समाचार

अनुभव, स्मारिका र सुस्लिनाले जिते नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको उपाधि
मनोरन्जन, समाचार

अनुभव, स्मारिका र सुस्लिनाले जिते नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको उपाधि

प्रतिभाशाली बालबालिकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २ को ग्रान्ड फिनाले भव्य रूपमा म्युजिक सिटी नेपाल, बलकुमारी ललितपुरमा सम्पन्न भएको छ। यस ऐतिहासिक फिनालेमा अनुभव सापकोटा, स्मारिका गोले र सुस्लिना लोहनी ले आ–आफ्नो समूहमा विजेता बन्न सफल भएका छन्। प्रतियोगिता ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा. लि. को आयोजनामा सम्पन्न भएको हो। पूर्व शिक्षा मन्त्री माननीय देवेन्द्र पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको यस कार्यक्रममा कलाकार, निर्णायक मण्डल, मिडिया प्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकसहित हजारौं दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताको मुख्य विजेता विवरण यसप्रकार छ:  ब्वाइज समूह– विजेता: अनुभव सापकोटा– (Most Popular): संस्कृत चालिसे  जुनियर गर्ल्स समूह– विजेता: स्मारिका गोले– (Most Popular): बिलेव्सम...
‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२५’ को तयारी अन्तिम चरणमा,ग्राण्ड फिनाले श्रावण १० गते
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२५’ को तयारी अन्तिम चरणमा,ग्राण्ड फिनाले श्रावण १० गते

काठमाडौं –दक्ष इन्टरनेशनलको आयोजनामा हुने सौन्दर्य प्रतियोगिता ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा दशौं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ। यही साउन १० गते शनिवारका  दिन नेपाल पुलीस क्लब, काठमाडौंको भव्य सभाहलमा प्रतियोगिताको फिनाले आयोजना गरिनेछ। कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुती समेत प्रस्तुत गरिने छ। सौन्दर्य, आत्मविश्वास र समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै विवाहित महिलाहरूको व्यक्तित्व र प्रतिभा उजागर गर्न आयोजित यस कार्यक्रमले विगतका संस्करणहरूमार्फत समाजमा सकारात्मक सन्देश फैलाउँदै आएको आयोजक संस्थाका प्रमुख टेकराज पाण्डेले जनाए । दशौं संस्करणमा प्रतिस्पर्धा गर्न लागेका मिस तर्फ सहभागीहरू यसप्रकार छन्: काव्या ढकाल सपना कुमारी सहनी अनुग्रह घिमिरे सोनिया रन्जित श्रेया वाग्ले विपना भट्टराई प्रमिला न्...
नारायण गजमेर र शान्ति श्री परियारको “चोर्यो मायाले” को टिजर सार्वजनिक
मनोरन्जन, समाचार

नारायण गजमेर र शान्ति श्री परियारको “चोर्यो मायाले” को टिजर सार्वजनिक

नेपाली गीत संगीतलाई माया गर्ने स्रष्टा बहुआयामिक गायक नारायण गजमेरले आफ्नो नयाँ गीत “चोर्यो मायाले” सार्वजनिक गर्दैछन्। दुर्गा खाती गज्मेरको प्रस्तुतिमा रहेको सोही गीतमा पछिल्लो समयमा निकै नै गीत संगीतमा ख्याति प्राप्त र दर्शक दीर्घाले मन पराएको गायिका शान्तिश्री परियारसँग उनले डुएट गीत गाएका छन्। गायिका शान्ति श्री परियार भन्छिन् – ” मैले धेरै सङ्ख्यामा गीतहरू गायता पनि मैले आज फेरि एउटा उत्कृष्ट रचना र सङ्गीतमा गाउन मौका पाएकी छुl यस गीतका स्रष्टा आदरणीय दीपकराज विश्वकर्मा दाइप्रति निकै नै आभार व्यक्त गर्न चाहन्छु। साथै आदरणीय सर गायक नारायण गजमेरसँग मेरो यो पहिलो सहकार्य भएको हो। जसरी मेरा श्रोताले मेरा डुएट गीतहरु मन पराउनु भएको छ त्यसैगरी नारायण सर सँगको मेरो सहकार्यलाई पनि मन पराइदिनुहुनेछ भन्ने म पूर्ण विश्वस्त छुl “चोर्यो मायाले “भर्खर मात्र छायांकन सम्पन्न भएको छ। सोही गीतलाई द...
ईटहरीमा खुल्यो फेसियल हाउस
अर्थ/व्यापार, समाचार

