नारायण थापाको स्वरमा ‘अन्तै माया साटयौ ‘ सार्वजनिक (भिडियो)
काठमाडौं । माया पिरतीमा सानो तिनो कमजोरीले पनि एकअर्का प्रतिको दूरी बढाउने गर्दछ जुन दूरीले मनमा भने उथलपुथल ल्याउने गर्दछ । छोडेर जाने त सजिलै जान्छन् तर जसले स्वच्छ माया गरेको छ उसको लागि यो विछोड पिडादायी हुने गर्दछ । उसको जीवनमा उसलाई माया गर्ने अरु कोहि थिएन, उनैको माया उसको लागि सर्वोपरी थियो, उनैको मायामा उ रमाएको थियो, हराएको थियो उनैको मायाको सरोवरमा उ चुलुम्म डुवेको थियो । उसको लागि यति प्रेमिल उनले एकाएक साथ छोड्दा उसको मन कति विह्ल भयो होला ? उनको खुसीको लागि उसले आँसु पिएको थियो, सुख उनको लागि सुम्पिएर दुःख, पिडा, विरह र वेदना आँफूले लिएको थियो, हत्केलामा मुटु झिकेर उसले उनलाई उपहार दिएको थियो ..आफन्त र समाजमा उनको लागि उ एक्लै भिडेको थियो …जे गर्नु पर्ने सव उसले गरेको थियो र पनि उनले उसलाई छल गरिन्, उनी संग टाढिइन्, अर्कै बाटो मोडिइन् ।
https://youtu.be/SWYYQPs648c
...










