सुमी पराजुलीको स्वरमा सजिएको ‘पिपल बोटैमा’ रिलिज(भिडियो)
गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार आधिकारिक रूपमा Sumi Parajuli Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। केही दिनअघि सार्वजनिक गरिएको पोस्टरबाटै चर्चामा आएको गीत अब भिडियोसहित दर्शक–श्रोतामाझ आएको हो।
लोक–आधुनिक स्वाद समेटिएको यस गीतमा स्वर सुमी पराजुली, शब्द आनन्द अधिकारी, संगीत एलिश कार्की, एरेञ्ज शिवम रसाइली, तथा मिक्स/मास्टर श्यामश्वेत रसाइलीको रहेको छ। गीतको रेकर्डिङ म्युजिक क्लाउड, कमलादीमा गरिएको हो।
गीतको भिडियोमा अभिनेता गम्भीर बिष्ट र अभिनेत्री बिना राउतको सशक्त अभिनय देख्न सकिन्छ। प्रेम, स्मृति र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गरेका हुन्। मेकअप सुभाष तिमिल्सिना, पोशाक कुसुम बुटिक, तथा कोरियोग्राफी पुनम श्रेष्ठको रहेको छ।
भिडियोको पोस्टर सन्तोष डिजाइनले त...










