‘हिरोइन मिनाकुमारी’ गीति एल्बम रिलिज, सांस्कृतिक संरक्षणमा जोड
धनगढी। ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा तयार गरिएको डोटेली भाषाको गीति एल्बम ‘हिरोइन मिनाकुमारी’ एक विशेष समारोहका बीच भव्य रूपमा सार्वजनिक गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सु.प. प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति तथा संस्कृतिविद् डा. टी.एन. जोशीले एल्बमको औपचारिक विमोचन गर्दै सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रयासले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशी, सनराइज टिभीका CEO दीप श्रेष्ठ, प्रबन्ध निर्देशक उत्तम थापा, विभिन्न सांस्कृतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता तथा उद्घोषण ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.का अध्यक्ष तथा सुदूरपश्चिमका प्रथम नायक अम्बिका प्रसाद आ...










