मनोरन्जन

एएमएसले दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी गर्ने
मनोरन्जन, समाचार

एएमएसले दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी गर्ने

काठमाडौँ, २२ असारः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् । अध्यक्ष लामाले भनिन्, “नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।” वर्ल्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ । पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्द...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा गायक थापा निर्वाचित
मनोरन्जन, समाचार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा गायक थापा निर्वाचित

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभाले १५ सदस्यीय नया कार्यसमिति चयन गरेकोछ। राजेन्द्र बजगाईको अध्यक्षता एवं बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्बिरोध निर्वाचित भएकाछन भने दिपक शर्मा बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्बाचित भएकाछन। त्यस्तै सुजाता के सी सहमतिमा उपाध्यक्षमा सनम कठायत निर्विरोध महासचिव रिता के सी सचिव सहमतिमा निर्बाचित भएकाछन भने बेनिश पौडेल महिला सचिव,प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकाछन। त्यस्तै मनोज परियार,बिरेन्द्र सिंह भाट,कोपिला शिवाकोटी,पार्वती बम,गिता पाण्डे,सुभाष तिमसिना,प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्विरोध निर्वाचित भएकाछन।१७ सदस्यीय कार्यसमितिमा बाँकि २ सदस्य भने नयाँ कार्यसमितिले चयन गर्नेछ। संस्थाका संस्थापक सल्लाहकार...
“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार”को ट्यालेन्ट राउण्ड सम्पन्न,फिनाले २८ गते
मनोरन्जन, समाचार

“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार”को ट्यालेन्ट राउण्ड सम्पन्न,फिनाले २८ गते

ललितपुर – ब्ल्याक बर्ड इन्टरटेनमेन्टको आयोजनामा आयोजित “नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २” अन्तर्गतको ट्यालेन्ट राउण्ड ललितपुरको कुमारिपाटीस्थित ड्यालिन क्याफे एण्ड मिनी बैंक्वेटमा आज अत्यन्त उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको छ। ललितपुर जिल्लाका १५ विभिन्न विद्यालयहरूबाट छानिएका २० जना बालप्रतिभाहरूले गायन, नृत्य, अभिनय, वक्तृत्व कला लगायत विविध विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै उपस्थित दर्शक तथा निर्णायकहरूको मन जित्न सफल भए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायकको रूपमा उपस्थित थिए । निणार्यक मण्डलमा  यि व्यक्तित्वहरु रहेका थिए ।  अंश वर्मा – सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व तथा उद्यमी म्याक्स नेपाल – लोकप्रिय गायक तथा मोडल प्रियंका श्रेष्ठ – मिस पूर्वाञ्चल २०१५ को विजेता सुजाता बराल – अध्यक्ष, एवाईओएन पुजा रेग्म...
“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”को ट्यालेन्ट राउण्ड सम्पन्न
मनोरन्जन, समाचार

“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”को ट्यालेन्ट राउण्ड सम्पन्न

ग्रेस इभेन्ट्सको आयोजनामा संचालित मिस्टर एण्ड मिस ग्रेस SEE नेपाल – सिजन ६ (२०२५) को ट्यालेन्ट राउण्ड २०८२ असार १७ गते भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) सुरज थापाले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो उत्कृष्ट प्रतिभा, सिर्जनात्मकता र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भए। कार्यक्रममा निर्णायकको भूमिकामा राष्ट्रिय कलाकार सपन श्रेष्ठ, नेपालकी पहिलो एक खुट्टा नृत्यांगना रोमा न्यौपाने, मिस ग्रेस एयर होस्टेस २०२५ की फर्स्ट रनर अप सुनिशा गुरुङ, चिरायु डेन्ट केयरका एम.डी. सागर जोशी र चर्चित गायिका बेनीशा पौडेल रहनुभएको थियो। कार्यक्रमको सन्चालन फेसन कोरियोग्राफर अर्शु महर्जनले गरिरहनुभएको थियो भने, कार्यक्रमका रमाइला क्षणहरू बिन्द्रा प्रजापति र अंकित मल्ल (Cupid Photo Studio) ले तस...
गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न

