देशको राजनीति तरंगित बन्दै
डा.डिआर उपाध्याय
पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्नु भयो । त्यस पछि नेपाली राजनीति तरंगित बन्दै गएको छ । सत्तारुढ दल नेकपा दुई धारमा विभाजित भएको छ । प्रधानमन्त्रीको निर्णय संविधानविपरीत र अलोकतान्त्रिक भएको निष्कर्ष नेताहरुले निकालेका छन ।
प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको स्वीकृति नेपालको संविधानविपरीत छ। संविधानमा प्रतिनिधिसभाबाट सरकार बन्न सक्ने अवस्था रहेसम्म प्रतिनिधिसभा भंग नहुने प्रस्ट प्रावधान छ।
कोरोना महामारी त घटिसकेको छैन। यस्तो अवस्थामा दिनदिनै सडकमा जुलुस भईरहेका छन । कोरोनाको जोखिम बढने खतरा छ । नेकपा प्रचण्ड नेपाल समूहले आन्दोलनका कार्यक्रम गरिरहेको छ । जसपा सडकमा गइसकेको छ । कांग्रेस पनि आन्दोलनमा नै छ । परिस्थिती जटिल बन्दै गएको अवस्था छ ।कांग्रेसका भ्रातृ संस्थाहरूले पनि निरन्तर असंवैधानिक कदमको विर...






