अवसर भनेको सधै भरी आउँदैन
डा.डिआर उपाध्याय ,
पार्टीहरु मिलेर जादा नै राम्रो हुन्छ । सत्ताका लागी फुटनु भनेको जनमतको अपमान हो । अहिले जसपा भित्र पनि ठूलो विवाद उत्पन्न भएको छ । बाबुराम र उपेन्द्र सरकारमा जान नहुने अडानमा छन भने महन्थ ठाकुर, राजेन्द्र महतो पक्ष सरकारमा जाने कुरामा जोड दिदै आएका छन । लुम्विनी प्रदेशमा जसपा सरकारमा सहभागी भए पछि पार्टीभित्र विवाद चर्किएको हो । सत्ताका लागी पार्टी डाभित्र यस्ता खेल पहिला पनि हुने गर्दथ्ये । यो कुनै नौलो कुरा होइन । राजनीतिक दल र तिनका नेताहरुले आफनो व्यक्तिगत स्वार्थ भन्दा अरु केही सोचेनन् । उनीहरुले देश र जनताको पक्षमा हित हुने काम गरेर देखाउने अवसर गुमाउदै आएका छन । अवसर भनेको सधै भरी आउँदैन । त्यसो भएकोले अवसर गुम्न दिनु हुदैन । भोली पछुतो लाग्न सक्छ । राजनीति भनेको सवै नीतिको मूल नीति हो । त्यसैले राजनीतिलाई बदनाम गर्ने काम कसैले गर्नु हुदैन । गत आम निर्वाचनमा कम...