ईटहरीमा खुल्यो फेसियल हाउस

नेपालको सौन्दर्य सेवा क्षेत्रमा परिचित संस्था फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै प्रदेश नं. १ को प्रमुख व्यापारिक केन्द्र ईटहरीमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।नयाँ शाखाको उद्घाटन एक विशेष समारोहबीच ईटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्यूटिसियन सुष्मा महराले संयुक्त रूपमा रिवन काटी सम्पन्न गर्नुभयो ।उद्घाटन समारोहमा बोल्दै सुष्मा महराले भनिन्,“फेसियल हाउसले सात वर्षअघि झापाबाट सेवा आरम्भ गरेको थियो। यद्यपि, कोभिड महामारीका कारण केही समयका लागि सेवा रोकिएको थियो। अहिले हामीले पूर्वका सबै सेवाग्राहीलाई लक्षित गरी ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएका छौं। सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो।“ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले ईटहरीलाई ...
रवि बज्राचार्यको स्वरमा “निश्चल तिम्रो आँखा”, राज फैजु र अस्मिता लामिछाने अभिनय
मनोरन्जन, समाचार

रवि बज्राचार्यको स्वरमा “निश्चल तिम्रो आँखा”, राज फैजु र अस्मिता लामिछाने अभिनय

काठमाडौं, नेपाल — नेपाली संगीतप्रेमीहरूको लागि एक नयाँ रोमान्टिक पप गीत "निश्चल तिम्रो आँखा" हालै सार्वजनिक गरिएको छ, जसले युवा प्रेम, सरलता र नेपालीपनलाई कलात्मक ढंगमा प्रस्तुत गरेको छ। रुद्रांश प्रोडक्सनको प्रस्तुतिमा गित बजारमा आएको हो । गीतमा लोकप्रिय गायक रवि बज्राचार्यको सुमधुर स्वर रहेको छ भने शब्द तथा संगीत सोहन मानन्धरको सिर्जनात्मकता झल्किएको छ। https://www.youtube.com/watch?v=O6B6Ge4c-E0 संगीत संयोजन (एरेन्जमेन्ट) मा इमान विक्रम शाहले गीतलाई आधुनिकता र गहिरो भावनात्मकता प्रदान गरेका छन्। गीतको भिडियो निर्देशनमा शिरीष रत्न तुलाधरले अत्यन्तै मनमोहक दृश्य संरचना तयार पारेका छन्। क्यामेरामा अमृत ट्याटको कुशल दृष्टिकोणले प्रेम भावनालाई जीवन्त बनाएको छ। राज फैजु र अस्मिता लामिछानेको प्रमुख अभिनयले कथालाई प्रेमिल र संवेदनशील बनाउँछ, भने आरभ गौतम र एलभिरा महर्जन बालकलाकारको रूप...
गायिका हरिमाया कार्कीको ‘मधु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका हरिमाया कार्कीको ‘मधु’ सार्वजनिक(भिडियो)

गायिका हरिमाया कार्कीको तिज गीत ‘मधु’ सार्वजनिक भएको छ । गायिका हरिमाया कार्कीको एकल स्वर र शब्द रचना रहेको गीत हरिमाया कार्की अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । परम्परा र आधुनिकतालाई संगालेर, नारीको भावना, वेदना, उत्सव र प्रेमको मिठास बोकेको ‘मधु’ गीतले यसवर्षको तीजलाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ। दृश्यात्मक सौन्दर्य, सम्वादात्मक हाउभाउ र परम्परागत पहिरनले गीतलाई भावनात्मक गहिराइ दिएको छ। https://youtu.be/yaxy_6BQH3Q गीतको छायांकन, सम्पादन, ग्राफिक्स तथा रंग संयोजन सबै पक्षमा निर्देशक निर्मल प्याकुरेलको रहेको छ ।खेमराज गौतमको संगीत संयोजन रहेको छ भने, गीतको रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो। ‘मधु’ बोलको गीतमा गायिका कार्कीको एकल स्वर र शब्द रचना रहेको छ । गीतको भिडियोमा समीक्षा सुनार, जानकी पुन, यामनारायण आचार्य, सिर्जना ठकुराठी, चित्रकला खत्री, हरिमाया क...
हजारौं साधकहरूले लिए आध्यात्मिक मार्गदर्शन, गुरुलाई बुझ्ने नयाँ दृष्टिकोण
अन्तर्राष्ट्रिय, समाचार