काठमाडौं  – नेपाली गीत–साहित्यमा योगदान पुर्‍याउँदै आएका गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ–२०८२’ सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त कार्यक्रमलाई गीतकार संघ नेपालले आयोजना गरेको हो।साँझमा गीतकार तामाङले सिर्जना गरेका १७ उत्कृष्ट गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई ऐतिहासिक बनाएका थिए। ‘नेपाल मेरो घर’, ‘आमा’, ‘मीठा मीठा बोली’, ‘स्वर्गझैं सैलुङ’, ‘अल्झिरह्यो याद’, ‘तिमी सागर’, ‘मै खुकुरी’, ‘अङ्गालोमा बेरिरहुँ’, ‘जित्नेहरुको पनि’, ‘मन पर्छ’, ‘माथि माथि लेकमा’, ‘जोर मादलको तालैमा’ लगायतका गीतहरू शब्द, संगीत र गायनको उत्कृष्ट संयोजनका साथ प्रस्तुत भएका थिए।कार्यक्रममा किरण प्रधान, शिव परियार, स्वरुपराज आचार्य, सत्यराज आचार्य, अन्जु पन्त, डेविड शंकर, रुपक चौधरी, संगीता राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन र अस्मिता...
गायिका सुमी पराजुलीको‘ढाँट्यो मायाले’सार्वजनिक (भिडियो )
मनोरन्जन, समाचार

गायिका सुमी पराजुलीको‘ढाँट्यो मायाले’सार्वजनिक (भिडियो )

काठमाडौं : गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ आज सार्वजनिक भएको छ। एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा अलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ, जसमा प्रेम, सहयोग, धोका र विछोडको मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ। गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ। गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका हुन्। https://www.youtube.com/watch?v=xz9SyQto6Lc शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्मा, रेकर्डिङ चन्द्रमान विश्वकर्मा, तथा BTS (Behind The Scene) कार्यमा आशिष चापागाईं र सुवास बयलकोटीको योगदान रहेको छ। छायांकन दिपक गिरीले गरेका छन्। गीतको मेकअप रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्...
राम प्रसाद गुरङ को ‘फुलै फुलेको’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

राम प्रसाद गुरङ को ‘फुलै फुलेको’ सार्वजनिक (भिडियो)

काठमाडौं । स्याङजा जिल्लाको भिरकोट नगरपालिक वडा नं ०९ स्थित बाबु दुर्गा बहादुर गुरुङ र आमा नरमति गुरुङको कोखबाट २०४८ सालमा जन्मिएका हुन् रामप्रसाद गुरङ । उनी परिवारमा कान्छो सन्तान हुन् । राम प्रसाद एक होनहार प्रतिभाशाली अभिनेता हुन् । जसले नेपाली संगीत भिडियोहरू र गुरुङ भाषाका चलचित्रहरूमा प्रभावशाली अभिनय प्रस्तुत गर्दै आएका छन् । आफ्ना सांस्कृतिक जरा र पहिचानप्रति गहिरो निष्ठा राख्ने गुरुङ फिल्म उद्योगमा उल्लेखनिय योगदान दिएका छन् । उनले अहिलेसम्म ६ वटा चर्चित भिडियोहरूमा अभिनय गरेका छन् । जसमध्य हालै सावर्र्जनिक भएको आफ्नै आवजमा रहेको ‘फुलै फलेको’ लोक गीत रहेको छ । https://www.youtube.com/watch?v=FLWOfgHiraw जसमा उनक अभिनय तथा भावपूर्ण प्रस्तुतिले दर्शकको मन जितेका छन् । भिडियोको अनुभवपछि गुरुङ भाषाका चलचित्रहरूमा प्रवेश गरेपछि उनले झनै ठूलो चर्चा कमाएका छन् । उनले गुरुङ ...
तृप्तिको स्वर विजयको संगीत र हरि उप्रेतीको शव्दमा ‘आँखैले बोलन..'(भिडियो)
मनोरन्जन, समाचार

