राजनीति

सरकारले पूर्णता पाउन नसक्नु दुखद र गैरजिम्मेवारीपन
राजनीति, समाचार

सरकारले पूर्णता पाउन नसक्नु दुखद र गैरजिम्मेवारीपन

-डा.डिआर उपाध्याय, गठबन्धनको चर्को आलोचना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सानो आकारको सरकार गठन भएको एक महिना बितिसकेको छ । तर, एक महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन भने सकेको छैन । मन्त्रिमण्डल विस्तार हुन नसक्दा प्रशासनिक काम कारवाही अघि बढन सकिरहेका छैन । मन्त्री मण्डल बिस्तार गर्न देउवालाई केले छेकिरहेको छ, यो जनतालाई अवगत गराउनु पर्छ । अब यो देशलाई गतिका साथ अघि बढाउने हो भने सत्तागठबन्धन दल एक आपसमा मिलेर जानु पर्छ । आउँदो चुनाव सम्म मिलेर जादा देशलाई फाइदा नै हुने छ । नेकपा एमाले सहितका बिपक्षी दलहरुलाई समेत साथमा लिएर जादा सरकार थप बलियो हुन सक्छ । यो बिषयमा चिन्तन मनन् गर्न जरुरी छ । यत्रो दिन बित्दा पनि सरकारले पूर्णता नपाएको विषयलाई लिएर सबै तिर यतिबेला गठबन्धनको चर्को आलोचना भइरहेको छ। ‘एक महिनाको अवधिमा सरकारलाई नै पूर्णता दिन नसक्ने यो कस्तो पारा हो । ...
जनतामा शासकप्रति नकारात्मक भावना चुलिएको  छ
राजनीति, समाचार

जनतामा शासकप्रति नकारात्मक भावना चुलिएको छ

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई मिलाएर लैजान सक्ने बाटो तय गर्नु पर्छ । यसो गर्न सकेमा उनको कार्यकाल सफल हुन सक्छ । देउवाले जनतामा उत्साह भर्नका लागी लोकप्रिय कार्यक्रम ल्याउनु पर्छ । जनतामा शासकप्रति नकारात्मक भावना चुलिएको अवस्था छ । यसका लागि प्रधानमन्त्री र सत्ता गठबन्धन दलका सबै नेताले गम्भिरता पूर्वक सोच्नु पर्ने बेला भएको छ । नेपाल विद्युत् प्रधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनः कुलमान घिसिङ आउनुले जनतामा उत्साह पैदा भएको छ । उनको नियुक्तिका बिषयलाई सकारात्मक रूपमा लिनुपर्छ । यो कार्यले हाम्रो मान्छे होइन, राम्रो मान्छे नियुक्ति भएको सन्देश गएको छ । कुलमानको नियुक्तिलाई सबैले स्वागत गरेका छन् । अब अन्य महत्वपूर्ण स्थानमा जिम्मेवारी दिँदा पनि यसरी नै हाम्रो मान्छे होइन, राम्रो मान्छेले स्थान पाउनु पर्छ । त्यसो भयो भने मात्र मुलुक बन्...
सरकारको न्यूनतम साझा कार्यक्रम, कार्यान्वयनमा छिटो आओस्
राजनीति, समाचार

सरकारको न्यूनतम साझा कार्यक्रम, कार्यान्वयनमा छिटो आओस्

-डा.डिआर उपाध्याय, अब मुलुकलाई सहि बाटोमा र बिकासको गतिमा अघि बढाउने हो भने राजनीतिक दलहरुले राष्ट्रिय सहमतिमा जोड दिनु आबश्यक छ । एकले अर्को दललाई सिध्याउने जुन किसिमका खेलहरु भइरहेका छन् ति खेलहरु देशको हितमा छैनन् । अब राजनीतिक दलहरु गम्भिर भएर मुलुकको हितमा लाग्नु पर्ने देखिन्छ । देशको लागी सबै दलले सोच्नु पर्छ । ब्यक्तिगत स्वार्थमा अल्झिएर मुलुकलाई बर्वाद पारिनु हुदैन । जनताले दुख्ख पाइरहेका छन । जनताका आबश्यकताहरु दिन प्रतिदिन बढदै गएका छन । जनताका समस्यामा राजनीतिक दल र सरकार गम्भिर बन्नु पर्छ । मैले पटक पटक जनताका पक्षमा कलम चलाउदै आएको छु । तर पनि कसैले सुनेको पाइदैन । सुने पनि नसुने जस्तो गर्छन । समस्या हरेक ठाउँमा हुन्छ, समस्यालाई कसरी चिर्ने भन्ने ठूलो कुरा हो । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक भएको छ । यो न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि पनि ...
नागरिकका गुनासा र सुझावलाई यथोचित रूपमा सुनिनुपर्छ
राजनीति, समाचार

