पत्रकार बजगाईले पाए राष्ट्रिय रत्न सम्मान–२०८२
अग्रज सञ्चारकर्मी नवराज बजगाईले राष्ट्रिय रत्न सम्मान पाएका छन । शनिबार सामारी इन्टरनेशनल इभेन्टले भक्तपुर बोडेमा आयोजना गरेको भव्य कार्यक्रममा बजगाईलाई अग्रज पत्रकारको रुपमा राष्ट्रिय रत्न सम्मान–२०८२ प्रदान गरिएको हो ।कला, साहित्यसँगै सामाजिक सेवा क्षेत्रमा समेत अग्रणी, समर्पित र निःस्वार्थ व्यक्तित्वका रूपमा जिम्मेवार बजगाईले पत्रकारिता, सार्वजनिक सेवा प्रसारण र नेपालको मिडिया परिदृश्यमा सत्य र नैतिक सञ्चारको मूल्यलाई कायम राख्न दुई दशक लामो प्रतिबद्धता सहित जनसञ्चारको रचनात्मक संलग्नता क्षेत्र मार्फत जनमतलाई आकार दिन, नागरिक चेतना जगाउन र लोकतन्त्रलाई सुदृढ पार्न आवाज र कलम मार्फत महत्वपूर्ण योगदान पु¥याएबापत सम्मान गरिएको सामरी इन्टरनेशनल इभेन्टका प्रमुख भरत सामरीले बताए ।कार्यक्रममा प्रतिनिधि सभा सदस्य छिरिङ लामा तामाङ, इभेन्टका प्रमुख भरत सामरीलगायतले सम्मान गरेका थिए । प्रेस चौतारी...