तृप्तिको स्वर विजयको संगीत र हरि उप्रेतीको शव्दमा ‘आँखैले बोलन..'(भिडियो)

काठमाडौं ।  वरिष्ठ गीतकार हरि उप्रेतीको शव्दमा गायिका तृप्ति खड्का गुरुङ्ग र जयेश तामाङ्गको युगल स्वरमा आँखैले बोलन..बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अन्तराष्ट्रिय गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार उप्रेतीका यस अघिका थुप्रै गीतहरु चर्चामा रहेका छन । उनकै आफ्नै युट्यूब च्यानल हरि उप्रेतीबाट सार्वजनिक गरिएको उक्त गीतका एरेन्जर नरेश पाण्डे हुन । https://youtu.be/Zy9qQLAhB7k सारेगम स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संगीत विजय गुरुङ्गले दिएका छन भने गीतको भिडियोमा स्यवं फिचर्ड रहेका छन । उनलाई मोडल अस्मि थापाले साथ दिएकी छिन । भिडियोेको निर्देशन समेत गुरुङ्गले गरेका छन । प्रकाश खड्का टिमले छायांकन गरेको भिडियोमा प्रकृतिक मनोरम दृश्यहरु कैद भएका छन । ड्रागन पिक्चर्समा सम्पादन गरिएको भिडियोलाई मिनल विश्वकर्माले सम्पादन गरेका हुन । भिडियोको निर्माण राधिका उप्र...
क्यालगरीमा भव्य रुपमा सम्पन्न भयो ‘कमेडी र लाईभ दोहोरी साँझ’
मनोरन्जन, समाचार

क्यालगरीमा भव्य रुपमा सम्पन्न भयो ‘कमेडी र लाईभ दोहोरी साँझ’

क्यानडा । हास्य, संगीत र समुदायको अनुपम समागम रहेको एक भव्य कार्यक्रम सम्पन्न भएको छ । क्यानडाको क्यालगरीमा आयोजित ‘कमेडी र लाईभ दोहोरी साँझ’ कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भयो। मातृभूमि मेलोडी आर्टसको आयोजनामा भएको यस कार्यक्रमले नेपाली समुदायबीच कला, संस्कृति, हास्य र आपसी सद्भावको प्रभावशाली प्रस्तुति दिएको थियो। कार्यक्रमको संयोजन र व्यवस्थापन रमेश अधिकारीको नेतृत्वमा सक्रिय स्वयंसेवक टिमद्वारा गरिएको थियो। प्रवेश व्यवस्थादेखि मञ्च व्यवस्थासम्म स्वयंसेवकहरूको भूमिका उल्लेखनीय रह्यो। फोहोर व्यवस्थापन, खाना तथा पेय समन्वय, लाइट र पानसको तयारी, सामाजिक सञ्जाल व्यवस्थापन लगायत सबै पक्ष योजनाबद्ध रूपमा अघि बढाइएको थियो। कार्यक्रमको उद्घाटन मित्रलाल सापकोटा र अदल कुमारी सापकोटाले दीप प्रज्वलन गरी गर्नुभयो। बालबालिकाद्वारा नेपाली राष्ट्रगान र ट्र्याक प्लेमार्फत क्यानाडेली राष्ट्रगान ...
‘गीतकार टेक तामाङ सांगीतिक साँझ’ हुँदै
मनोरन्जन, समाचार

‘गीतकार टेक तामाङ सांगीतिक साँझ’ हुँदै

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा यही असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो । उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ-२०८२’ नाम दिइएको छ । गीतकार तामाङको सयौं गीतहरू रेकर्ड छन् । एकल साँझमा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीत प्रस्तुत गरिने छ । एकल साँझका लागि चयन भएका गीतहरू ‘नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरूको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं सैलुङ्ग’ लगायतलाई विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्ने छन् । प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायक ...