तृप्तिको स्वर विजयको संगीत र हरि उप्रेतीको शव्दमा ‘आँखैले बोलन..'(भिडियो)
काठमाडौं । वरिष्ठ गीतकार हरि उप्रेतीको शव्दमा गायिका तृप्ति खड्का गुरुङ्ग र जयेश तामाङ्गको युगल स्वरमा आँखैले बोलन..बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
अन्तराष्ट्रिय गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार उप्रेतीका यस अघिका थुप्रै गीतहरु चर्चामा रहेका छन । उनकै आफ्नै युट्यूब च्यानल हरि उप्रेतीबाट सार्वजनिक गरिएको उक्त गीतका एरेन्जर नरेश पाण्डे हुन ।
https://youtu.be/Zy9qQLAhB7k
सारेगम स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संगीत विजय गुरुङ्गले दिएका छन भने गीतको भिडियोमा स्यवं फिचर्ड रहेका छन ।
उनलाई मोडल अस्मि थापाले साथ दिएकी छिन । भिडियोेको निर्देशन समेत गुरुङ्गले गरेका छन ।
प्रकाश खड्का टिमले छायांकन गरेको भिडियोमा प्रकृतिक मनोरम दृश्यहरु कैद भएका छन ।
ड्रागन पिक्चर्समा सम्पादन गरिएको भिडियोलाई मिनल विश्वकर्माले सम्पादन गरेका हुन । भिडियोको निर्माण राधिका उप्र...