हजारौं साधकहरूले लिए आध्यात्मिक मार्गदर्शन, गुरुलाई बुझ्ने नयाँ दृष्टिकोण

नयाँ दिल्ली — गुरु पूर्णिमाको पावन अवसरमा देशभरका ३५ भन्दा बढी PVR–Inox सिनेमा हलहरूमा एक अनौठो र ऐतिहासिक कार्यक्रमको आयोजना गरियो, जहाँ प्रख्यात दार्शनिक तथा लेखक आचार्य प्रशान्त ले हजारौं साधकहरूलाई गुरु पूर्णिमाको वास्तविक मर्मबारे मार्गदर्शन गरे। यो केवल धार्मिक वा परम्परागत अनुष्ठान नभई, आत्मबोध र सत्यको खोजमा रहेका व्यक्तिहरूका लागि गहिरो बौद्धिक तथा आध्यात्मिक संवादको अवसर बन्यो। यो विशेष सत्र दिल्ली NCR, मुम्बई, पुणे, बेंगलुरु, कोलकाता, जयपुर, भोपाल लगायत ३५ भन्दा बढी शहरहरूमा एकै साथ प्रत्यक्ष प्रशारणमार्फत प्रस्तुत गरियो। प्रत्येक शहरमा ठूलो संख्यामा साधक, युवा तथा जिज्ञासुहरू सहभागी भए। गुरु भनेको व्यक्ति होइन, प्रकाशतर्फ लैजाने प्रक्रिया हो आचार्य प्रशान्तले आफ्नो सम्बोधनमा स्पष्ट रूपमा भने कि गुरु केवल शरीरधारी व्यक्ति होइन, त्यो चेतना हो जसले हामीलाई ...
देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक (भिडियो)

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने नयाँ देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका सङ्गीत बडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ । गीतका शब्द र संगीत स्वयं संगीत बडुवालले तयार गर्नुभएको हो । दीपक संगम बिगीतको सङ्गीत जत्तिकै आकर्षक भिडियो पक्ष पनि तयार पारिएको छ । भिडियोमा दीपकसंगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी र मीना बडुवालको अभिनय छ । https://www.youtube.com/watch?v=7AXLmpJxKcI मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार भएको भिडियोमा छायांकन र रङ संयोजन अमित बीकेले गर्नुभएको छ भने दृश्य सम्पादन राजेश बोहराले गर्नुभएको छ । शैली, लय र प्रस्तुतीकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले विशेषगरी देउडा गीतप्रेमी दर्शक-स्रोतामाझ लोकप्रियता हा...
एएमएसले दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी गर्ने
मनोरन्जन, समाचार

एएमएसले दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी गर्ने

काठमाडौँ, २२ असारः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् । अध्यक्ष लामाले भनिन्, “नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।” वर्ल्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ । पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्द...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा गायक थापा निर्वाचित
मनोरन्जन, समाचार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा गायक थापा निर्वाचित

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभाले १५ सदस्यीय नया कार्यसमिति चयन गरेकोछ। राजेन्द्र बजगाईको अध्यक्षता एवं बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्बिरोध निर्वाचित भएकाछन भने दिपक शर्मा बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्बाचित भएकाछन। त्यस्तै सुजाता के सी सहमतिमा उपाध्यक्षमा सनम कठायत निर्विरोध महासचिव रिता के सी सचिव सहमतिमा निर्बाचित भएकाछन भने बेनिश पौडेल महिला सचिव,प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकाछन। त्यस्तै मनोज परियार,बिरेन्द्र सिंह भाट,कोपिला शिवाकोटी,पार्वती बम,गिता पाण्डे,सुभाष तिमसिना,प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्विरोध निर्वाचित भएकाछन।१७ सदस्यीय कार्यसमितिमा बाँकि २ सदस्य भने नयाँ कार्यसमितिले चयन गर्नेछ। संस्थाका संस्थापक सल्लाहकार...