नागरिकका गुनासा र सुझावलाई यथोचित रूपमा सुनिनुपर्छ

-डा.डिआर उपाध्याय, आजको यो अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य गरेर देश बिकासको खाका कोर्नु पर्ने आबश्यकता देखिएको छ । दलहरु मिल्नु बाहेक अर्को बिकल्प छैन । आन्तरिक खिचातानीमा मुलुकको भबिश्य बर्बाद गरिनु हुदैन । मुलुकको भबिश्यका लागी दल र तिनका नेताहरु गम्भिर बन्नु पर्छ । अब कुराले मात्र मुलुक बन्दैन । मुलुक बनाउन काम गर्नु पर्छ । अहिले दलहरु बीचमा जुन किसिमको रस्साकस्सी छ त्यो मुलुकका हितमा छैन । अहिले मुलुकमा नयाँ सरकार निर्माण भएको छ । यो सरकार मुलुकको हितमा अघि बढनु पर्छ । अहिलेको आवश्यकता भनेको देश बनाउने हो । देश नबने सम्म मुलुकले दुख्ख पाउछ । राजनीति बिषयमा सहि विश्लेषण गर्नु पर्ने आबश्यकता छ । हावादारी कुराले जनतामा अन्योलता हुन्छ । राजनीतिलाई गिजोल्नु हितकर र शोभनीय दुवै हुदैन। सरकार पनि त्यतातर्फ लाग्ने प्राथमिकतामा देखिँदैन । आमनागरिकको चाहना चाहिँ यो छ कि पछिल्लो अभ्यास...
सरकारले नागरिकमा आशा र उत्साह जगाउनुपर्छ
राजनीति, समाचार

सरकारले नागरिकमा आशा र उत्साह जगाउनुपर्छ

-डा. डीआर उपाध्याय बर्तमान सरकारले नागरिकमा आशा र उत्साह जगाउनुपर्छ । बिभिन्न कारणले यति बेला आम नागरिक निराश छन् । आशा र उत्साहले पनि नागरिकलाई बाँच्न सिकाउँछ । नागरिकको अपेक्षा धेरै छन् । ति अपेक्षा पूरा गर्न सरकार गम्भिरताका साथ लाग्नुपर्ने देखिन्छ । समृद्धिको यात्रा तय गर्न पनि नागरिकमा आशा जगाउनुपर्छ । आशाले नै मान्छेमा एक प्रकारको ऊर्जा दिन्छ । लामो समयदेखिको विकासको सपना पूरा नभएपछि नेपालीहरू निराश छन् । यो निराशाको पृष्ठभूमिमा विकासको व्यग्र चाहना र धैर्यता नेपालीमा छ । नागरिकले राज्यलाई कर तिर्छन तर आपत बिपतमा राज्यले नागरिकको समस्या बुझदैन यो नै हाम्रो देशको प्रमुख समस्या हो । नागरिक प्रति जवाफदेही बन्नु राज्यको कर्तव्य हो । यो कर्तव्य सिद्ध गर्न राज्यप्रणाली निरन्तर चुक्दै आएकोले नागरिकमा निराशा बढेको हो । संविधान निर्माणपछि सर्वसाधारणले आर्थिक सामाजिक रूपान्तरणको ठूलो सपन...
मुलुकमा चाहिनेभन्दा धेरै नेता भए
राजनीति, समाचार

मुलुकमा चाहिनेभन्दा धेरै नेता भए

-डा.डिआर उपाध्याय, देश बनाउने कुरामा खासै कसैको ध्यान गएको देखिदैन । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा जनता वाक्क दिक्क छन । दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने देश र जनताको अवस्था सधै खोक्रो बन्ने यो पाराले देश बनाउन सकिदैन । जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन देश र जनताको अवस्था गरिब हुन्छ त्यो देश कहिले माथि उठदैन । बिश्वको इतिहासवाट यो कुरा पुष्टि हुदै आएको छ । के साच्चै यो देश बनाउने हो भने नेताहरु इमान्दार बन्नै पर्छ । खोक्रो र आर्दशको कुराले मुलुक अघि बढन सक्दैन । सत्ता र कुर्सिका लागी मरिहत्ते गर्ने नेता बाट मुलुक बन्ला भन्ने कुरा नसोचे पनि हुन्छ । हामीले नेताहरुको ब्यबहार र कार्यशैली भोग्दै र देखदै आएका छौं । कुर्सिका लागी एकले अर्कोलाई सिध्याउने खेल बाहेक अरु केहि देखिएन । म...
एमाले पाटी भित्रको अवस्था जटिल छ
राजनीति, समाचार

