सङ्गीतिक प्रस्तुतिसहित मनाइयो अम्बर गुरुङको ८३औं जन्म जयन्ती
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार सङ्गीतज्ञ अम्बर गुरुङको ८३आँ जन्म जयन्तिका अवसरमा सङ्गीतिक प्रस्तुति सहितको कार्यक्रमको आप्mनै कार्यालय परिसर, बालुवाटारमा आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले सभापतित्व गर्नुभएको कार्यक्रम स्व. अम्बर गुरुङको तस्विरमा माल्यार्पणगरी शुभारम्भ गरिएको थियो ।
स्वागत मन्तव्यदिने क्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले स्व. अम्बर गुरुङ धेरै चिनारी भएका एउटा व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । बोल्ने क्रममा उहाँले अम्बर गुरुङलाई आप्mनो जीवन नै सङ्गीतका माध्यमबाट राष्ट्रका लागि समर्पित गर्ने एक विशिष्ट व्यक्तित्वका रुपमा चित्रित गर्नुभयो । उहाँले सङ्गीतवद्ध गरेका माया प्रेमका गीतदेखि राष्ट्रिय भावले ओतप्रोत गीत...









