञ्चालकहरु जिम्मेवारी बाट पन्छिएको कारण यो दशैमा आँसुले अक्षेता भिजाउनु पर्ने अवस्था आएको भन्दै यदि तलब नपाए दशै तिहार लगत्तै थोपाथोपा आशुको हिसाब गरिने चेतावनी दिएका छन । साथै विज्ञप्तिमा भनिएको छ संगठनले बिगतमा कहिलै नाफाको हिस्सा दाबि नगरेको र अहिले घाट...
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाको टीका कार्यक्रम स्थगित
राजनीति, समाचार

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाको टीका कार्यक्रम स्थगित

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्र्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो । तर राष्ट्रपति कार्यालयले भने यो विषयमा निर्णय हुन बाँकी रहेको जनाकारी दिएको छ । ‘मापदण्डअनुसार सबैलाई जानकारी भएको विषय हो, तर राष्ट्रपति कार्यालयबाट सार्वजनिक सूचना जारी गर्न बाँकी छ।’ –राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता हरिप्रसाद दहालले नेपाल समाचारपत्रसँग भने। उनका अनुसार केही दिन बाँकी रहेकाले ...
फ्रान्समा एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला, ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू
अन्तर्राष्ट्रिय, समाचार

फ्रान्समा एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला, ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू

फ्रान्समा बिहिबार कोरोनाका ३० हजार ६ सय २१ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन २२ हजार ५ सय ९१ संक्रमित भेटिएका थिए । कोरोनाका बढ्दो संक्रमित भेटिएपछि फ्रान्सको सरकारले राजधानी पेरिससहित ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ ।विश्व स्वास्थ्य संगठनले मानिसहरुको ज्यान बचाउनका लागि कडा प्रतिबन्ध लगाउन अत्यावश्यक भएको भन्दै चेतावनी दिएको छ । शनिबारदेखि लण्डनमा कोठाभित्र आयोजना हुने कार्यक्रममा पनि प्रतिबन्ध लगाइएको छ किनभने लण्डन र त्यस आसपासका इलाकामा कोभिड अलर्ट जारी गरिएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीजस्ता देशमा बिहिबार ठूलो परिणाममा परीक्षण सुरु भएपछि एकदिनमा सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् । बिहिबार रुसमा २ सय ८६ जनाको मृत्युको खबर छ । कोरोनाभाइरस फैलिएपपिछ यो रुसमा एक दिनमा भएको अहिलेसम्म सबैभन्दा धेरै मृत्यु हो । विश्व स्वास्थ्य संगठनले...
सेना र प्रहरीमा सङ्क्रमण बढ्दो
समाचार, स्वास्थ्य

सेना र प्रहरीमा सङ्क्रमण बढ्दो

नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ। बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो। यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो। त्यस्तै अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ सङ्क्रमण पुष्टि भएको थियो। नेपाल प्रहरीमा पनि सङ्क्रमित थपिँदै गएका छन्। आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १४ जनामा बिहीबार सङ्क्रमण पुष्टि भएको हो। बिहीबार मात्रै नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत तीनसहित ५१ जना सङ्क्रमित थपिएका हुन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसीआर जाँचमा ४५ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।...
सिकाइमा अनलाइन प्रभावकारी
शिक्षा, समाचार

सिकाइमा अनलाइन प्रभावकारी

कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने आँैल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ । अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक कक्षा सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा अनलाइन माध्यमबाटै विद्यार्थीको पठनपाठन अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । रेडियो, टेलिभिजनको तुलनामा दोहोरो संवाद हुनसक्ने तथा कतिपय अवस्थामा शिक्षकले निगरानीसमेत गर्न सक्ने भएकाले यसलाई बढी प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । न्यूूनतम सिकाइबिना नै विद्यार्थीको कक्षा चढाइएको अवस्थामा शैक्षिक गुणस्तरसमेत कायम हुन नसकी शैक्षिक क्षेत्रमा ठूलो क्षति हुन सक्नेसमेत औँल...