एमाले पाटी भित्रको अवस्था जटिल छ

-डा.डिआर उपाध्याय, मिल्न नसकेको एमाले नेपाल कम्युनिष्ट पार्टी एमाले अझै मिल्न सकेको छैन । पाटी भित्र देखिएको बिवाद झन झन उत्कर्षमा पुगेको छ । ओली पक्ष र नेपाल पक्ष बीच फोर्स गठन गर्ने कुरामा प्रतिस्प्रर्धा नै चलेको छ । दुवै खेमा एकले अर्कोलाई सिध्याउने खेलमा लागी रहेका छन । माधब नेपाल फकाउन ओलीको दूत बनेर कहिले सुवास नेवाङ कोटेश्वर पुगेको समाचार आउँछन कहिले बिष्णु पौडेल । तर पनि माधब नेपाल फकिन सकेका छैनन् । माधब नेपाललाई के कुरामा चित्त दुखेको छ त्यो अझैे बाहिर आउन सकेको छैन । पछिल्लो राजनीतिक बाताबरण निर्माण गर्ने कुरामा नेपालको प्रमुख भूमिका छ । ओली सरकार ढाल्ने काम देखि देउवालाई प्रधानमन्त्री बनाउने सम्म नेपालको ठूलो भूमिका र योगदान छ । पाटी भित्रको बिवाद तत्काल समाधान हुने संकेत अझै केहि देखिएको छैन । एमाले पाटी भित्रको अवस्था जटिल छ । अध्यक्ष ओलीको निरङ्कुश शैलीप्रति नेपालले...
फेरि चर्चामा एमसीसी संसद्बाट पारित गर्ने कुरा
राजनीति, समाचार

फेरि चर्चामा एमसीसी संसद्बाट पारित गर्ने कुरा

-डा.डिआर उपाध्याय, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सानो आकारको सरकार गठन भएको छ । सरकारले पूर्ण आकार अझै पाउन सकेको छैन । अब एक दुई दिनमा सरकारले पूर्णता पाउने आशा गर्न सकिन्छ । वर्तमान सरकारले देश र जनताका पक्षमा ब्यापक लोकप्रिय काम गरेर देखाउनु पर्ने छ । जनता प्रतिको बिश्वास र जनताको मनोभावनालाई बुझेर अघि बढनु पर्ने आबश्यकता पनि देखिएको छ ।विगतमा चारपटक सरकारको नेतृत्व गरिसकेका शेरबहादुर देउवाको आशा र भरोसा जनतामा छ । अघिका कार्याकाल भन्दा यो कार्यकालमा जनताको मन छुने किसिमले काम गरेर देखाउनु पर्ने जिम्मेवारी देउवाको काँध माथि थपिएको छ । सरकारले पूर्णता नपाउँदै किन यो सरकारबारे प्रश्न उठ्न थालेको छ ? खासगरी मन्त्रिमण्डलमा समावेश गरिएका स्वास्थ्य राज्यमन्त्रीको नियुक्ति विषयलाई लिएर जनस्तरबाट प्रश्न उठेको छ ।स्वास्थ्य क्षेत्रमा संलग्न व्यावस...
प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर
राजनीति, समाचार

प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर

-डा.डिआर उपाध्याय, शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको पनि धेरै दिन भयो । तर पनि अझै सम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषदले पूर्णता पाइसके पछि यो सरकारले कोरोना महामारीसँग जुधेर जनतामा आशा जगाउन र भरोसा दिन सक्नुपर्ने छ । सरकार कतै पनि चुक्न हुदैन । देउवाले जनताको मन जित्दै इतिहास निर्माणको दिशामा अग्रसर हुन जरुरी छ । देउवाको अघिल्ला कार्यकाल त्यति सन्तोषजनक भएनन् । जुन कारण जनता उनीप्रति निराश छन । प्रधानमन्त्रि देउवाले यो कार्यकालमा पहिलाका गल्ती जनताले भुल्ने गरी काम गरेर देखाउनु पर्छ । यो एउटा अवसर हो । देउवा सरकारसामु अहिले धेरै अवसर पनि छन् । अहिले देउवाका लागी इतिहास बनाउने अवसर छ । बिगतका गल्ति सच्याउदै उनी अव अघि बढनु पर्छ । अहिले देउवालाई धेरै दलको गठबन्धन हाँक्नुपर्ने बाध्यता छ । राजनीतिको वर्तमान परिस्थिति र प्रतिनिधिसभामा उनले पाएको विश्व...
देउवा सरकारले गर्नु पर्ने काम
राजनीति, समाचार

देउवा सरकारले गर्नु पर्ने काम

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा बिशेष ध्यान दिएर काम गर्नु पर्ने आबश्यकता देखिएको छ । अब गफ गरेर समय कटाउने बेला छैन । अव जनताले देखिने गरी काम गर्नु पर्छ । जनताका धेरै आकाँक्षा र माग छन । ति पुरा पर्ने बाटोमा सरकार अग्रसर हुनु पर्छ । जनताको विश्वासलाई अपमान गर्ने र जनता प्रति बिश्वासघात गर्ने काम कसैले पनि गर्नु हुदैन । सर्वभौमसत्ता सम्पन्न प्रतिनिधि सभाबाट जनादेश प्राप्त सरकार हो यो । सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन । अब प्रधानमन्त्री देउवाले नेतृत्व गरेको यो सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी छोड्नु हुँदैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ओली समूहले यो सरकार जनताको जनादेशको होइन, सर्वोच्चको परमादेशबाट बनेको कुरा गरिरहेको छ । वास्तवमा संविधानको भावना विपरीत दुई पटक प्रतिनिधि सभा विघटन गरियो । ...